• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

देशदूत खबर by देशदूत खबर
१ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात
193
SHARES
2.4k
VIEWS
Share on FacebookShare on Twitter

३१ गते असोज । कल्याणपुर, सिरहा।
कल्याणपुर नगरपालिका वडा नं.–११ स्थित श्री श्री १०८ श्री माता दुर्गा मन्दिरको नवनिर्मित भवन उद्घाटन हुनुपूर्व नै विवाद गहिरिएको छ। उद्घाटनका लागि तयार पारिएका टायल्स (शिलालेख) तोडफोड गरी क्षतिग्रस्त बनाइएपछि स्थानीय स्तरमा तनावको स्थिति सिर्जना भएको छ।
विवादित टायल्स र मन्दिर निर्माणसँग सम्बन्धित विवरणहरूको हुबहु सूची यसप्रकार छ, जसलाई लिएर विवाद चर्किएको होः

मन्दिर निर्माणमा सहयोग र सल्लाहकार समिति

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

पहिलो टायल्समा मन्दिर निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने निकायहरू र सल्लाहकारहरूको नाम यसरी अंकित छः
मन्दिर निर्माणमा सहयोगः
१. कल्याणपुर नगरपालिकाको कार्यालय
२. मधेश प्रदेश सरकार बाट
३. कल्याणपुर न.पा.–११ को कार्यालय
४. श्री दुर्गा मन्दिरको आन्तरिक कोषबाट
५. कल्याणपुर सम्पूर्ण गाउँबासीबाट
सल्लाहकारः
१. श्री गुरु प्रसाद सिंह
२. श्री बैधनाथ साह
३. श्री विनोद कुमार साह
सोही टायल्सको तल्लो भागमा उद्घाटनसँग सम्बन्धित निम्नलिखित विवरण लेखिएको छ, जसमा असन्तुष्ट पक्षले आपत्ति जनाएका छन्ः
“नव निर्मित श्री दुर्गा मन्दिरको उद्घाटन कल्याणपुर न.पा. को कार्यवाहक नगर प्रमुख श्रीमती रेखा कुमारी यादव ज्यू तथा कल्याणपुर न.पा. वार्ड नं.–११ को वडा अध्यक्ष श्री प्रमेश्वर साह ज्यूबाट सु–सम्पन्न भयो । इति सम्बत् २०८३ साल असोज ३१ गते रोज ७ शुभम ।“

मन्दिर व्यवस्थापन तथा निर्माण समितिहरू

दोस्रो टायल्समा मन्दिरका वर्तमान पदाधिकारीहरू र साविकका निर्माण समितिहरू (२०७५–२०७८) को नाम यसप्रकार दर्ता छः
समितिहरू (वर्तमान)ः
१) श्री बासुदेव ठाकुर – अध्यक्ष
२) श्री अजय कुमार सिंह – सचिव
३) श्री इन्द्र ठाकुर – सदस्य
४) श्री इन्द्र देव यादव – कोषाध्यक्ष
५) श्री जामुन यादव – सदस्य
६) श्री एकलाश शर्मा – सदस्य
२०७५–२०७८ को निर्माण समितिहरूः
१) श्री राजेश्वर यादव (विवादको अगुवाइ गर्ने मुख्य व्यक्ति)
२) श्री राम नारायण साह
३) श्री कृष्ण प्रसाद साह
२) श्री महेश्वर यादव
५) श्री सुद्रधन यादव
६) श्री अमर कुमार साह
३) श्री अमर कुमार राउत
८) श्री अशोक कुमार सिंह
९) श्री गजेन्द्र ठाकुर
४) श्री सुरेन्द्र प्र. साह
११) श्री धनविर यादव
१२) श्री किशोरी यादव


विवाद र तनावको मुख्य कारण
जनमानस र स्थानीय स्रोतबाट प्राप्त जानकारी अनुसार, मन्दिर व्यवस्थापन समितिले एकलौटी रूपमा उद्घाटनको समय तोकेपछि यो विवादको मुख्य जड बनेको हो। मन्दिर जस्तो साझा र पवित्र सामाजिक धरोहरको उद्घाटन गर्नुपूर्व सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्नुपर्ने स्थानीयको माग थियो। जसमा सम्पूर्ण राजनैतिक दल, बौद्धिक समाज, भद्रभलाद्मी लगायत सम्पूर्ण समाजलाई सहभागी गराई सामूहिक निर्णय गरिनुपर्नेमा त्यसो किन नगरिएको भन्दै जनस्तरबाटै तीव्र असन्तुष्टि र प्रश्न उठाइएको छ।


यसै बीच मन्दिरमा आज भएको उक्त विवादको अगुवाइ कल्याणपुर वडा नं.–११ का पूर्व वडा अध्यक्ष राजेश्वर यादवले गरेका हुन्। (उल्लेखनीय छ कि यादवको नाम दोस्रो टायल्समा अंकित २०७५–२०७८ को निर्माण समितिहरूको १ नम्बर सूचीमै रहेको छ)।
यसरी सम्पूर्ण समाजलाई बाइपास गरी केही व्यक्तिहरूको निर्णयमा कार्यवाहक नगर प्रमुख श्रीमती रेखा कुमारी यादव र वडा अध्यक्ष श्री प्रमेश्वर साहको नाम टायल्समा राखी उद्घाटनको तयारी गरिएको भन्दै पूर्व वडा अध्यक्ष यादवको नेतृत्वमा विरोध प्रदर्शन भएको हो।


जसपा नगर अध्यक्षको भनाइ र अघिल्लो रातको निर्णय
यसै सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) कल्याणपुर नगर अध्यक्ष किशोरी यादवका अनुसार, उद्घाटन हुनुभन्दा करिब १२ घण्टा पहिला अर्थात् ३० गतेको राती ९ः०० बजे नै फोनमार्फत मिटिङ भई ३१ गते हुन लागेको उद्घाटन कार्यक्रम जसरी पनि रोक्नुपर्छ र बिथोल्नुपर्छ भनी निर्णय भएको जानकारी गराएका छन्। नगर अध्यक्ष यादवले सोही निर्णय र योजना अनुसार नै आफूहरूको कार्यक्रम (विरोध प्रदर्शन) अगाडि बढेको स्पष्ट पारेका छन्।
पूर्व वडा अध्यक्ष राजेश्वर यादवको प्रतिक्रिया र अवाक स्थिति
किशोरी यादवले दाबी गरेको उक्त फोन मिटिङ र निर्णयका बारेमा पूर्व वडा अध्यक्ष राजेश्वर यादवसँग सोध्दा उहाँले यस विषयमा कुनै सीधा जवाफ दिन मान्नुभएन। तर उहाँले भन्नुभयो, “आजको विरोध प्रदर्शन र विवादको अगुवाइ मैले नै गरेको हो, यो कुरा मैले सबैलाई स्पष्ट रूपमा भनेको छु।“ यसै सन्दर्भमा उहाँलाई “यो विरोध कुनै व्यक्तिगत प्रतिशोध हो कि वास्तविक राजनीतिक असन्तुष्टि हो?“ भनी प्रश्न सोध्दा पूर्व वडा अध्यक्ष यादव केही बेर अवाक (नबोली अक्मक्क) हुनुभयो र यसबारे कुनै टिप्पणी गर्न चाहनुभएन।


सामाजिक सञ्जालमा भिडियो भाइरल, हातपात र तोडफोडको दृश्य
विवादले उग्र रूप लिँदै जाँदा मन्दिर परिसरमा झडप र तोडफोडका अनेकौँ दृश्यहरू बाहिरिएका छन्। यसै क्रममा सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा पूर्व वडा अध्यक्ष राजेश्वर यादवको समूह र कार्यवाहक मेयर रेखा यादवका पति अजय यादवबीच भनाभन भई अजय यादवमाथि हातपात भएको दृश्य प्रस्ट रूपमा देखिएको छ। त्यस्तै, सामाजिक सञ्जालमै सार्वजनिक भएको अर्को भाइरल भिडियोमा तीन जना व्यक्तिहरू मिलेर भित्तामा जडान गरिएको उक्त उद्घाटनको टायल्स (शिलालेख) लाई निकै आक्रामक रूपमा फुटाइरहेको दृश्य समेत प्रस्ट रूपमा कैद भएको छ। यी भिडियोहरू बाहिरिएपछि सामाजिक धरोहरमाथि भएको यस्तो क्षतिलाई लिएर स्थानीय स्तरमा व्यापक चर्चा र आलोचना भइरहेको छ।
मन्दिर समितिका अध्यक्षको प्रतिवाद र क्षति विवरण


अर्कोतर्फ, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव ठाकुर (टुनटुन) ले भने एक हप्ता अगाडि मन्दिर समितिको बैठक बसी सोही बैठकको निर्णय बमोजिम नै आफूहरूले उद्घाटनको कार्यक्रम र प्रक्रिया अगाडि बढाएको दाबी गरेका छन्। यसै क्रममा अध्यक्ष बासुदेव ठाकुर (टुनटुन) का अनुसार उक्त तोडफोड गरिएको शिलालेख (टायल्स) तयार पार्न मात्र करिब ८० देखि ८२ हजार जति लगानी भएको जानकारी दिनुभएको छ। तर, अघिल्लो रात विपक्षी पक्षबाट फोनमार्फत भएको उक्त निर्णय र आक्रोशका कारण उद्घाटनको तोकिएको मिति (३१ असोज २०८३) अगावै असन्तुष्ट समूहले ती टायल्सहरू तोडफोड गरी फुटाइदिएका हुन्।
घटनाको प्रकृति र सामाजिक संकेत
यसरी उद्घाटन हुनुभन्दा केवल १२ घण्टा पूर्व योजना बनाइनु, मन्दिर परिसरमा संवाद तथा छलफलका लागि समेत मन्दिर समितिहरू पूर्ण रूपमा तयार रहँदा–रहँदै संवादको बाटो नरोजी सिधै तोडफोड र जनप्रतिनिधिका पतिमाथि हातपातमा उत्रिनुले यो घटना सामान्य असन्तुष्टि मात्र नभएको स्पष्ट हुन्छ। शान्ति र संयमता अपनाउन तथा संवादमार्फत निकास खोज्न वडा अध्यक्ष प्रमेश्वर साहले गरेको आग्रहलाई समेत पूर्ण रूपमा बेवास्ता गर्दै असन्तुष्ट पक्ष बलपूर्वक तोडफोड र कुटपिटमा गएको देखिन्छ। छलफल र शान्तिपूर्ण निकासको विकल्प खुला हुँदाहुँदै सार्वजनिक सम्पत्तिको क्षति र व्यक्तिगत दुर्व्यवहारको बाटो रोज्नु के कस्तो प्रवृत्तिको संकेत हो भन्ने कुरा आम जनमानसले सजिलै बुझ्न सक्ने स्थानीय सचेत नागरिकहरूको भनाइ छ।


वार्ता र संवादमार्फत समाधानको प्रयास
घटनापछि उत्पन्न तनावलाई कम गर्न र निकास खोज्न आज इलाका प्रहरी कार्यालय कल्याणपुरमा दुवै पक्षबीच विशेष छलफल भएको छ। उक्त छलफल ११ नम्बर वडाका वडा अध्यक्ष प्रमेश्वर साहको रोहबरमा भएको थियो। छलफलमा अहिले जारी दसैँ मेला सकिएपछि यो विवादलाई आपसी संवाद र समझदारीबाट स्थायी समाधान गर्ने सहमति भएको वडा अध्यक्ष प्रमेश्वर साहले जानकारी दिनुभएको छ। मेला अवधिभरि शान्ति सुरक्षा कायम राख्दै त्यसपछि बस्ने बैठकबाट निकास निकालिने वडा अध्यक्ष साहले बताउनुभयो।

Tags: कल्याणपुर
Share77Tweet48
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.