४ गते भाद्र ,सिराहा । सिराहाको कल्याणपुर नगरपालिका वाडा न.१० को वाडा कार्यलयमा सरकारी कागज पत्र नै किर्ते गरेर रचिएको एउटा गम्भिर काण्ड हालको अवस्थामा जिल्ला अदालत सिराहामा लेनदेन र किर्ते जालसाज मुद्दा विचाराधिन अवस्थामा रहेको देखिन्छ ।साहु मिश्री साहले सोमmा र अनपढ पिडित नागरिक श्याम कुमार यादव सँग लिदै नलिएको रकम उल्लेख गरी फर्जि कपालि तमसुक खाडा गरेको तथ्य बाहिर आएको छ । अदालतमा कानुनी लडाई चलिरहदा पिडित श्याम कुमार यादवले दोषीहरुलाई हदै सम्मको कारवाही गराउन विभिन्न प्रशाशनिक निकायहरुमा उजुरी दिने तयारी गरेको छ ।
पिडित श्याम कुमार यादवको पासपोर्ट अनुसार उनी ९ जुलाई २०१८का दिन वैदेशिक रोजगारका लागी विदेश स्थित साउदीमा प्रस्थान गरेको देखिन्छ भने ३सेप्टेम्बर २०२१मा नेपाल फर्केको पासपोर्टले बताउने गरेका छन । साहु मिश्री साहले सिराहाको कल्याणपुर नगरपालिका वाडा न.१० को वाडा कार्यलयमा दर्ता गराएका तमसुक कपालीमा उल्लेखित तमसुक बनेको मिति २०७५ श्रावण १७ गते (२अगस्त २०१८) रहेको छ । श्याम कुमार यादव साउदी अरब पुगेको २४ दिन पछि सिराहाको कल्याणपुर नगरपालिका वाडा न.१० को वाडा कार्यलयमा उनी आफैँ हाजिर भएर तिन लाख बुमिm लिई औठा छाप लगाएको हो भनी वाडाले प्रमाणित गरि दिएको छ । विदेशमा रहेको मान्छे तमसुक कपालीमा औठा छाँप लगाउन उपस्थित हुन असम्भव भएकाले वाडाका कर्मचारी र जनप्रतिनिधि वाडा अध्यक्ष केहि छानविन नगरीकन गम्भिर मिलोमतो वा चरम लापारवाही गरी तमसुक प्रमाणित गरेको देखिन्छ ।
शिक्षक र विद्यालयको कर्मचारीको संगठित गिरोह :किर्ते तथा फर्जि तमसुक कपाली बनाउने मुख्य योजनाकारको रुपमा तमसुक लेखक शिक्षक योगेन्द्र कुमार मंडल देखिएका छन । समाजलाई उज्यालो दिने शिक्षक योगेन्द्र मंडलले तमसुक लेखने मात्र नभई आफु कार्यरत्त विद्यालयकै कार्यलय सहयोगी (कास) कारी मामmीलाईसमेत यस अवैधकाममा साक्षी राखेका छन । शिक्षको दवाव र प्रलोभनमा परेर कार्यलय सहयोगी मmुठो साक्षी बसेका छन । यस्तै पिडित श्याम कुमार यादवको पत्नि चन्द्रकला देवीलाई समेत साक्षीमा राखेको देखिन्छ। पिडित श्याम यादवको पत्नि चन्द्रकला देवीको भनाई अनुसार म अनपढ अक्षर चिन्न नसक्ने सोमmो महिला योगेन्द्र सरले छाप लगाई देउ केही हुदैन भनी भन्दा म छाप लगाई दिएको हु । म सँग मmुक्याएर साक्ष्ीमा औठा छाप लगाएको हो ।
तिनवटा प्रशाशनिक निकायमा उजुरी दिने तयारी :- -जिल्ला प्रशाशन कार्यलय सिराहामा मिटर व्याजमा पिडित कार्यदलमा मिटर व्याजी र फर्जि तमसुक कपाली खडा गर्नेलाई नेपालको प्रचलित ऐन अनुसार कारवाहीको लागी उजुरी दिने ।
-अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी दिने कारणः- विदेशमा रहेको बेलाको तमसुक आर्थिक प्रलोभनमा परी दर्ता गरेको आशांका देखिन्छ ।
-शिक्षा विकास तथा समन्वय इकाई(शिक्षा कार्यलय):- शिक्षक जस्तो मयार्दित पेशालाई समेत ख्याल गर्न नसक्ने तथा गैर कानुनी कार्यमा संलग्न देखिएको हुदाँ शिक्षकलाई विभागिय कारवाहीका लागी उजुरी दिनु पर्ने देखिन्छ ।
सोमmा, अनपढ ,गरिव नागरिकउपर भईरहेको फर्जि तमसुक कारोवार तथा किर्ते काम गर्र्ने तमसुक लेखकहरु कारवाही नहुनजेल पिडितले न्याय पाउदैंनन तसर्थ न्यायका लागि फर्जि तमसुकको कारोवार गर्ने साहु ,लेखक र यसमा संलग्न जोकोहीलाई पनि कारवाही हुनुपर्ने देखिन्छ ।
सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?
सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...









