• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

देशदूत खबर by देशदूत खबर
६ दिन अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र
165
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

१४भाद्र सिराहा,
तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै न्याय माग्न काठमाडौंसम्म पुगे ती भुइँमान्छेको चित्कार सुनेर तत्कालीन सरकार र अहिलेका गृह मन्त्रालयले पीडितहरूसँग ऐतिहासिक ९ बुँदे सम्झौता गर्‍यो। उक्त सम्झौता अनुसार मिटरब्याजलाई ‘आर्थिक अपराध’ घोषणा गर्ने, विशेष कानुन बनाउने, फर्जी तमसुकहरू खारेज गर्ने, र पीडितको हडपिएको सम्पत्ति फिर्ता गराउने प्रतिबद्धता सरकारले जनाएको थियो। तर, यही नयाँ राजनीतिको नारा दिएर सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको भूमिकाले भने अचेल मधेशको राजनीतिमा ठूलो आक्रोश र शंका उब्जाएको छ
संघर्षको सबैभन्दा बिझाउने पाटो के हो भने, जब मिटरब्याज पीडितहरू सडकमा रोइरहेका थिए र सरकारले उनीहरूसँग ऐतिहासिक ९ बुँदे सम्झौता गरिरहेको थियो, त्यतिबेला सांसद यादव आफैँ सत्तारुढ दलको शक्तिशाली नेता र सांसद छ। उनी आबद्ध दल रास्वपाकै हातमा देशको गृह मन्त्रालयको कमाण्ड छ। आफ्नै पार्टीको नेतृत्व सरकारमा सहभागी भएर पीडितहरूलाई न्याय दिने सम्झौतामा हस्ताक्षर भइरहँदा र संसद्मा शोषकहरू विरुद्ध कानुन बनाउने बहस चल्दा सांसद यादव भने रहस्यमय रूपमा चूँइक्क बोलेनन्। उनले न त संसद्मा गरिब किसानको पक्षमा आवाज उठाए, न त सरकार र पीडितबीच भएको ९ बुँदे सम्झौतालाई सिरहामा दृढतापूर्वक लागू गराउन कुनै पहल नै गरे।त्यतिबेलाको उनको मौनता “लाचारी“ मात्र थिएन, बल्कि भित्री रूपमा साहु महाजनहरूसँगको उनको साँठगाँठको संकेत थियो, जुन अहिले आएर छताछुल्ल भएको छ।
आफ्नै पार्टी सरकारमा र सम्झौताको साक्षी हुँदा मौन बसेका सांसद यादव हिजो शनिबारका दिन विदाका दिन भने एकाएक आफ्ना कार्यकर्ता र ९ बुँदे सम्झौताको विरोध गरिरहेका ‘साहु पीडित संघ’ का नाममा सञ्चालित टाठाबाठा साहु महाजनहरूको ठूलो झुण्ड लिएर जिल्ला प्रशासन कार्यालय सिराहा पुगे प्रमुख जिल्ला अधिकारी सँगको भेटमा उनले ९ बुँदे सम्झौताको मर्म अनुसार न्याय र अन्यायको उपदेश सुनाएनन्, बल्कि प्रशासनलाई एकपक्षीय दबाब दिने काम गरे।सरकारसँग भएको ९ बुँदे सहमति अनुसार जिल्लास्तरमा सहायक सीडीओको संयोजकत्वमा सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फछ्र्योट गर्ने र मिटरब्याजीमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत समेत छानबिन गर्ने कानुनी प्रावधान छ। तर, सांसद यादवले यो राज्यको नीति र आफ्नै सरकारको सम्झौता विपरीत जिल्ला प्रशासनमा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरे। मिटरब्याजी विरुद्ध परेका उजुरी र कपाली तमसुकमाथि भइरहेको कानुनी छानबिनलाई कमजोर पार्न उनले सीडीओमाथि प्रशासनिक दबाब बढाए। “सबै साहुहरू ठग होइनन्, पैसा लिएर नतिर्ने ऋणीहरूमाथि कारबाही हुनुपर्छ“ भन्दै उनी पीडितहरूको आँसु पुछ्नुको साटो साहुहरूको वकालत गर्न भीडसहित उत्रिए। यसअघि नै उनले “मधेशमा १० प्रतिशत मात्र मिटरब्याज पीडित छन्, बाँकी ९० प्रतिशत त साहु पीडित हुन्“ भनी दिएको बयानले उनको नियत प्रष्ट पारिसकेको थियो, जसको विरोधमा सिराहाको मिर्चैयामा उनको पुतला समेत जलिसकेको छ।
सांसद तपेश्वर यादवको यो हर्कतले नेपालको राजनीतिको एउटा कुरुप यथार्थलाई देखाउँछ। सरकारले,आफनै गृहमन्त्रीले गरेको वार्ता , आफ्नै पार्टी गृह मन्त्रालयमा गरेको ऐतिहासिक ९ बुँदे सम्झौता हुँदा रहस्यमय रूपमा मौन बस्ने, तर स्थानीय स्तरमा चुनाव जित्न र आफ्नो ’भोट बैंक’ तथा ’नोट बैंक’ जोगाउन तिनै शोषक साहु महाजनहरूको ढाल बन्ने कदम चरम राजनीतिक अवसरवाद र दोहोरो चरित्र हो।सरकार र पीडितबीच भएको ९ बुँदे सम्झौतालाई लत्याउँदै पहुँचवाला, धनी र टाठाबाठाहरूलाई रिझाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने दाउपेचमा सांसद यादवले ती गरिब किसानहरूलाई धोका दिएका छन्, जसले परिवर्तनको आशमा रास्वपा जस्तो नयाँ दललाई भोट दिएका थिए। जबसम्म सत्ता र शक्तिमा पुगेका जनप्रतिनिधिहरूले ९ बुँदे सहमतिको इमानदार कार्यान्वयन गर्नुको साटो पहुँचवाला साहुहरूको स्वार्थ रक्षा गर्छन्, तबसम्म मधेशमा मिटरब्याजको यो सामन्ती शोषण चक्र कहिल्यै अन्त्य हुन सक्दैन ।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

Share66Tweet41
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

रसुवाको भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कल्याणपुर नगरपालिकाद्वारा ५ लाख सहयोग

रसुवाको भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि कल्याणपुर नगरपालिकाद्वारा ५ लाख सहयोग

by देशदूत खबर
७ दिन अगाडि
0

१३ गते भाद्र सिराहा ,सिरहाको कल्याणपुर नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशीमा आएको आकस्मिक बाढी र यसबाट हुन पुगेको प्राकृतिक विपत्तिबाट प्रभावित...

Next Post
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

"मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?" : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.