• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

शुभेन्द्र साह by शुभेन्द्र साह
२ हप्ता अगाडि
in Main News, समाचार, समाज, साहित्य
0
कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म
172
SHARES
2.1k
VIEWS
Share on FacebookShare on Twitter

२६ असोज ,कल्याणपुर (सिराहा)। शुभेन्द्र कुमार साह ।
नेपाल र भारतको विहारमा अवस्थित तत्कालीन प्रसिद्ध मिथिला राज्य (राज दरभंगा) बीचको ऐतिहासिक, धार्मिक तथा तान्त्रिक सम्बन्ध निकै गहिरो रहेको पाइन्छ। यसै ऐतिहासिक सम्बन्धको एक जीवन्त कडीको रूपमा सिराहा जिल्लाको कल्याणपुरमा अवस्थित प्रसिद्ध दुर्गा मन्दिरलाई लिइन्छ।
कल्याणी साहको नाममा नामाकरण भएको यस ऐतिहासिक कल्याणपुरको र कल्याणपुर दुर्गा मन्दिर र यहाँको दुर्गा पूजाको इतिहास १९औँ शताब्दीको अन्त्यतिर अर्थात् वि.सं. १९१७ (सन् १८६०) को अर्थात श्री ५ सुरेन्द्र बिरबिक्रम शाहको नेपालमा शाशन रहेको आसपासदेखि सुरु भएको पाइन्छ।
यसको स्थापनाको कथा राज दरभंगाका प्रसिद्ध धार्मिक तथा तान्त्रिक राजा महाराजा रामेश्वर सिंहको काठमाडौँ यात्रा,, भारतका प्रतिष्ठित मारवाडी व्यापारीको आस्था र राजनगर क्षेत्रबाट प्रभावित विद्वान् मैथिल ब्राह्मण पुजारीहरूको ऐतिहासिक कडीसँग जोडिएको छ।

ऐतिहासिक तथ्य अनुसार, १९औँ शताब्दीको उक्त समयमा हालको कल्याणपुर र समग्र तराई क्षेत्र मानव बस्ती नभएको एक घना र बाक्लो ’चारकोसे झाडी’ (जङ्गल) थियो। राज दरभंगाको इतिहासमा महाराजा रामेश्वर सिंहलाई एक महान् ’राजर्षि’ र सिद्ध महातान्त्रिक साधकका रूपमा स्मरण गरिन्छ। तान्त्रिक शक्तिपीठहरूको केन्द्र मानिने काठमाडौँ उपत्यकाका प्रसिद्ध गुह्येश्वरी मन्दिर र आराध्यदेव पशुपतिनाथमा विशेष दर्शन एवं तान्त्रिक साधना गर्ने मुख्य धार्मिक उद्देश्यका साथ महाराज रामेश्वर सिंह काठमाडौँको यात्रामा निस्किएका थिए।ि एक उच्च कोटिका भगवती भक्त भएकाले उनले आफ्नो यस विशेष साधना यात्राको क्रममा भगवती माता दुर्गाको एक पवित्र ’माताको डोली’ (भगवतीको स्वरूप) साथमै लिएर हिँडेका थिए।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

त्यस जमानामा यातायातको आधुनिक सुविधा नभएकाले महाराजको सवारी हात्ती, घोडा र ठूलो पैदल टोलीसहित जङ्गलै–जङ्गलको बाटो हुँदै उदयपुरको मार्ग तर्फ अघि बढेको थियो। यात्राकै क्रममा घना जङ्गलको बीचमा रहेको हालको सिराहाको कल्याणपुर बजार (हाल मन्दिर अवस्थित क्षेत्र) मा आइपुगेपछि महाराज र उनको टोलीले त्यहाँ रहेको एउटा विशाल पिपलको बोट देखे। उक्त विशाल पिपलको बोटको शीतल छायामुनि थकान मेटाउन र आवास व्यवस्था मिलाउनका लागि महाराजले माताको डोलीलाई त्यहीँ राखेर विश्राम गरेका थिए।
महाराजको यात्रा पश्चात् उक्त पिपलको बोटमा साक्षात माता दुर्गाको वास रहेको जनविश्वास बलियो हुँदै गयो र सुरुवाती दिनहरूमा स्थानीय बासिन्दाहरूले सो पिपलको बोटमुनि सामान्य फुसको छानो (खरको झुप्रो) बनाएर परम्परागत रूपमा पूजाआजा गर्ने गर्दथे।

पुजारी परम्पराको ऐतिहासिक नालीबेली र राजनगरसँगको सम्बन्ध

मन्दिरको प्रारम्भिक कालमा पूजाआजा व्यवस्थित गर्न राज दरभंगा र राजनगरको सांस्कृतिक प्रभाव क्षेत्रबाट विद्वान् ब्राह्मण पुरोहितहरू ल्याइएको तथ्य फेला परेको छ। मन्दिरको सुरुआती चरणमा पुजारीको रूपमा भारतको बरदेपुर निवासी रामसुन्दर झाका पितापुर्खाहरूद्वारा विधिवत् रूपमा पूजाअर्चना सम्पादन हुने गर्दथ्यो। तर, कालान्तरमा एउटा दुखद ऐतिहासिक घटना घट्न पुग्यो। कुनै वर्षको असार महिनाको भीषण वर्षातका बेला बरदेपुर नजिकै बहने जिबछ नदीमा आएको विनाशकारी बाढीमा बगेर पुजारी रामसुन्दर झाको स्वर्गारोहण (निधन) हुन पुग्यो।
उक्त अप्रत्याशित घटना पश्चात् मन्दिरको पूजा परम्परालाई निरन्तरता दिनका लागि उमाकान्त झाका पितापुर्खाहरूले कल्याणपुर दुर्गा मन्दिरको पूजाहारीको जिम्मेवारी सम्हाले। पछि उमाकान्त झाका कुनै सन्तान (उत्तराधिकारी) नभएका कारण मन्दिरको पूजाको जिम्मा अवध नारायण झाजीले पाउनुभयो। अवध नारायण झाजीले जिम्मेवारी सम्हालेपछि मन्दिरको सेवा र पूजा पद्धतिलाई अझ व्यवस्थित बनाइयो। सोही ऐतिहासिक विरासतलाई थाम्दै हालसम्म पनि अवध नारायण झाजीकै शाखा सन्तानहरू (वंशज) मन्दिरको पुजारीका रूपमा निरन्तर सेवामा समर्पित रहँदै आएका छन्। यसरी पुजारीहरूको ऐतिहासिक व्यवहार र वंशको खोजी गर्दै जाँदा उनीहरू राज दरभंगा र राजनगर क्षेत्रबाट प्रभावित क्षेत्रका ब्राह्मण पुरोहितहरू हुनुले कल्याणपुर दुर्गा मन्दिर र राज दरभंगा बीचको ऐतिहासिक एवं तान्त्रिक सम्बन्धको तथ्यलाई अझ बढी अकाट्य र बलियो प्रमाण प्रदान गरेको छ।

मन्दिरको भौतिक रूपान्तरण र आधुनिक स्वरूप

यसै धार्मिक कडीको बीचमा, भारतबाट आएका बक्सुराम मारवाडीले सोही पिपलको बोटमुनि माता दुर्गाको शरणमा परी सन्तान प्राप्तिको विशेष भाकल मानेका थिए। माताको अलौकिक कृपाले भाकल पूरा भएपछि कृतज्ञ बन्दै उनले सो स्थानमा पक्की मन्दिर बनाउने संकल्प गरे। फलस्वरूप, वि.सं. १९९०को महाभूकम्पभन्दा अगाडि नै पुरानो फुसको छानो हटाएर पहिलो पटक इँटा प्रयोग गरी पक्की दुर्गा मन्दिरको निर्माण कार्य प्रारम्भ भयो .
वि.सं. १९९० सालको महाभूकम्पले यस पक्की मन्दिरको संरचनामा ठूलो क्षति पुर्‍याएपछि स्थानीय भक्तजनहरूको सक्रियतामा मन्दिरको जीर्णोद्धार गरी पुनः नियमित पूजाआजा सुरु गरियो। यसै क्रममा वि.सं. २००७ सालमा मन्दिरको संरचनालाई थप सुदृढ बनाइयो भने वि.सं. २०१८ सालमा आएर यसलाई पुनः अर्को चरणको नयाँ निर्माण र विस्तार गरियो। समयको परिवर्तन र भक्तजनहरूको बढ्दो आस्थाका कारण हाल यस ऐतिहासिक स्थलमा पुरानो मन्दिरलाई विस्थापित गरी समय अनुकूलको एक विशाल र भव्य नयाँ मन्दिर निर्माण कार्य (निर्माणाधीन) अन्तिम चरणमा अगाडि बढिरहेको छ .

पूजा विधि–विधानमा राजनगरसँगको हुबहु समानता

यही ऐतिहासिक पृष्ठभूमि र राजनगर क्षेत्रका पुरोहितहरूको प्रभावका कारण आज पनि विहारको राजनगर दुर्गा मन्दिर र नेपालको कल्याणपुर दुर्गा मन्दिरको बेलतोरी (बिल्वाभिमन्त्रण) विधि–विधान हुबहु एउटै (समान) रहेको देखिन्छ। नवरात्रिको षष्ठी तिथिको साँझ गरिने बेल आमन्त्रणको तान्त्रिक मन्त्र, र सप्तमीको बिहान नवपत्रिका भित्र्याउने मूल ’मिथिला पद्धति’ दुवै मन्दिरमा दुरुस्तै रूपमा पालना गरिन्छ ।
गुह्येश्वरी–पशुपतिको तान्त्रिक साधनाका लागि सुरु भएको महाराजको यात्रा, कल्याणी साहको नाममा जोडिएको भूमि, फुसको छानोबाट इँटा हुँदै आज भव्य रूपमा निर्माणाधीन यो मन्दिर नेपाल–भारत दुवै देशको साझा धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहरका रूपमा अटल रूपमा ठडिएको छ।

Tags: कल्याणपुर
Share69Tweet43
शुभेन्द्र साह

शुभेन्द्र साह

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
मित्रता नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

मित्रता नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

एउटै टोलका ३ सदा परविारको झुपडीमा छैन दशैको रौनक

एउटै टोलका ३ सदा परविारको झुपडीमा छैन दशैको रौनक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.