• Contact
  • Deshdoot Khabar
Friday, September 11, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

देशदूत खबर by देशदूत खबर
३ दिन अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको उक्त भीषण विद्रोहले नेपालको राजनीतिक प्रणालीलाई नै बदलिदिएको थियो ।आज युवाहरूले यस दिनलाई ’जेनजी सहिद दिवस’ का रूपमा स्मरण गरिरहँदा, राष्ट्रिय योजना आयोगको आधिकारिक प्रतिवेदनले आन्दोलनका क्रममा देशले व्यहोर्नुपरेको ८४ अर्ब ४५ करोड रुपैयाँको आर्थिक नोक्सानी र ७७ जनाको मृत्यु भएको डरलाग्दो तथ्याङ्क बाहिर ल्याएको छ । तर, यही आन्दोलन र सहिदहरूको रगतको जगमा उभिएर सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री बालेन शाह र उनको सरकार भने देशमा शान्ति सुरक्षा र राहत दिनुको साटो केवल फेसबुक र टिकटकमा ’स्टन्ट’ गर्नमै व्यस्त रहेको भन्दै चौतर्फी कडा प्रहार सुरु भएको छ।

एक वर्षको अवधिमा देशले राजनीतिक अस्थिरता मात्र व्यहोरेन, देशैभर हिन्दुराष्ट्रको मागसहित भड्किएको साम्प्रदायिक दङ्गा, जनकपुरधाममा गृहमन्त्री आफैँ पुगेर गर्नुपरेको वार्ता र रसुवामा आएको विनाशकारी बाढीले देशलाई मर्माहत बनाएको छ।

RELATED POSTS

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

१. सुनसरी र गोलबजारमा रक्तपातजेनजी आन्दोलनले ल्याएको राजनीतिक अस्थिरताकै बीच यो एक वर्षको अवधिमा नेपालले इतिहासमै कहिल्यै नदेखेको विनाशकारी साम्प्रदायिक दङ्गा को सामना गर्नुपर्‍यो। बहुसंख्यक हिन्दु समुदायको धार्मिक आस्था र पहिचानको रक्षाका लागि उठेको आवाजलाई दबाउन खोजिएपछि मधेशका विभिन्न जिल्लाहरूमा हिंसात्मक भडकाव आयोःसुनसरीको त्यो रक्तपातपूर्ण दङ्गाः यही वर्षको साउन ११ गते सुनसरीको देवानगञ्ज (कप्तागञ्ज) मा हिन्दु समुदायको धार्मिक झण्डा र डिजे बाजाको विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवादले उग्र साम्प्रदायिक दङ्गाको रूप लियो। अनियन्त्रित भीड र दङ्गालाई नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासनले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भयो। गृह प्रशासनले समयमै दङ्गा रोक्न नसक्दा यो आगो भोलिपल्टै अन्य जिल्लामा फैलियो।

सुनसरी दङ्गाको विरोधमा सिरहाको गोलबजारमा हिन्दुराष्ट्र पक्षधरहरूको आन्दोलन चर्किएपछि साउन १५ गते गोलबजार पूर्ण रूपमा साम्प्रदायिक तनावमा फस्यो। आक्रोशित भीडले गोलबजारमा रहेका निजी घर, पसल र एबी मल ( सुपरमार्केट) मा व्यापक आगजनी र तोडफोड गर्‍यो। गोलबजारको दङ्गा र प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय बिद्यार्थी किशोर गणेश यादवको घटनास्थलमै मृत्यु भयो भने धनुषाका सुभाष ठाकुर गम्भीर घाइते भए। मधेश जलिरहँदा र हप्तौँसम्म कर्फ्यु लाग्दा समेत बालेन सरकारको गृह प्रशासन लाचार र मूकदर्शक बनेको भन्दै चौतर्फी निन्दा भइरहेको थियो ।

२. हिन्दुराष्ट्रका लागि सडक संघर्ष र जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको वार्तासाम्प्रदायिक दङ्गा र देशव्यापी अशान्तिका बीच नेपाललाई पुनः ’हिन्दु राष्ट्र’ घोषणा गर्नुपर्ने मागसहितको सडक संघर्ष र कतै आमरण अनसन समेत गरी देशैभर आनदोलन चर्कियो। काठमाडौँको माइतीघरदेखि पोखरा र नेपालगञ्जसम्म लाखौँ नागरिकहरू भगवा झण्डासहित सडकमा ओर्लिए।जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ आफैँ पुगेर वार्ताः मधेशको साम्प्रदायिक दङ्गा र सडकको आगो नियन्त्रण बाहिर जान लागेपछि स्थिति सम्हाल्न गृहमन्त्री सुधन गुरुङ आफैँ जनकपुरधाम पुगेर आन्दोलनरत हिन्दु धार्मिक मोर्चासँग वार्ता गर्न बाध्य हुनुभएको थियो। धनुषा जिल्ला प्रशासन कार्यालयमा भएको उक्त महत्त्वपूर्ण वार्तामा गृहमन्त्री गुरुङले आन्दोलनकारीका मागहरू सम्बोधन गर्ने र देशमा साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाउनुभएको थियो। देशभर हिन्दुराष्ट्रका लागि यसरी चौतर्फी आवाज उठ्दा र गृहमन्त्री आफैँ सडकको आगो निभाउन जनकपुरमा संवादमा जुट्दा पनि प्रधानमन्त्री बालेन शाह भने फेसबुकमै व्यस्त थिए ।

३. रसुवाको महाविपत्तिः हिमनदी भत्किँदा १,३०० भन्दा बढीको मृत्यु, अर्बौँको क्षतिबालेन सरकार फेसबुकको भित्तामा सुशासनका गफ र साम्प्रदायिक विवाद सुल्झाउन अक्षम भइरहेका बेला, गत भदौ १० गते नेपाल–चीन सीमा नजिकैको रसुवा जिल्लामा लङटाङ लिरुङ हिमनदी भत्किँदा भोटेकोशी र त्रिशूली नदीमा दशककै विनाशकारी प्राकृतिक विपत्ति आयो।भयानक मानवीय क्षतिः बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा हालसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४,९०० भन्दा बढी नागरिकहरू अझै बेपत्ता छन्। भोटेकोशीले टिमुरे बजार, रसुवागढी नाका र नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ।जलविद्युत् आयोजना ध्वस्त र सुरुङमा उद्धारः यो बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना र त्रिशूली ३ए लगायतका ठुला आयोजनामा अर्बौँको क्षति पुर्‍यायो। त्रिशूली ३ए को सुरुङमा ९ दिनसम्म थुनिएका दुई नेपाली कामदार र माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकलाई ९ दिनपछि नेपाली सेनाले जीवितै उद्धार गरेको छ। तर, विस्थापित भएका हजारौँ नागरिकहरूलाई सुरक्षित पुनर्वास र राहत दिन बालेन सरकारको संयन्त्र निकै सुस्त र लाचार देखिएको छ।

४. आन्दोलनको कुल नोक्सान र भौतिक क्षति क्षति मूल्याङ्कन तथा पुनःनिर्माण योजना समितिले बुझाएको आधिकारिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्र र भौतिक संरचनामा परेको चोट अझै निको हुन सकेको छैन ,सार्वजनिक सम्पत्तिको विनाशः देशभरिका २,१६८ वटा सरकारी कार्यालयहरू तोडफोड र आगजनीको सिकार बने । सिंहदरबारदेखि प्रहरी चौकीसम्मका भवनहरू ध्वस्त पारिए, जसको पुनःनिर्माणका लागि मात्रै ३६ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।निजी क्षेत्र ध्वस्तः भाटभटेनी र कान्तिपुर मिडिया हाउस जस्ता ठुला व्यावसायिक प्रतिष्ठानदेखि लिएर गोलबजारको एबी मल र सर्वसाधारणका साना पसलहरू आक्रोशको आगोमा खरानी भए। निजी क्षेत्रमा मात्रै ३३ अर्ब ५४ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ ।हतियार लुटपाटः आन्दोलनको उग्र भीडले सुरक्षा निकायका १,३०० भन्दा बढी हतियारहरू लुटेका थिए, जुन हतियारहरू अझै पूर्ण रूपमा बरामद हुन नसक्दा राष्ट्रिय सुरक्षामा ठुलो खतरा मडारिइरहेको छ .

“गफ होइन, अब परिणाम चाहिन्छ“जेनजी आन्दोलन र ’टिकटक क्रान्ति’ ले नेपालको इतिहास त बदल्यो, तर ७७ जनाको बलिदान र ८४ अर्बको क्षति गरेर बनेको ’बालेन शाह सरकार’ ले जनतालाई केवल सपना मात्र बाँचिरहेको छ ।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले यसै अवसरमा कडा चेतावनी दिँदै भन्नुभएको छ, “युवाहरूले पुराना नेताको विकल्प खोजेका हुन्, नयाँ रूपका तानाशाह वा स्टन्टबाज खोजेका होइनन्। सहिदहरूको रगत, हिन्दु राष्ट्रका लागि सडक संघर्षमा होमिएका र जनकपुरधाममा गृहमन्त्रीसँगै वार्ता गरिरहेका नागरिकहरूको भावना, सुनसरी र गोलबजारमा बगेको रगत र रसुवाका बाढीपीडितको चीत्कारको अवमूल्यन गरिए बालेन शाहको नियति पनि पुरानै शासकहरूको जस्तै हुनेछ।“अब पनि सरकारले गफ र फेसबुकको पछि नलागी साम्प्रदायिक दङ्गाको स्थायी समाधान, बहुसंख्यक नागरिकको धार्मिक आस्थाको कदर, घाइतेहरूको उपचार, रसुवाका बाढीपीडितको तत्काल पुनःस्थापना र देशमै रोजगारीको ठोस अवसर सिर्जना नगरे युवा पुस्ता, सडक संघर्षकारी र धार्मिक अभियन्ताहरू फेरि एकपटक बालेन सरकारकै विरुद्ध सडकमा उत्रिन बेर लाग्ने छैन।

Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
१५ घण्टा अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
४ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
४ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
१ हप्ता अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
१ हप्ता अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

Next Post
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

१५ घण्टा अगाडि
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

३ दिन अगाडि
  • 620 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.