• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ । २०८२ साल भदौ २३ र २४ गते भएको उक्त भीषण विद्रोहले नेपालको राजनीतिक प्रणालीलाई नै बदलिदिएको थियो ।आज युवाहरूले यस दिनलाई ’जेनजी सहिद दिवस’ का रूपमा स्मरण गरिरहँदा, राष्ट्रिय योजना आयोगको आधिकारिक प्रतिवेदनले आन्दोलनका क्रममा देशले व्यहोर्नुपरेको ८४ अर्ब ४५ करोड रुपैयाँको आर्थिक नोक्सानी र ७७ जनाको मृत्यु भएको डरलाग्दो तथ्याङ्क बाहिर ल्याएको छ । तर, यही आन्दोलन र सहिदहरूको रगतको जगमा उभिएर सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री बालेन शाह र उनको सरकार भने देशमा शान्ति सुरक्षा र राहत दिनुको साटो केवल फेसबुक र टिकटकमा ’स्टन्ट’ गर्नमै व्यस्त रहेको भन्दै चौतर्फी कडा प्रहार सुरु भएको छ।

एक वर्षको अवधिमा देशले राजनीतिक अस्थिरता मात्र व्यहोरेन, देशैभर हिन्दुराष्ट्रको मागसहित भड्किएको साम्प्रदायिक दङ्गा, जनकपुरधाममा गृहमन्त्री आफैँ पुगेर गर्नुपरेको वार्ता र रसुवामा आएको विनाशकारी बाढीले देशलाई मर्माहत बनाएको छ।

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१. सुनसरी र गोलबजारमा रक्तपातजेनजी आन्दोलनले ल्याएको राजनीतिक अस्थिरताकै बीच यो एक वर्षको अवधिमा नेपालले इतिहासमै कहिल्यै नदेखेको विनाशकारी साम्प्रदायिक दङ्गा को सामना गर्नुपर्‍यो। बहुसंख्यक हिन्दु समुदायको धार्मिक आस्था र पहिचानको रक्षाका लागि उठेको आवाजलाई दबाउन खोजिएपछि मधेशका विभिन्न जिल्लाहरूमा हिंसात्मक भडकाव आयोःसुनसरीको त्यो रक्तपातपूर्ण दङ्गाः यही वर्षको साउन ११ गते सुनसरीको देवानगञ्ज (कप्तागञ्ज) मा हिन्दु समुदायको धार्मिक झण्डा र डिजे बाजाको विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवादले उग्र साम्प्रदायिक दङ्गाको रूप लियो। अनियन्त्रित भीड र दङ्गालाई नियन्त्रण गर्ने नाममा स्थानीय प्रशासनले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भयो। गृह प्रशासनले समयमै दङ्गा रोक्न नसक्दा यो आगो भोलिपल्टै अन्य जिल्लामा फैलियो।

सुनसरी दङ्गाको विरोधमा सिरहाको गोलबजारमा हिन्दुराष्ट्र पक्षधरहरूको आन्दोलन चर्किएपछि साउन १५ गते गोलबजार पूर्ण रूपमा साम्प्रदायिक तनावमा फस्यो। आक्रोशित भीडले गोलबजारमा रहेका निजी घर, पसल र एबी मल ( सुपरमार्केट) मा व्यापक आगजनी र तोडफोड गर्‍यो। गोलबजारको दङ्गा र प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय बिद्यार्थी किशोर गणेश यादवको घटनास्थलमै मृत्यु भयो भने धनुषाका सुभाष ठाकुर गम्भीर घाइते भए। मधेश जलिरहँदा र हप्तौँसम्म कर्फ्यु लाग्दा समेत बालेन सरकारको गृह प्रशासन लाचार र मूकदर्शक बनेको भन्दै चौतर्फी निन्दा भइरहेको थियो ।

२. हिन्दुराष्ट्रका लागि सडक संघर्ष र जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको वार्तासाम्प्रदायिक दङ्गा र देशव्यापी अशान्तिका बीच नेपाललाई पुनः ’हिन्दु राष्ट्र’ घोषणा गर्नुपर्ने मागसहितको सडक संघर्ष र कतै आमरण अनसन समेत गरी देशैभर आनदोलन चर्कियो। काठमाडौँको माइतीघरदेखि पोखरा र नेपालगञ्जसम्म लाखौँ नागरिकहरू भगवा झण्डासहित सडकमा ओर्लिए।जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ आफैँ पुगेर वार्ताः मधेशको साम्प्रदायिक दङ्गा र सडकको आगो नियन्त्रण बाहिर जान लागेपछि स्थिति सम्हाल्न गृहमन्त्री सुधन गुरुङ आफैँ जनकपुरधाम पुगेर आन्दोलनरत हिन्दु धार्मिक मोर्चासँग वार्ता गर्न बाध्य हुनुभएको थियो। धनुषा जिल्ला प्रशासन कार्यालयमा भएको उक्त महत्त्वपूर्ण वार्तामा गृहमन्त्री गुरुङले आन्दोलनकारीका मागहरू सम्बोधन गर्ने र देशमा साम्प्रदायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाउनुभएको थियो। देशभर हिन्दुराष्ट्रका लागि यसरी चौतर्फी आवाज उठ्दा र गृहमन्त्री आफैँ सडकको आगो निभाउन जनकपुरमा संवादमा जुट्दा पनि प्रधानमन्त्री बालेन शाह भने फेसबुकमै व्यस्त थिए ।

३. रसुवाको महाविपत्तिः हिमनदी भत्किँदा १,३०० भन्दा बढीको मृत्यु, अर्बौँको क्षतिबालेन सरकार फेसबुकको भित्तामा सुशासनका गफ र साम्प्रदायिक विवाद सुल्झाउन अक्षम भइरहेका बेला, गत भदौ १० गते नेपाल–चीन सीमा नजिकैको रसुवा जिल्लामा लङटाङ लिरुङ हिमनदी भत्किँदा भोटेकोशी र त्रिशूली नदीमा दशककै विनाशकारी प्राकृतिक विपत्ति आयो।भयानक मानवीय क्षतिः बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा हालसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ४,९०० भन्दा बढी नागरिकहरू अझै बेपत्ता छन्। भोटेकोशीले टिमुरे बजार, रसुवागढी नाका र नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ।जलविद्युत् आयोजना ध्वस्त र सुरुङमा उद्धारः यो बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना र त्रिशूली ३ए लगायतका ठुला आयोजनामा अर्बौँको क्षति पुर्‍यायो। त्रिशूली ३ए को सुरुङमा ९ दिनसम्म थुनिएका दुई नेपाली कामदार र माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकलाई ९ दिनपछि नेपाली सेनाले जीवितै उद्धार गरेको छ। तर, विस्थापित भएका हजारौँ नागरिकहरूलाई सुरक्षित पुनर्वास र राहत दिन बालेन सरकारको संयन्त्र निकै सुस्त र लाचार देखिएको छ।

४. आन्दोलनको कुल नोक्सान र भौतिक क्षति क्षति मूल्याङ्कन तथा पुनःनिर्माण योजना समितिले बुझाएको आधिकारिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्र र भौतिक संरचनामा परेको चोट अझै निको हुन सकेको छैन ,सार्वजनिक सम्पत्तिको विनाशः देशभरिका २,१६८ वटा सरकारी कार्यालयहरू तोडफोड र आगजनीको सिकार बने । सिंहदरबारदेखि प्रहरी चौकीसम्मका भवनहरू ध्वस्त पारिए, जसको पुनःनिर्माणका लागि मात्रै ३६ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।निजी क्षेत्र ध्वस्तः भाटभटेनी र कान्तिपुर मिडिया हाउस जस्ता ठुला व्यावसायिक प्रतिष्ठानदेखि लिएर गोलबजारको एबी मल र सर्वसाधारणका साना पसलहरू आक्रोशको आगोमा खरानी भए। निजी क्षेत्रमा मात्रै ३३ अर्ब ५४ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ ।हतियार लुटपाटः आन्दोलनको उग्र भीडले सुरक्षा निकायका १,३०० भन्दा बढी हतियारहरू लुटेका थिए, जुन हतियारहरू अझै पूर्ण रूपमा बरामद हुन नसक्दा राष्ट्रिय सुरक्षामा ठुलो खतरा मडारिइरहेको छ .

“गफ होइन, अब परिणाम चाहिन्छ“जेनजी आन्दोलन र ’टिकटक क्रान्ति’ ले नेपालको इतिहास त बदल्यो, तर ७७ जनाको बलिदान र ८४ अर्बको क्षति गरेर बनेको ’बालेन शाह सरकार’ ले जनतालाई केवल सपना मात्र बाँचिरहेको छ ।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले यसै अवसरमा कडा चेतावनी दिँदै भन्नुभएको छ, “युवाहरूले पुराना नेताको विकल्प खोजेका हुन्, नयाँ रूपका तानाशाह वा स्टन्टबाज खोजेका होइनन्। सहिदहरूको रगत, हिन्दु राष्ट्रका लागि सडक संघर्षमा होमिएका र जनकपुरधाममा गृहमन्त्रीसँगै वार्ता गरिरहेका नागरिकहरूको भावना, सुनसरी र गोलबजारमा बगेको रगत र रसुवाका बाढीपीडितको चीत्कारको अवमूल्यन गरिए बालेन शाहको नियति पनि पुरानै शासकहरूको जस्तै हुनेछ।“अब पनि सरकारले गफ र फेसबुकको पछि नलागी साम्प्रदायिक दङ्गाको स्थायी समाधान, बहुसंख्यक नागरिकको धार्मिक आस्थाको कदर, घाइतेहरूको उपचार, रसुवाका बाढीपीडितको तत्काल पुनःस्थापना र देशमै रोजगारीको ठोस अवसर सिर्जना नगरे युवा पुस्ता, सडक संघर्षकारी र धार्मिक अभियन्ताहरू फेरि एकपटक बालेन सरकारकै विरुद्ध सडकमा उत्रिन बेर लाग्ने छैन।

Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
२ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

२ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.