• Contact
  • Deshdoot Khabar
Tuesday, October 27, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह
163
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

७ भाद्र सिरहा ।गोलबजार श्रमदान तथा सरसफाइ युवा समूहले गोलबजार नगरपालिकाका प्रमुख (मेयर) श्याम श्रेष्ठको प्रमुख आतिथ्यता तथा श्रमदाता मधु कुमार राईको अध्यक्षतामा आफ्नो दोस्रो वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। ’सफा, स्वच्छ नगर हाम्रो पहिचानः सरसफाइ र हरियाली हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा सामाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा पर्यावरण संरक्षणको सन्देश दिँदै प्रमुख अतिथि र अन्य अतिथिहरूलाई पिपलको पातमा पद उल्लेख गरेर बनाइएको मौलिक ब्याच वितरण गरिएको थियो। यो नौलो प्रयोगलाई उपस्थित सबैले निकै रुचाएका थिए।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

कार्यक्रममा मुख्य र उत्कृष्ट मन्तव्य राख्दै मित्रता नेपालका अध्यक्ष एवं अधिवक्ता शिवनन्दन साहले गोलबजार श्रमदान तथा सरसफाइ युवा समूहको अवसरमा भव्य शुभकामना व्यक्त गर्नुभयो। युवाहरूको भूमिकामाथि विशेष जोड दिँदै कानुनी एवं सामाजिक क्षेत्रका बौद्धिक व्यक्तित्व अधिवक्ता साहले भन्नुभयो, “युवा भनेको भविष्यको कर्णधार मात्र नभई वर्तमानको वास्तविक साझेदार पनि हुन्। समाजमा परिवर्तनका लागि युवासँग सहयोग र सहकार्य नगरी कुनै पनि कुरा सम्भव छैन।“ उहाँले जसरी रक्तदान र जीवनदानको अभिभारा युवाहरूको काँधमा छ, त्यसरी नै वर्तमान अवस्थामा समाज निर्माणमा युवाहरूको सहकार्य र सहभागिता हुनु नितान्त जरुरी रहेको औंल्याउनुभयो। समाज रूपान्तरणका लागि सधैं अग्रसर रहने दृढता व्यक्त गर्दै उहाँले थप्नुभयो, “मित्रता नेपाल समाजको हरेक वर्ग र हरेक क्षेत्रमा समाज तथा समग्र देश निर्माणका लागि सधैं सहकार्य गर्न तयार रहेको छ।

“कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर श्याम श्रेष्ठले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनमा युवा समूहले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। स्थानीय सरकार युवाहरूको यस्ता सकारात्मक र सामाजिक कार्यहरूमा सधैं साथमा रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

उत्सवको विशेष अवसरमा ’रक्तदान नै जीवन दान हो’ भन्ने पवित्र भावनाका साथ खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रमको सुरुवात कार्यक्रमका अध्यक्ष एवं श्रमदाता मधु कुमार राईले रक्तदान गरेर गर्नुभएको थियो। उहाँको सुरुवातसँगै कार्यक्रममा उपस्थित अन्य थुप्रै युवाहरूले उत्साहजनक रूपमा रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमकै अवसरमा बोल्दै ब्रह्माकुमारी ओम् शान्तिका प्रतिनिधिहरूले रक्तदानको महत्वमाथि प्रकाश पार्नुभयो। प्रतिनिधिहरूले ’रक्तदान नै जीवनदान’ भएको कुरामा जोड दिँदै समाजमा शान्ति, एकता र आपसी सद्भाव कायम होस् भनी कामना समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै नेकपाका नेता उमेश बरालले युवाहरूले चालेको यो कदम र कामको उच्च प्रसंशा गर्दै निकै सराहनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म अपाङ्गता भएका कारण शारीरिक रूपले काम गर्न नसके पनि युवाहरूको यस्तो कार्यक्रमको प्रोत्साहनका लागि कुनै कमी हुन दिने छैन।“ सँगसँगै नेता बरालले कार्यक्रमको व्यवस्थापन र समसामयिक घटनामाथि आफ्नो कडा टिप्पणी राख्दै भन्नुभयो, “यो कार्यक्रमको सुरुवातमा न त राष्ट्रिय गान सुनियो, न त सहिदप्रति सम्मान नै व्यक्त गरियो। भर्खरै घटेको घटनामा गरिमा चौधरीमाथि भएको अन्यायविरुद्ध गोलबजार जाग्नुपर्छ र बोल्नुपर्छ।

“यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै अधिवक्ता लक्ष्मण राईले मेयर श्रेष्ठमाथि प्रश्न तेर्स्याउँदै भन्नुभयो, “मेयरले गोलबजार भनेको बजारलाई मात्र बुझ्नुभएको छ, अन्य वडालाई गोलबजार बुझ्नुभएको छैन।“ उहाँले सरसफाइको नाममा बजार क्षेत्रमा मात्र देखाउने काम भइरहेको भन्दै सबै वडामा नगरको समान भूमिका हुनुपर्ने माग गर्नुभयो।कार्यक्रममा स्थानीय युवा, बौद्धिक व्यक्तित्वहरू तथा नागरिक समाजको उल्लेख्य र भव्य सहभागिता रहेको थियो।

Share65Tweet41
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.