• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

देशदूत खबर by देशदूत खबर
२ हप्ता अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह
163
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

७ भाद्र सिरहा ।गोलबजार श्रमदान तथा सरसफाइ युवा समूहले गोलबजार नगरपालिकाका प्रमुख (मेयर) श्याम श्रेष्ठको प्रमुख आतिथ्यता तथा श्रमदाता मधु कुमार राईको अध्यक्षतामा आफ्नो दोस्रो वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। ’सफा, स्वच्छ नगर हाम्रो पहिचानः सरसफाइ र हरियाली हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा सामाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा पर्यावरण संरक्षणको सन्देश दिँदै प्रमुख अतिथि र अन्य अतिथिहरूलाई पिपलको पातमा पद उल्लेख गरेर बनाइएको मौलिक ब्याच वितरण गरिएको थियो। यो नौलो प्रयोगलाई उपस्थित सबैले निकै रुचाएका थिए।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

कार्यक्रममा मुख्य र उत्कृष्ट मन्तव्य राख्दै मित्रता नेपालका अध्यक्ष एवं अधिवक्ता शिवनन्दन साहले गोलबजार श्रमदान तथा सरसफाइ युवा समूहको अवसरमा भव्य शुभकामना व्यक्त गर्नुभयो। युवाहरूको भूमिकामाथि विशेष जोड दिँदै कानुनी एवं सामाजिक क्षेत्रका बौद्धिक व्यक्तित्व अधिवक्ता साहले भन्नुभयो, “युवा भनेको भविष्यको कर्णधार मात्र नभई वर्तमानको वास्तविक साझेदार पनि हुन्। समाजमा परिवर्तनका लागि युवासँग सहयोग र सहकार्य नगरी कुनै पनि कुरा सम्भव छैन।“ उहाँले जसरी रक्तदान र जीवनदानको अभिभारा युवाहरूको काँधमा छ, त्यसरी नै वर्तमान अवस्थामा समाज निर्माणमा युवाहरूको सहकार्य र सहभागिता हुनु नितान्त जरुरी रहेको औंल्याउनुभयो। समाज रूपान्तरणका लागि सधैं अग्रसर रहने दृढता व्यक्त गर्दै उहाँले थप्नुभयो, “मित्रता नेपाल समाजको हरेक वर्ग र हरेक क्षेत्रमा समाज तथा समग्र देश निर्माणका लागि सधैं सहकार्य गर्न तयार रहेको छ।

“कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर श्याम श्रेष्ठले नगरको सरसफाइ र हरियाली प्रवद्र्धनमा युवा समूहले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। स्थानीय सरकार युवाहरूको यस्ता सकारात्मक र सामाजिक कार्यहरूमा सधैं साथमा रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

उत्सवको विशेष अवसरमा ’रक्तदान नै जीवन दान हो’ भन्ने पवित्र भावनाका साथ खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रमको सुरुवात कार्यक्रमका अध्यक्ष एवं श्रमदाता मधु कुमार राईले रक्तदान गरेर गर्नुभएको थियो। उहाँको सुरुवातसँगै कार्यक्रममा उपस्थित अन्य थुप्रै युवाहरूले उत्साहजनक रूपमा रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमकै अवसरमा बोल्दै ब्रह्माकुमारी ओम् शान्तिका प्रतिनिधिहरूले रक्तदानको महत्वमाथि प्रकाश पार्नुभयो। प्रतिनिधिहरूले ’रक्तदान नै जीवनदान’ भएको कुरामा जोड दिँदै समाजमा शान्ति, एकता र आपसी सद्भाव कायम होस् भनी कामना समेत गर्नुभयो।

कार्यक्रममा बोल्दै नेकपाका नेता उमेश बरालले युवाहरूले चालेको यो कदम र कामको उच्च प्रसंशा गर्दै निकै सराहनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “म अपाङ्गता भएका कारण शारीरिक रूपले काम गर्न नसके पनि युवाहरूको यस्तो कार्यक्रमको प्रोत्साहनका लागि कुनै कमी हुन दिने छैन।“ सँगसँगै नेता बरालले कार्यक्रमको व्यवस्थापन र समसामयिक घटनामाथि आफ्नो कडा टिप्पणी राख्दै भन्नुभयो, “यो कार्यक्रमको सुरुवातमा न त राष्ट्रिय गान सुनियो, न त सहिदप्रति सम्मान नै व्यक्त गरियो। भर्खरै घटेको घटनामा गरिमा चौधरीमाथि भएको अन्यायविरुद्ध गोलबजार जाग्नुपर्छ र बोल्नुपर्छ।

“यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै अधिवक्ता लक्ष्मण राईले मेयर श्रेष्ठमाथि प्रश्न तेर्स्याउँदै भन्नुभयो, “मेयरले गोलबजार भनेको बजारलाई मात्र बुझ्नुभएको छ, अन्य वडालाई गोलबजार बुझ्नुभएको छैन।“ उहाँले सरसफाइको नाममा बजार क्षेत्रमा मात्र देखाउने काम भइरहेको भन्दै सबै वडामा नगरको समान भूमिका हुनुपर्ने माग गर्नुभयो।कार्यक्रममा स्थानीय युवा, बौद्धिक व्यक्तित्वहरू तथा नागरिक समाजको उल्लेख्य र भव्य सहभागिता रहेको थियो।

Share65Tweet41
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.