• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, समाचार, समाज
0
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा
161
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी यादव अदालतको आदेशपछि धरौटीमा रिहा भएकी छिन्। सिरहा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासले उनलाई रु. ७०,००० (सत्तरी हजार रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत लिई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

अदालतमा घुरनी देवीको बयानअभियोगपत्रमा उल्लेख भए अनुसार प्रतिवादी घुरनी देवी यादवले अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा आफू कसूरमा इन्कारी रहँदै जग्गा लेनदेन र जाहेरी प्रक्रियाको वास्तविकता खुलाएकी छिन्। उनले बयानमा भनेकी छिन्— “जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ६ बस्ने विल्टु साहुको छोरा (दुखी साह) लाई आजभन्दा करिब ८ वर्ष अगाडि मैले रु. ६ लाख ऋण दिएकी थिएँ। सो ऋणबापत निज दुखी साहको नाममा रहेको लहान बजार गा.वि.स. वडा नं. ६ (ख) को कित्ता नम्बर ४८२ को ०–१–१ जग्गा मेरो नाममा पास गरी रकम लिएका थिए। पछि मलाई पैसाको आवश्यकता परेपछि निज दुखी साहलाई पैसा फिर्ता गर्न ताकेता गरेँ। त्यसपछि दुखी साहको आग्रहमा भगवती प्रसाद चौधरीसँग रु. १८ लाखमात्र लिई बिक्री गरी जग्गा पास गरिएको थियो। सो जग्गा पास गर्दा थैलीमा रु. ८ लाख ६० हजार मात्र उल्लेख गरिएको थियो।“उनले बयानमा थप खुलाउँदै भनेकी छिन्— “दुखी साह आफैँले जाहेरवालालाई कीर्ते नक्सा देखाई विश्वासमा पारेर मलाई जग्गा पास गरिदिन बोलाएका हुन् र मैले जग्गा पास गरिदिएकी हुँ। तर, जाहेरवाला भगवती प्रसाद चौधरीले उक्त नक्कली नक्सा, कीर्ते दस्तखत र सरकारी छापमा विश्वास नगरी आफैँ नापी कार्यालय लहानमा गएर बुझबुझारथ गरेछन् र त्यहाँ खोजतलास गरी सक्कल नक्सा प्राप्त गरेछन्। उक्त सक्कल नक्सा अनुसार खरिद गरेको जग्गा खुट्टी खोलामा खसेको वास्तविक तथ्य थाहा पाएपछि मात्र जाहेरवालाले हामी विरुद्ध जाहेरी दिएका हुन्।“ उनले सो जग्गा र नक्साको बारेमा आफूलाई केही थाहा नभएको र आफूले कुनै ठगी वा कीर्ते नगरेको बयान दिएकी छिन्।

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

जिल्ला प्रशासनको सहमति र अभियोग दाबीयसअघि जिल्ला प्रशासन कार्यालय, सिरहाको च.न. ६६७ र मिति २०८३/०४/२६ को सहमति पत्र अनुसार प्रतिवादी घुरनी देवी यादवले जाहेरवाला भगवती प्रसाद चौधरीबाट लिएको रकम फिर्ता गर्ने सम्बन्धमा लिखित प्रतिबद्धता जनाएकी थिइन्। उक्त सहमति अनुसार कुल रु. २६ लाख रकम मध्ये ७/७ लाखका दरले २०८० सालको भदौ, असोज, कात्तिक महिनामा र बाँकी रु. ५ लाख मंसिर मसान्तसम्ममा बुझाई जाहेरवालाले लिएको कपाली तमसुक तथा जग्गा फिर्ता गर्ने आपसी सहमति भएको थियो।तर, तोकिएको मिति र समयमा उक्त रकम फिर्ता नगरी प्रतिवादीहरूले एकापसमा मिलोमतो गरेको अभियोगमा उल्लेख छ।

उनीहरूले बजार एरियाको जग्गा भनी झुक्याएर, सडकको मुखमा रहेको अर्कैको जग्गा समेत जाहेरवालालाई देखाई वास्तवमा खोला किनारमा रहेको जग्गाको नक्कली नक्सा तयार पारेको दाबी अभियोगपत्रमा गरिएको छ। यस घटनामा नापी कार्यालय लहान, सिरहाको च.नं. १५१ मिति २०८३/०५/१८ को पत्र र नक्साको प्रिन्ट प्रतिलिपि समेत मिसिलमा संलग्न रहेको छ। यसरी अर्कैको जग्गा र नक्कली नक्सा देखाएर रकम ठगी, आपराधिक विश्वासघात तथा सरकारी छाप र दस्तखत कीर्ते गरेको भन्दै प्रतिवादीहरू विरुद्ध कानुन बमोजिम सजाय र विगो भराउन मागदाबी लिइएको छ।

अदालतको थुनछेक आदेशमुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता सिताराम राउतले बहस गर्दै प्रतिवादीले जाहेरवालालाई रु. २६ लाख पर्ने जग्गा देखाई झुक्याएर अर्कै जग्गा पास गरिदिएकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्नुभएको थियो। अर्कोतर्फ, प्रतिवादी घुरनी देवीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री रामचन्द्र यादव, श्री विनोद कुमार कर्ण, श्री लक्ष्मण प्रसाद राई, श्री पशुपति कार्की, श्री विरेन्द्र कुमार लाभ कर्ण, श्री जितेन्द्र कुमार यादव, श्री सन्तोष कुमार शर्मा, श्री मदन कुमार साह, श्री प्रशान्त कुमार साह, श्री सन्तोष सुवेदी, श्री ओम शंकर यादव र श्री प्रदिप कुमार यादवले उक्त कसूरमा प्रतिवादीको कुनै संलग्नता नरहेको भन्दै साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न माग गर्दै बहस गर्नुभएको थियो।

दुवै पक्षको बहस र मिसिल संलग्न प्रमाणहरूको अध्ययनपछि अदालतले प्रतिवादीलाई अहिले नै पूर्ण रूपमा निर्दोष मान्न नमिल्ने ठहर गरेको छ। यद्यपि, हाल उनलाई थुनामै राखेर कारबाही गर्नुपर्ने सम्मको अवस्था नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (१) बमोजिम तोकिएको रु. ७०,००० धरौटी रकम बुझाएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै प्रतिवादी घुरनी देवी यादवले जेलबाहिरै बसेर कानुनी लडाइँ लड्ने बाटो खुलेको छ।

Share64Tweet40
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
२ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

मिथिलाञ्चलमा निष्ठापूर्वक मनाइयो चौठचन्द्र पर्व

मिथिलाञ्चलमा निष्ठापूर्वक मनाइयो चौठचन्द्र पर्व

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

२ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.