• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

देशदूत खबर by देशदूत खबर
२ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌
161
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सि

,९ गते भाद्र, सिरहाकल्याणपुर नगरपालिका वडा नं. ९ का निर्वाचित वडाध्यक्ष विनोद कुमार यादवले नगरपालिकाकी कार्यवाहक मेयर रेखा यादवको कार्यशैलीप्रति तीव्र असन्तुष्टि र कडा आक्रोश व्यक्त गर्नुभएको छ। कृषि प्रवद्र्धन र महिला स्वरोजगारका लागि नगरपालिकाको बजेटबाट वितरण गरिने चापा कटर (पशु आहार काट्ने मेसिन), सिलाई मेसिन र सिँचाईका लागि आवश्यक ट्युबवेल (बोरिङ) वितरणमा कार्यवाहक मेयरले चरम एकलौटी, अपारदर्शी र मनपरी निर्णय गरेको उहाँको आरोप छ।

वडाध्यक्ष यादवले आफ्नो आधिकारिक फेसबुक पोष्टमार्फत स्थानीय नेतृत्वलाई कडा चेतावनी दिँदै लेख्नुभएको छ, “नगरपालिका वा स्थानीय तहको बजेट र स्रोत–साधन कसैको बापौती सम्पत्ति होइन। यो सम्पूर्ण जनताको हो, उनीहरूको पसिना र करबाट आएको हो। यसमा सबै नागरिकको उत्तिकै अधिकार छ।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“उहाँले वितरण प्रक्रियाको पारदर्शिता र कानुनी धरातलमाथि गम्भीर प्रश्न उठाउँदै थप्नुभएको छ, “कुनै पनि सरकारी योजना वा सामग्री वितरण गर्दा त्यसको स्पष्ट कार्यविधि र मापदण्ड हुनुपर्छ। यहाँ वितरण गरिएका सिलाई मेसिनहरू वास्तविक गरिब, विपन्न, महिला वा दलित कसका लागि हुन्? कुन मापदण्डका आधारमा वितरण भइरहेको छ? यो कुरा जनताका सामु पारदर्शी हुनुपर्छ। तर कल्याणपुर नगरपालिकामा बिना कार्यविधि नै कार्यवाहक मेयरका आसेपासे र गोजीका मान्छेहरूलाई सरकारी सामग्री वितरण गरिनु सरासर गैरकानुनी र लज्जास्पद कार्य हो। यो मनपरी वितरण अभिलम्ब रोकियोस्।

“आफू निर्वाचित जनप्रतिनिधि भएर पनि आफ्नै वडामा भइरहेको गतिविधिबारे स्थानीय सरकारले बेखबर बनाएकोमा आक्रोश पोख्दै उहाँले कार्यवाहक मेयरलाई सिधै प्रश्न गर्नुभएको छ, “यस वितरणबारे वडाध्यक्षलाई कुनै जानकारी छैन। वडाका जनता आएर मलाई सोधिरहेका छन्, म उनीहरूलाई के जवाफ दिऊँ मेयर साहेब? जनताको सिफारिस लत्याएर आफ्ना मान्छे मात्रै पोस्ने काम तत्काल बन्द हुनुपर्छ।“वडा कार्यालयले स्थलगत आवश्यकता पहिचान गरी सिफारिस गरेका वास्तविक पीडित र विपन्नहरूको सूचीलाई नियतवश लत्याएर कार्यवाहक मेयरले आफ्ना नजिकका कार्यकर्ता फकाउन मात्रै ती सामग्री प्रयोग गरेको वडाध्यक्ष यादवको दाबी छ।

यो पोष्ट सार्वजनिक भएपछि कल्याणपुर नगरपालिकामा कार्यवाहक मेयरको कार्यशैली र वितरण प्रणालीको पारदर्शितामाथि स्थानीय स्तरमा गम्भीर प्रश्न उठेको छ। सामाजिक सञ्जालमा स्थानीय नागरिकहरूले पनि वडाध्यक्ष यादवको भनाइलाई समर्थन गर्दै वास्तविक विपन्नले कहिले न्याय पाउने भन्दै आक्रोश पोखिरहेका छन् र बिना कार्यविधि सामान बाँडेर बजेट दुरुपयोग गरिएको भन्दै छानबिनको माग गरिरहेका छन्। यस विषयमा कार्यवाहक मेयर रेखा यादव वा उहाँको सचिवालयबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

Share64Tweet40
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

पुर्वराजाले जन धनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार,खोजी,राहत तथा उपचारकाकार्यलाई तिव्र बनाउन आग्रह

खोजी तथा उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन

खोजी तथा उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.