• Contact
  • Deshdoot Khabar
Thursday, November 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

खतराको घण्टीः सिराहाका विद्यालयमा भूगोल ’निल’, जिल्लाकै भविष्य संकटमा!

देशदूत खबर by देशदूत खबर
७ दिन अगाडि
in Main News, राजनीति, विज्ञान-प्रविधि, शिक्षा, समाचार, समाज
0
खतराको घण्टीः सिराहाका विद्यालयमा भूगोल ’निल’, जिल्लाकै भविष्य संकटमा!
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

सिराहा, १२ कात्तिक ।
सिराहा जिल्लाका पाँच सयभन्दा बढी विद्यालयमा वर्षौंदेखि भूगोल विषय पढ्ने विद्यार्थीको सङ्ख्या शून्य (निल) रहेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ, सिराहा बाट प्राप्त आधिकारिक सूचना र तथ्याङ्कले जिल्लाको माध्यमिक तहमा भूगोल विषय पूर्ण रूपमा विद्यार्थीविहीन बनेको देखाएको हो।


एकाइको तथ्याङ्क अनुसार हाल सिराहा जिल्लाभर १०२ वटा सामुदायिक माध्यमिक विद्यालय, ११४ वटा निजी माध्यमिक विद्यालय र ३२३ वटा सामुदायिक आधारभूत विद्यालय सञ्चालनमा छन्। जिल्लामा क्रियाशील रहेका कुल ५३९ वटा शिक्षण संस्थाहरूमध्ये माध्यमिक तहमा ऐच्छिक विषयका रूपमा भूगोल रोज्ने विद्यार्थी एक जना पनि नहुनुले सिराहाको शैक्षिक र प्राविधिक भविष्यमाथि नै गम्भीर रूपमा खतराको घण्टी बजाइदिएको छ।

RELATED POSTS

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

विद्यालय तहमा भूगोल विषय लोप हुँदै जानुले भविष्यमा सिराहा जिल्लाले नै ठूलो प्राविधिक सङ्कट र नोक्सानी व्यहोर्नुपर्ने सिराहाको कल्याणपुर निवासी ८७ वर्षीय अवकाशप्राप्त शिक्षक तथा भूगोलविद् राजेन्द्र प्रसाद साह चेतावनी दिनुहुन्छ।
यस विषयको फाइदा र यसको अभावमा हुने नोक्सानीबारे प्रकाश पार्दै ८७ वर्षीय भूगोलविद् साह भन्नुहुन्छः
१) आधुनिक प्रविधिको प्रयोग र अवसरः “अहिलेको डिजिटल युगमा भौगोलिक सूचना प्रणाली , रिमोट सेन्सिङ र ड्रोन प्रविधि जस्ता आधुनिक क्षेत्रमा भूगोल पढेका जनशक्तिको उच्च माग छ। यो विषय पढेर नक्साकार , नगर योजनाकार ,मौसमविद् र विपद् व्यवस्थापन विज्ञका रूपमा सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा उत्कृष्ट रोजगारी पाउन सकिन्छ।“
२) अध्ययन नगर्दा जिल्लालाई हुने नोक्सानीः “आफ्नो माटो, भूबनोट र जलवायुको सही ज्ञान नभएका जनशक्तिले योजना बनाउँदा जिल्लाका विकास आयोजनाहरू असफल हुने जोखिम रहन्छ। विद्यालयमा भूगोल पढाइ नहुँदा भविष्यमा नापी, खानी, वन, भूमिसुधार र जल उत्पन्न प्रकोप नियन्त्रण जस्ता प्राविधिक निकायहरूमा जिल्लाकै रैथाने विज्ञको चरम अभाव हुनेछ। खडेरी, बाढी, र भू–क्षय जस्ता प्राकृतिक प्रकोपको सही पूर्वानुमान र दिगो व्यवस्थापन गर्न नसकिँदा भविष्यमा जिल्लाले जनधनको ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ।“

माध्यमिक तहसम्मको शिक्षाको पूर्ण जिम्मेवारी स्थानीय सरकार (पालिका) को काँधमा आइपुग्दा पनि यो शैक्षिक संकटप्रति पालिकाहरू मूकदर्शक बनेको शिक्षाप्रेमीहरूको गुनासो छ। सिराहाको यो अवस्थालाई तत्कालै नबदल्ने हो भने भविष्यमा जिल्लाको विकास नै अवरुद्ध हुने भन्दै विज्ञ साहले पालिकाहरूलाई तत्काल निम्न कदमहरू चाल्न सुझाव दिनुभएको छः
१. अनिवार्य स्थानीय पाठ्यक्रमः पालिकाहरूले आफ्नो रैथाने भूगोल, माटो, पर्यावरण र विपद् जोखिमलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूमा लागू गर्नुपर्छ।
२. विशेष छात्रवृत्ति र प्रोत्साहन प्याकेजः भूगोल विषय रोज्ने विद्यार्थीहरूलाई आकर्षित गर्न पालिकाहरूले विशेष छात्रवृत्ति, निःशुल्क पुस्तक तथा उच्च शिक्षामा प्राविधिक विषय पढ्न वित्तीय सहयोगको नीति ल्याउनुपर्छ।
३. शिक्षक दरबन्दी र प्रविधिमैत्री तालिमः विद्यार्थी नभएको बहानामा भूगोलका दरबन्दी कटौती गर्नुको सट्टा कार्यरत शिक्षकहरूलाई आधुनिक प्रविधि सम्बन्धी तालिम दिएर पठनपाठनलाई समयसापेक्ष र रोचक बनाउन लगानी गर्नुपर्छ।
४. करियर काउन्सिलिङ अभियानः पालिकाका शिक्षा शाखाहरूले विद्यालयहरूसँग समन्वय गरी भूगोल विषयको व्यावहारिक महत्त्व र यसमा रहेका उज्ज्वल रोजगारीका अवसरहरूबारे विद्यार्थी तथा अभिभावकहरूका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
५. पालिकाको योजनामा भूगोलविद्को उपयोगः पालिकाहरूले आफ्नै नीति तथा कार्यक्रम, सहरीकरण योजना र खडेरी–बाढी व्यवस्थापनका कार्यहरूमा भूगोल पढेका स्थानीय जनशक्तिलाई इन्टर्नसिप वा रोजगारी दिएर यो विषयको महत्त्व प्रमाणित गर्नुपर्छ।


सिराहाको यो शैक्षिक संकटप्रति चिन्ता व्यक्त गर्दै ८७ वर्षीय पाका शिक्षक तथा भूगोलविद् साहले स्थानीय सरकार, विद्यालय प्रशासन र शिक्षा शाखाहरूले पाठ्यक्रमको पुनरावलोकन गर्नुपर्ने तथा विद्यार्थीहरूलाई भूगोल विषयको महत्त्व बुझाउन तत्काल विशेष अभियान चलाउनुपर्ने जोडदार माग गर्नुभएको छ।

Tags: सिराहा कल्याणपुर
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

by देशदूत खबर
२ दिन अगाडि
0

१७ कात्तिक, सिराहा ।भूमि प्रशासन कार्यालय सिराहाका प्रमुख सुबोध कुमार ठाकुरले नेपाल सरकारले लागू गरेको निजामती कर्मचारीको आधिकारिक पोसाक नलगाई...

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

by देशदूत खबर
४ दिन अगाडि
0

१५ गते कार्तिक,कल्याणपुर (सिरहा) । सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं. १० मा रहेको चन्द्री देवी आधारभूत विद्यालयका लागि निकासा गरेको...

वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे

वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे

by देशदूत खबर
५ दिन अगाडि
0

१४ कात्तिक, सिराहा ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिराहा जिल्ला कार्यसमितिको आयोजनामा स्थानीय नेता तथा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रम...

वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

by देशदूत खबर
६ दिन अगाडि
0

१३ गते,कार्तिक, सिरहासाविक चन्द्र अयोध्यापुर–२ (हाल नरहा गाउँपालिका वडा नं. ३) स्थित कित्ता नम्बर ३००५ र ३००६ को सार्वजनिक वन...

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
१ हप्ता अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

Next Post
वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे

वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

२ दिन अगाडि
अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

४ दिन अगाडि
  • 594 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    194 shares
    Share 78 Tweet 49
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    179 shares
    Share 72 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

    167 shares
    Share 67 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.