• Contact
  • Deshdoot Khabar
Thursday, November 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे

देशदूत खबर by देशदूत खबर
५ दिन अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
वान म्यान आर्मी’ र ’दास प्रवृत्ति’ विरुद्ध पार्टी बचाउन देशव्यापी अभियानमा छौंः नेताद्वय कमल थापा र विक्रम पाण्डे
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter


१४ कात्तिक, सिराहा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिराहा जिल्ला कार्यसमितिको आयोजनामा स्थानीय नेता तथा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राप्रपा सिराहाका जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सिराहास्थित पार्टी कार्यालयमा सम्पन्न उक्त विशेष कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष एवं प्रमुख अतिथि कमल थापा र वरिष्ठ उपाध्यक्ष एवं विशिष्ट अतिथि पूर्वमन्त्री विक्रम पाण्डेको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै शीर्ष नेताद्वयले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै तीखो आलोचना गर्नुभएको छ।


अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टी इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ र कार्यकर्ताहरूमा उत्साह हराउँदै गएको छ। यही स्थिति कायम रहे आगामी निर्वाचनमा उम्मेदवार पाउनसमेत मुस्किल हुनेछ। त्यसैले पार्टीको अस्तित्व जोगाउन र यो संकटबाट बचाउनका लागि नै हामीले देशव्यापी रूपमा ’पार्टी बचाऔं अभियान’ को सुरुवात गरेका हौं।“
पूर्वअध्यक्ष थापाले नेतृत्वको वैचारिक विचलन र सत्ता स्वार्थमाथि गम्भीर प्रश्न उठाउँदै भन्नुभयो, “महाधिवेशनले पारित गरेका सैद्धान्तिक एजेन्डा र रणनीति विपरीत वर्तमान नेतृत्व हिँडिरहेको छ। कोशी प्रदेश लगायतका अन्य प्रदेश सरकारहरूमा सत्ताको सौदाबाजी गर्दै सहभागी हुने, तर बागमती प्रदेशमा चाहिँ किन हुन नपाउने? यस्तो दोहोरो मापदण्ड र विरोधाभासपूर्ण निर्णयको जवाफ वर्तमान नेतृत्वले कार्यकर्तामाझ दिनु पर्छ कि पर्दैन? यो सरासर गलत र अवसरवादी चरित्र हो।

RELATED POSTS

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!


उहाँले देशको समसामयिक राजनीतिक मुद्दामाथि प्रकाश पार्दै दृढताका साथ भन्नुभयो, “यदि आज पनि यो देशमा इमानदारिताका साथ जनमत संग्रह गराउने हो भने मुलुकमा हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा स्पष्ट बहुमत आउने निश्चित छ। नेपाली जनता आफ्नो पहिचान र राष्ट्रियताका पक्षमा उभिन तयार छन्, तर नेतृत्वले जनभावनालाई सही दिशा दिन सकेको छैन।


थापाले नेतृत्वको अक्षमता औंल्याउँदै थप्नुभयो, “वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म पार्टी कार्यकर्ताहरूका लागि कुनै पनि वैचारिक वा राजनीतिक प्रशिक्षण कार्यक्रम समेत किन सञ्चालन गर्न सक्नुभएन? यसको मुख्य कारण के होला? वास्तवमा नेतृत्वमा वैचारिक स्पष्टता र संगठन हाँक्ने क्षमताको अभाव देखिएको छ। हामीलाई पार्टीप्रति अगाध माया र चिन्ता लागेर नै विगतमा भएका कमीकमजोरी र गल्तीहरूलाई स्वीकार्दै, कुनै व्यक्तिगत स्वार्थ वा पद नराखी बिनासर्त पार्टीभित्र समाहित भएका हौं। तर वर्तमान नेतृत्वले यस भावनालाई बुझ्न सकेन।


कार्यक्रमलाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पार्टीभित्र चरम गुटबन्दी, एकलौटी निर्णय र राजाको भावना विपरीत काम भइरहेको भन्दै कडा आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “चुनावको बेला राजाले जे आग्रह गर्नुभएको थियो, त्यस कुरालाई लत्याएर आफ्नो मनमानी ढंगले मात्र पार्टी चलाउने काम नेतृत्वबाट भयो। पार्टीमा ’वान म्यान आर्मी’ (एकलौटी राज) को सिद्धान्त कदापि ठीक होइन। पार्टी कसैको निजी गुट जस्तो बन्न सक्दैन।


वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पोख्दै भन्नुभयो, “चैत १५ गते जनताको स्वतःस्फूर्त सहभागितामा उठेको ऐतिहासिक आन्दोलनलाई वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनजीले विदेशीहरूको इसारामा तुहाउने र सम्झौता गर्ने काम गर्नुभयो। हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर सरकारमा सहभागी हुनु र आन्दोलनलाई बीचमै विसर्जन गर्नु नेतृत्वको वैचारिक स्खलन हो।“ उहाँले कार्यकर्ताहरूलाई निर्देशनात्मक शैलीमा थप्नुभयो, “हामीले पार्टीलाई ’दास प्रवृत्ति’ भएको संस्था बन्न दिनु हुँदैन। नेतृत्वको गलत कदमको अन्धभक्त बन्ने दास प्रवृत्तिको पार्टी हामीलाई चाहिँदैन। नेताहरूको चाकडीभन्दा विचार, सिद्धान्त र निष्ठाका लागि गरिने संघर्ष प्यारो हुन्छ भन्ने सोचका साथ हामी दृढतापूर्वक अगाडि बढ्नुपर्छ।


आज रवीन्द्र मिश्र जस्ता प्रखर एवं विद्वान व्यक्तित्वहरूलाई आधिकारिक र नेतृत्वदायी भूमिकामा आउन नदिई वा पाखा लगाउने काम भएकोे छ, जुन दुर्भाग्यपूर्ण छ।


शीर्ष नेताद्वयले संगठनभित्र मौलाएका यस्ता गलत प्रवृत्ति, ’वान म्यान आर्मी’ शैली, एकलौटी कार्यशैली, दास प्रवृत्ति, सत्ताको दोहोरो चरित्र र राजाको आग्रह विपरीत गरिएका मनपरी निर्णयहरूलाई सच्याउन नै यो ’पार्टी बचाऔं अभियान’ लिएर देश दौडाहामा निस्कनुपरेको कार्यकर्ताहरूमाझ प्रष्ट पार्नुभयो।
कार्यक्रममा उपस्थित सिराहाका स्थानीय नेता तथा कार्यकर्ताहरूले जिल्लामा संगठन निर्माणका क्रममा भोग्नुपरेका चुनौती, पार्टीको आन्तरिक विवादले तल्लो तहमा पारेको नकारात्मक असर र आगामी चुनावी रणनीतिका विषयमा शीर्ष नेतृत्वलाई जानकारी गराएका थिए।

Tags: कमल थापा
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

by देशदूत खबर
२ दिन अगाडि
0

१७ कात्तिक, सिराहा ।भूमि प्रशासन कार्यालय सिराहाका प्रमुख सुबोध कुमार ठाकुरले नेपाल सरकारले लागू गरेको निजामती कर्मचारीको आधिकारिक पोसाक नलगाई...

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

by देशदूत खबर
४ दिन अगाडि
0

१५ गते कार्तिक,कल्याणपुर (सिरहा) । सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं. १० मा रहेको चन्द्री देवी आधारभूत विद्यालयका लागि निकासा गरेको...

वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

वन जग्गा विवादमा नयाँ मोडः अदालतका सर्भेक्षकले गल्ती स्वीकार गरेलगत्तै अतिक्रमण मेट्न अदालतमा मुद्दा दर्ता

by देशदूत खबर
६ दिन अगाडि
0

१३ गते,कार्तिक, सिरहासाविक चन्द्र अयोध्यापुर–२ (हाल नरहा गाउँपालिका वडा नं. ३) स्थित कित्ता नम्बर ३००५ र ३००६ को सार्वजनिक वन...

खतराको घण्टीः सिराहाका विद्यालयमा भूगोल ’निल’, जिल्लाकै भविष्य संकटमा!

खतराको घण्टीः सिराहाका विद्यालयमा भूगोल ’निल’, जिल्लाकै भविष्य संकटमा!

by देशदूत खबर
७ दिन अगाडि
0

सिराहा, १२ कात्तिक ।सिराहा जिल्लाका पाँच सयभन्दा बढी विद्यालयमा वर्षौंदेखि भूगोल विषय पढ्ने विद्यार्थीको सङ्ख्या शून्य (निल) रहेको डरलाग्दो तथ्य...

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
१ हप्ता अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

Next Post
अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

सिराहा भूमि प्रशासनका प्रमुख ठाकुरको मनपरीः पोसाक भत्ता बुझ्ने, कार्यालय जिन्स र भेस्टमा आउने !

२ दिन अगाडि
अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

४ दिन अगाडि
  • 594 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    194 shares
    Share 78 Tweet 49
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    179 shares
    Share 72 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • अनुदानमा कार्यवाहक मेयर रेखा यादवको रजाईं, प्रश्न गर्दा भागिन्!

    167 shares
    Share 67 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.