• Contact
  • Deshdoot Khabar
Friday, April 17, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

देशदूत खबर by देशदूत खबर
३ महिना अगाडि
in Main News, समाचार
0
बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

जानकी (बाँके) । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको डाक राजमार्ग निर्देशनालय, परियोजना कार्यालय नेपालगञ्जले बाँकेको खजुरा गाउँपालिकास्थित नेपालगञ्ज–गुलरिया सडकखण्डमा पर्ने पिडारी नालामा चार लेनको ३४.४० मिटर लम्बाइको बहुकोष्ठ (मल्टिसेल) बक्स कल्भर्ट निर्माणसुरु गरेको छ ।

उक्त आयोजना डाक राजमार्गको स्तरोन्नति तथा यस क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्ने उद्देश्यले अगाडि बढाइएको महत्वपूर्ण पूर्वाधार परियोजना हो । सडक विभागका अनुसार उक्त निर्माणका लागि एम÷एस नारायणम निर्माण सेवा प्रालि, नेपालगञ्ज, बाँकेसँग ठेक्का सम्झौता गरिएको छ ।

RELATED POSTS

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

आयोजनाको कुल लागत सात करोड ६० लाख ३५ हजार ७३५ रुपैयाँ २१ पैसा रहेको छ । आयोजना २०८२ साल जेठ १९ गते सम्झौता भई २०८३ साल वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

परियोजनाअन्तर्गत बक्स कल्भर्ट निर्माणसँगै नदी संरक्षण तथा पहुँच सडक निर्माणसमेत गरिनेछ । यसबाट वर्षायाममा पिडारी नालामा आउने बाढीका कारण हुने सडक अवरोधलाई स्थायी समाधान गर्ने अपेक्षा गरिएको छ । विगतमा बर्सेनि बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध हुने समस्या रहेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा बाढी र पानीको बहावका कारण यात्रु तथा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । कल्भर्ट निर्माणपछि वर्षायाममा समेत सुरक्षित, सहज र नियमित यातायात सञ्चालन हुने विश्वास गरिएको छ ।

Tags: कल्भर्ट निर्माण
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

by देशदूत खबर
३ महिना अगाडि
0

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको...

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

by देशदूत खबर
३ महिना अगाडि
0

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ । पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम...

‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’

‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’

by देशदूत खबर
३ महिना अगाडि
0

देवदह (रुपन्देही) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताको छ...

रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

by देशदूत खबर
३ महिना अगाडि
0

त्रिवेणी (रुकुमपश्चिम) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम...

Next Post
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

३ महिना अगाडि
बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

३ महिना अगाडि
  • 640 Followers
  • 23.9k Followers

MOST VIEWED

  • राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

    154 shares
    Share 62 Tweet 39
  • बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

    153 shares
    Share 61 Tweet 38
  • ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

    152 shares
    Share 61 Tweet 38
  • कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

    152 shares
    Share 61 Tweet 38
  • रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छः संयोजक दाहाल

    152 shares
    Share 61 Tweet 38
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.