• Contact
  • Deshdoot Khabar
Friday, September 11, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home राजनीति

प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in राजनीति, समाचार, समाज
0
प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियत सफा भए जस्तोसुकै चुनौतिपूर्ण परिस्थितिमा पनि काम गरेर सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्। 

नौघण्टापछि फेसबुकमा दोस्रो स्टाटस पोस्ट गर्दै उनले आफू नेतृत्वको सरकारले गरेका केही काम र आएका परिणामको चर्चा गरेका हुन्। 

RELATED POSTS

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

यसअघि गएराति प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ बताएका थिए। 

  • अबेर राति प्रधानमन्त्रीको भावुक पोस्ट: ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’

शनिबार बिहान उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, सिंहदरबार वैद्यखाना जस्ता संस्थामा सुधार भएको उदाहरण प्रस्तुत गरेका छन्। 

‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन,’ उनले भनेका छन्, ‘तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।’

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। 

‘हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ,’ उनले भनेका छन्। 

उनले पाँच बुँदामा लामो व्याख्यासहित सरकारले गरेका सुधारको कामको चर्चा गरेका छन्। 

हेर्नुहोस् प्रधानमन्त्री शाहको भनाई

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ। 

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
१६ घण्टा अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
३ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
४ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
४ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
१ हप्ता अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

Next Post
चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ  ।

चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ ।

क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने -: अध्यक्ष लिङदेन

क्रियाशील कार्यकर्ताहरूको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मेवारी आफूले लिने -: अध्यक्ष लिङदेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

१६ घण्टा अगाडि
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

३ दिन अगाडि
  • 620 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.