१३ गते भाद्र सिराहा ,सिरहाको कल्याणपुर नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशीमा आएको आकस्मिक बाढी र यसबाट हुन पुगेको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यलाई आत्मसात् गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाकी कार्यवाहक नगर प्रमुख रेखा यादवको हस्ताक्षरसहितको आज जारी गरिएको प्रेस विज्ञप्ति मार्फत उक्त निर्णयको आधिकारिक जानकारी दिइएको हो।
विज्ञप्तिमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी आकस्मिक बाढीले निम्त्याएको ठुलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको तत्कालको उद्धार, आवश्यक राहत र सुरक्षित पुनर्स्थापना कार्यलाई मुख्य प्राथमिकता दिँदै स्थानीय सरकारको तर्फबाट यो सहयोग हात अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
कार्यवाहक नगर प्रमुख यादवले प्राकृतिक विपद्को सामना सामूहिक रूपमा एकजुट भएर गर्नुपर्ने उल्लेख गर्दै सरकारको राहत अभियानमा ऐक्यबद्धता जनाउन यो निर्णय गरिएको बताउनुभएको छ।
साथै, कल्याणपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नगरवासी, स्थानीय संघसंस्था, उद्योगी र नागरिक समाजलाई पनि बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार र राहतका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र सहानुभूति प्रकट गर्न हार्दिक अपिल गरेको छ।
सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?
सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...









