• Contact
  • Deshdoot Khabar
Tuesday, October 27, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

१४ भाद्र सिराहा
तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै न्याय माग्न काठमाडौंसम्म पुगे ती भुइँमान्छेको चित्कार सुनेर तत्कालीन सरकार र अहिलेको सरकारको गृह मन्त्रालयले पीडितहरूसँग ऐतिहासिक ९ बुँदे सम्झौता गर्‍यो। उक्त सम्झौता अनुसार मिटरब्याजलाई ‘आर्थिक अपराध’ घोषणा गर्ने, विशेष कानुन बनाउने, फर्जी तमसुकहरू खारेज गर्ने, र पीडितको हडपिएको सम्पत्ति फिर्ता गराउने प्रतिबद्धता सरकारले जनाएको थियो। तर, यही नयाँ राजनीतिको नारा दिएर सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको भूमिकाले भने अचेल मधेशको राजनीतिमा ठूलो आक्रोश र शंका उब्जाएको छ ।
यो संघर्षको सबैभन्दा बिझाउने पाटो के हो भने, जब मिटरब्याज पीडितहरू सडकमा रोइरहेका थिए र सरकारले उनीहरूसँग ऐतिहासिक ९ बुँदे सम्झौता गरिरहेको थियो, त्यतिबेला सांसद यादव सत्तारुढ दलको शक्तिशाली नेता र सांसद छ। उनी आबद्ध दल रास्वपाकै हातमा देशको गृह मन्त्रालयको कमाण्ड छ। आफ्नै पार्टीको नेतृत्वको सरकारले पीडितहरूलाई न्याय दिने सम्झौतामा हस्ताक्षर भइरहँदा र संसद्मा शोषकहरू विरुद्ध कानुन बनाउने बहस चल्दा सांसद यादव भने रहस्यमय रूपमा चूँइक्क बोलेनन्। उनले न त संसद्मा गरिब किसानको पक्षमा आवाज उठाए, न त सरकार र पीडितबीच भएको ९ बुँदे सम्झौतालाई सिरहामा दृढतापूर्वक लागू गराउन कुनै पहल नै गरे।त्यतिबेलाको उनको मौनता “लाचारी“ मात्र थिएन, बल्कि भित्री रूपमा साहु महाजनहरूसँगको उनको साँठगाँठको संकेत थियो, जुन अहिले आएर छताछुल्ल भएको छ।
शनिबारको घटनाः सीडीओ कार्यालयमा साहुहरूको भीड र ९ बुँदे विपरीत शक्ति प्रदर्शनःआफ्नै पार्टी सरकारमा र सम्झौताको साक्षी हुँदा मौन बसेका सांसद यादव शनिबार विदाका दिन भने एकाएक आफ्ना कार्यकर्ता र ९ बुँदे सम्झौताको विरोध गरिरहेका ‘साहु पीडित संघ’ का नाममा सञ्चालित टाठाबाठा साहु महाजनहरूको ठूलो झुण्ड लिएर जिल्ला प्रशासन कार्यालय सिराहा पुगे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँगको भेटमा उनले ९ बुँदे सम्झौताको मर्म अनुसार न्याय र अन्यायको उपदेश सुनाएनन्, बल्कि प्रशासनलाई एकपक्षीय दबाब दिने काम गरे।सरकारसँग भएको ९ बुँदे सहमति अनुसार जिल्लास्तरमा सहायक सीडीओको संयोजकत्वमा सहजीकरण समिति गठन गरी सबै उजुरी फछ्र्योट गर्ने र मिटरब्याजीमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत समेत छानबिन गर्ने कानुनी प्रावधान छ। तर, सांसद यादवले यो राज्यको नीति र आफ्नै सरकारको सम्झौता विपरीत जिल्ला प्रशासनमा कार्यकर्ता र साहुहरूको भीड उतारेर शक्ति प्रदर्शन गरे। मिटरब्याजी विरुद्ध परेका उजुरी र कपाली तमसुकमाथि भइरहेको कानुनी छानबिनलाई कमजोर पार्न उनले सीडीओमाथि प्रशासनिक दबाब बढाए।

“सबै साहुहरू ठग होइनन्, पैसा लिएर नतिर्ने ऋणीहरूमाथि कारबाही हुनुपर्छ“ भन्दै उनी पीडितहरूको आँसु पुछ्नुको साटो साहुहरूको वकालत गर्न भीडसहित उत्रिए। यसअघि नै उनले “मधेशमा १० प्रतिशत मात्र मिटरब्याज पीडित छन्, बाँकी ९० प्रतिशत त साहु पीडित हुन्“ भनी दिएको बयानले उनको नियत प्रष्ट पारिसकेको थियो, जसको विरोधमा सिराहाको मिर्चैया्‌मा उनको पुतला समेत जलिसकेको छ।
सांसद तपेश्वर यादवको यो हर्कतले नेपालको राजनीतिको एउटा कुरुप यथार्थलाई देखाउँछ। सरकारमा हुँदा, आफ्नै पार्टी गृह मन्त्रालयमा हुँदा र ऐतिहासिक ९ बुँदे सम्झौता हुँदा रहस्यमय रूपमा मौन बस्ने, तर स्थानीय स्तरमा चुनाव जित्न र आफ्नो ’भोट बैंक’ तथा ’नोट बैंक’ जोगाउन तिनै शोषक साहु महाजनहरूको ढाल बन्ने उनको यो कदम चरम राजनीतिक अवसरवाद र दोहोरो चरित्र हो।सरकार र पीडितबीच भएको ९ बुँदे सम्झौतालाई लत्याउँदै पहुँचवाला, धनी र टाठाबाठाहरूलाई रिझाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने दाउपेचमा सांसद यादवले ती गरिब किसानहरूलाई धोका दिएका छन्, जसले परिवर्तनको आशमा रास्वपा जस्तो नयाँ दललाई भोट दिएका थिए। जबसम्म सत्ता र शक्तिमा पुगेका जनप्रतिनिधिहरूले ९ बुँदे सहमतिको इमानदार कार्यान्वयन गर्नुको साटो पहुँचवाला साहुहरूको स्वार्थ रक्षा गर्छन्, तबसम्म मधेशमा मिटरब्याजको यो सामन्ती शोषण चक्र कहिल्यै अन्त्य हुन सक्दैन।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

"मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?" : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.