• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

सिराहामा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा: एकै वर्षमा २५४ जोडी अदालतमा

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, समाचार, समाज
0
सिराहामा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा: एकै वर्षमा २५४ जोडी अदालतमा
157
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

१६ असोज, सिराहा । सिराहा जिल्ला अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद (डिभोर्स) का मुद्दाहरू उल्लेख्य रूपमा दर्ता हुने गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा मात्रै यस अदालतमा २५४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका अनुसार दर्ता भएका कुल मुद्दाहरूमध्ये १६० वटा मुद्दाको फैसला भइसकेको छ । श्रीमान्-श्रीमतीबीचको आपसी विवाद, असमझदारी तथा विभिन्न पारिवारिक कारणले दर्ता हुन आएका ती मुद्दाहरूलाई कानुनी प्रक्रिया पूरा गरी किनारा लगाइएको अदालतले जनाएको छ । यसैगरी, दर्ता भएकामध्ये ९४ वटा मुद्दाहरू अझै चालू अवस्थामा अर्थात् विचाराधीन रहेका छन् ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

चालू आर्थिक वर्षमा पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम उत्तिकै देखिएको छ । अदालतका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएयता अर्थात् २०८३ साल साउन १ गतेदेखि भदौ मसान्तसम्म मात्रै थप ४४ जनाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् । यस तथ्याङ्कले जिल्लामा पारिवारिक विखण्डनको अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको संकेत गर्दछ ।

सम्बन्ध विच्छेदका बढ्दो मुद्दाबारे टिप्पणी गर्दै अधिवक्ता शिवनन्दन कुमार साह भन्नुहुन्छ, “प्रेम विवाह (अन्तरजातीय विवाह), सामाजिक सञ्जालको दुरुपयोग, पति-पत्नीबीच समयको अभाव र एकअर्कालाई पर्याप्त समय दिन नसक्नु यसका मुख्य कारण हुन् ।” उहाँका अनुसार महिला सशक्तिकरणप्रति महिलाहरूको बढ्दो प्रभाव र आर्थिक स्वतन्त्रताका लागि पुरुषको भर नपरी आफैँ आत्मनिर्भर बन्ने चाहनाका कारण पनि आत्मसम्मानमा ठेस लाग्दा सम्बन्ध विच्छेद रोज्ने क्रम बढेको हो ।

यसै सन्दर्भमा शिक्षाविद् तथा अवकाश प्राप्त शिक्षक केशीलाल यादवका अनुसार महिला स्वतन्त्रता, जोडी शिक्षित हुनु, वैदेशिक रोजगार, यौन व्यवहारमा समायोजन हुन नसक्नु र मोबाइल तथा सामाजिक सञ्जालको प्रभावले गर्दा यस्ता घटनाहरू दिनानुदिन बढ्दै गएका हुन् ।

सांस्कृतिक रूपमा पूर्वीय र पश्चिमी सभ्यताको टकरावले पनि यसमा ठूलो असर पारेको विश्लेषकहरू बताउँछन्। हाम्रो परम्परागत पूर्वीय सभ्यताले परिवार, समाज र सम्बन्धमा ‘त्याग, सहअस्तित्व र सम्झौता’ लाई जोड दिन्छ। तर, पछिल्लो समय बजारीकरण र सूचना प्रविधिको विकाससँगै भित्रिएको पश्चिमी सभ्यताको प्रभावका कारण युवा पुस्तामा ‘व्यक्तिगत स्वतन्त्रता, उपभोक्तावादी सोच र अधिकारमुखी दृष्टिकोण’ बढेको छ। पूर्वीय सामाजिक मूल्य-मान्यता र पश्चिमी आधुनिक जीवनशैलीबीच तालमेल मिल्न नसक्दा पारिवारिक सम्बन्धहरू छिट्टै टुट्ने गरेको सरोकारवालाहरूको भनाइ छ।

वैदेशिक रोजगारी, आर्थिक असमझदारी र आन्तरिक कलहका कारण समेत समाजमा सम्बन्ध विच्छेद गर्ने जोडीहरूको संख्या थपिँदै गएको सरोकारवालाहरू बताउँछन् । हाल अदालतमा बाँकी रहेका र नयाँ दर्ता भएका मुद्दाहरू निरूपणको प्रक्रियामा रहेको र आगामी दिनमा तिनको पनि क्रमशः फैसला हुँदै जाने अदालत स्रोतले उल्लेख गरेको छ ।

Tags: सम्बन्ध विच्छेद
Share63Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
कम्युनिस्ट को हुन्, को होइनन् ?

कम्युनिस्ट को हुन्, को होइनन् ?

संविधान तथा व्यवस्थामा नै त्रुटि :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन

संविधान तथा व्यवस्थामा नै त्रुटि :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.