• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

संविधान तथा व्यवस्थामा नै त्रुटि :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार
0
संविधान तथा व्यवस्थामा नै त्रुटि :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

कांग्रेसको अघिल्लो महाधिवेशनको स्मरण गर्दै अध्यक्ष लिङ्देनले भने, ‘१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालको उपस्थिति थियो, आज उहाँहरू देखिनुहुन्न। तर, देशको अवस्थामा र नेताहरूलाई हेर्ने जनताको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन।’

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

उनले चुनावपछि ६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने स्पष्ट पारेको बताए । ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ उनले भने, ‘संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।’

हिजोको निषेधको राजनीति ले मुलुकलाई बर्बादीतर्फ लगेको बताउँदै लिङ्देनले अबको बाटो राष्ट्रिय सहमति भएको जिकिर गरे । ‘हिजो राजाले दललाई र दलले राजालाई निषेध गर्ने काम भयो, यसको परिणाम देशले भोगिरहेको छ,’ उनले भने । हिजो गलत कुरा गर्दा गोलीको सामना गर्नुपर्ने अवस्था थियो भने आज सामाजिक सञ्जालमा आक्रमण हुने गरेको उल्लेख गर्दै उनले सहिष्णुताको खाँचो औँल्याए ।

देशलाई निकास दिनका लागि राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर समझदारी कायम गर्नुपर्ने उनको प्रस्ताव छ। ‘देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले चेतावनी दिँदै भने, ‘अहिले देश लिग बाहिर गएको छ। देशलाई बचाउन र समृद्ध बनाउन अब नयाँ शिराबाट राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ।’

अध्यक्ष लिङ्देनले कांग्रेसको महाधिवेशनले देशको यो गम्भीर परिस्थिति बुझेर अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे ।

Tags: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
जनमत पार्टी महाधिवेशन: सिरहाको सानदार जित

जनमत पार्टी महाधिवेशन: सिरहाको सानदार जित

कल्याणपुर शिक्षामा चरम अराजकता: ‘दराज’ बाट चल्छ शाखा, प्रश्न सोध्दा कार्यवाहक मेयरले किन गरिन् मोबाइल ‘स्विच अफ’?

कल्याणपुर शिक्षामा चरम अराजकता: ‘दराज’ बाट चल्छ शाखा, प्रश्न सोध्दा कार्यवाहक मेयरले किन गरिन् मोबाइल ‘स्विच अफ’?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.