• Contact
  • Deshdoot Khabar
Saturday, September 12, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home कृषि

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

देशदूत खबर by देशदूत खबर
८ महिना अगाडि
in कृषि, विज्ञान-प्रविधि
0
कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो तालिम प्रदान गरेको हो ।

गाउँपालिकाभित्रमा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका किसानहरूलाई दक्ष बनाउने उद्देश्यले प्रविधिसम्बन्धी तालिमको आयोजना गरेको महाभारत गाउँपालिका कृषि प्राविधिक खिमबहादुर डाँगीले बताए। पालिकाका सबै वडाहरूबाट ४५ जना किसानलाई छनोट गरेर तालिम दिएको हो । सो क्रममा कफीको बिरुवा रोप्ने तरिकादेखि बिरुवा रेखदेख, फल टिप्ने विधि, सुकाउने र बजारीकरणलगायतका विषयमा प्रशिक्षण दिएको पालिकाले जनाएको छ ।

RELATED POSTS

भारतले गहुमा लगाएको प्रतिबन्ध हटाइयो

वडा नं ५ का वडाध्यक्ष विजय राना मगरले कफीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाएपछि किसानहरूको आर्थिक उपार्जनसँगै दैनिकीमा समेत परिवर्तन हुँदै गएको बताउनुभयो । वडाध्यक्ष मगरले धान, मकै र कोदोखेतीबाट माथि उठेर अझै कफीलाई व्यावसायिक रूपमा खेती गरेको खण्डमा जीवनस्तर उठ्न सकिने भएकाले अहिले प्रदान गरेको प्रविधिसम्बन्धी तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनालले भौतिक पूर्वाधारको विकाससँगै आधारभूत वर्गको जीवनस्तर उकास्ने ध्येय राखेर कफीखेती प्रविधि तालिम प्रदान गरेको बताए।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषिबाट यहाँका नागरिकको जीवनस्तर उकास्नका लागि माटो परीक्षण गर्ने अभियान चलाउँदा सबैले के हुन्छ भनेर प्रश्न गरेको स्मरण गरे। उनले अहिले आएर कफीखेतीलाई व्यवसायीकरण गर्न थालेपछि त्यसको उत्तर कामबाट दिन सफल भएको बताए।

‘यही कमाउने, यही रमाउने’ अभियानका साथ विगत पाँच वर्षबाट निरन्तर रूपमा काम गर्दै आएपछि अहिले सबैजसो किसान कफीतर्फ आकर्षित हुन थालेको उनले बताए। त्यसको लागि सक्दो मेहनत गर्न आग्रह गर्दै आवश्यक सहयोगको लागि गाउँपालिका तयार रहेको र आगामी दिनमा महाभारतलाई कफीमार्फत पर्यटकलाई आकर्षित गर्दै कफीको हबको रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष जिम्बाले बताए।

तालिममा केन्द्रीय कफी सहकारी सङ्घका अध्यक्ष तुलसीराज धितालले सहजीकरण गरेको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको हो । पालिकाले अहिलेसम्ममा तीन लाख ३१ हजार विरुवा वितरण गरिसकेको छ । चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको महाभारत गाउँपालिकामा एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका छन् ।

Tags: कफी उत्पादक
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

भारतले गहुमा लगाएको प्रतिबन्ध हटाइयो

भारतले गहुमा लगाएको प्रतिबन्ध हटाइयो

by देशदूत खबर
२ हप्ता अगाडि
0

नयाँदिल्ली, भदौ ९ गते । किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार...

Next Post
‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’

‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’

ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

२२ घण्टा अगाडि
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

२ दिन अगाडि
  • 618 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

    162 shares
    Share 65 Tweet 41
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.