• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in Main News, राजनीति, विज्ञान-प्रविधि, समाचार, समाज
0
हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेका छन्।

नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाए। उनले ‘हिमालयको सुनामी’ले निम्त्याएको विनाशलाई विश्व समुदायसामु प्रस्तुत गर्दै जलवायु संकटलाई बेवास्ता गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

प्रधानमन्त्री शाहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने नेपालले जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनुपरेको बताए। जलवायु संकटमा नेपालको भूमिका न्यून भए पनि हिमालमा हिउँ पग्लने, बाढी आउने र त्यसबाट ठूलो जनधनको क्षति हुने अवस्था रहेको उल्लेख गर्दै उनले जलवायु न्याय व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

उनले विश्वको लजिस्टिक व्यवस्थामाथि समेत प्रश्न उठाए। विश्वले ७२ घण्टामा संसारको जुनसुकै कुनामा हतियार पुर्‍याउन सक्ने भए पनि गरिब किसानले समयमै मल र इन्धन पाउन नसक्ने अवस्था रहेको उनको भनाइ थियो।

‘विश्वले युद्धका लागि त्रुटिरहित लजिस्टिक प्रणाली निर्माण गरेको छ, तर खानाका लागि भत्किएको लजिस्टिक प्रणाली निर्माण गरेका छौँ,’ उनले भने।

प्रधानमन्त्री शाहले युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानवता, विकास र खाद्य सुरक्षामा केन्द्रित गर्न विश्व नेताहरूलाई आग्रह गरे।

सम्बोधनका क्रममा उनले हिमालय क्षेत्रको सुरक्षाका लागि नेपाल, भारत र चीनसहितको ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरे। हिमालयलाई कुनै एउटा देशको राजनीतिक सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने भन्दै उनले यसलाई विश्वको जीवन रक्षा प्रणालीका रूपमा बुझ्नुपर्ने बताए।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र लचिलोपनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। जलवायु परिवर्तनबाट प्रभावित मुलुकले भोगिरहेको क्षतिको जिम्मेवारी र क्षतिपूर्तिको विषयलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।

उनले नेपालमा पछिल्लो समय देखिएका जलवायुजन्य विपद्का घटनाले हिमालय क्षेत्रमा देखिएको जोखिमलाई थप स्पष्ट पारेको बताए। जलवायु परिवर्तनका चेतावनीलाई बेवास्ता गरिरहे त्यसको असर नेपालजस्ता मुलुकमा मात्र सीमित नरहने उनको भनाइ थियो।

सम्बोधनको पूर्णपाठ

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द,

म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर यहाँ उपस्थित भएको छु। म आज यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकाङ्क्‌षाका बारेमा मात्र बोल्न पाएको भए हुन्थ्यो भन्ने चाहन्थेँ। तर, यसको साटो मैले विशाल विनाश र मृत्युका बारेमा बोल्नुपरेको छ, घर नफर्किने प्रियजनको पर्खाइमा बसेका परिवारका बारेमा बोल्नुपरेको छ, हिलो, ढुङ्गा र पानीमा आफन्तको शव खोजिरहेका समुदायका बारेमा बोल्नुपरेको छ, जसको शव सायद कहिल्यै फेला पर्ने छैन।

पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका साधनहरू केही मिनेटमै बगेर गएको बारे बोल्नुपरेको छ। दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने यात्रामा रहेको मेरो देशको प्रगति अवरुद्ध भएको छ।
चार हप्ताअघि, विश्वले नेपालको पहाडी समुदायलाई बगाएर लगेको विनाशकारी बाढीको स्तब्ध बनाउने दृश्यहरू देख्यो, जसलाई धेरैले ’हिमालयको सुनामी’ भनेका छन्। त्रिशूलीको यो विपत्ति केवल एउटा स्थानीय त्रासदी थिएन। यो विश्वका लागि एउटा चेतावनी थियो र आज म तपाईंहरूलाई सोध्न चाहन्छु, के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ? झन्डै तीन वर्षअघि, हाम्रो सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्र संघका महासचिवले मानवतालाई जलवायु परिवर्तनको पागलपन र आसन्न विपत्तिका बारेमा चेतावनी दिनुभएको थियो। विश्वको त्यो सर्वोच्च शिखरबाट आएको त्यो आवाजलाई पर्याप्त रूपमा सुनिएन। हामीले नेपालमा सुन्यौँ, हाम्रा समुदायले सुने, विश्वभरका वैज्ञानिकहरूले सुने। उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्‍याए। तर हामी राजनीतिक नेताहरूले, ती चेतावनीहरूलाई संवेदनशील मानिसहरूले चाहेको गति र मात्रामा कार्यरूपमा उतार्न लापरबाही गर्‍यौँ।

गत महिना हामीले त्यसको दुःखद परिणाम देख्यौँ। न्यानो हुँदै गएको जलवायुले हिमालयको कमजोर पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ, हिमनदीमुनिका पहाडी ढलानहरू फुटाल्दै स्थायी बरफ (पर्माफ्रोस्ट) पग्लिरहेको छ, जसले गर्दा हिउँ र ढुङ्गाको हिमपहिरो, बाढी, पहिरो र अन्य आकस्मिक प्रकोपहरूको जोखिम बढिरहेको छ। नेपाल–चीन सीमाका दुवैतर्फ यसको विनाशकारी असर देखियो। बाढी तल्लो तटीय क्षेत्र हुँदै भारतसम्म पुग्यो। यसले हामीलाई एउटा आधारभूत कुरा सिकाउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढीहरू राहदानी र भिसा बोकेर हिँड्दैनन्।
महामहिमहरू, म यहाँ गुनासो गर्न आएको होइन, केही सुझावहरू बाँड्न आएको हुँ। पहिलो, विपत्तिको समयमा मद्दतका लागि अगाडि आउनुहुने सबैप्रति म नेपालको तर्फबाट गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। हाम्रा छिमेकी मुलुकहरू भारत र चीनले तत्काल र उदार सहयोग प्रदान गरे। अन्य मित्र राष्ट्रहरू, संयुक्त राष्ट्र संघ प्रणाली, मानवीय संस्थाहरू, परोपकारी संस्थाहरू र विश्वभरका जनता नेपालको साथमा उभिए। ती सबैलाई म नेपाली जनताको तर्फबाट धन्यवाद भन्न चाहन्छु।

नेपाल अहिले पुनः प्राप्ति र पुनर्निर्माणको ठूलो जिम्मेवारीमा छ। कम्तीमा १४०० जनाको मृत्यु र ५,००० भन्दा बढी मानिस हराइरहेको अवस्थामा, प्राथमिक मूल्यांकनअनुसार भौतिक पुनः प्राप्तिका लागि कूल गार्हस्थ्य उत्पादन (न्म्ए) को करिब १० प्रतिशत आवश्यक पर्ने देखिएको छ। सन् २०१५ को गोरखा भूकम्पपछि झैँ, हामी तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दछौँ। तर यो विपत्ति किन नेपालभन्दा बाहिरको पनि सरोकारको विषय हो, त्यो हामीले बुझ्नुपर्छ। नेपालले विश्वको कूल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्छ। यो संकट हामीले निम्त्याएका होइनौँ, तैपनि हामीले यसको ठूलो मूल्य चुकाइरहेका छौँ। हाम्रा हिमनदीहरू पछि हटिरहेका छन्, पहाडी ढलानहरू अस्थिर बनिरहेका छन्, नदीहरू अनपेक्षित भइरहेका छन् र हरेक ठूलो विपत्तिले हाम्रा वर्षौँको विकासका प्रयासलाई मेट्ने धम्की दिन्छ।

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना मात्र होइन, यो विकासको संकट हो। यसले सडक, पुल, विद्यालय, घर, खेत र जीविकोपार्जनका साधनहरू ध्वस्त पार्छ। यसले हामीलाई भविष्यका लागि आवश्यक पर्ने स्वच्छ ऊर्जाका पूर्वाधारहरू नष्ट गर्छ। र, यसले गरिब देशलाई आफूले नगरेको क्षतिको मरम्मत गर्न ऋण लिन बाध्य बनाउँछ। तर हामी यहाँ कुनै देश वा महादेशलाई दोष दिन आएका होइनौँ। हामी यहाँ कुनै पनि देशलाई जलवायु परिवर्तनलाई अर्को भू–राजनीतिक युद्धको मैदान बनाउन आग्रह गर्न आएका होइनौँ। हामी यहाँ सबैलाई साझा जिम्मेवारी र ऐक्यबद्धताप्रति पुनः प्रतिबद्ध हुन आग्रह गर्न आएका छौँ।

संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धि (ग्ल्ँऋऋऋ) मार्फत, अन्तर्राष्ट्रिय समुदायले ’साझा तर विभेदित जिम्मेवारी’ को सिद्धान्तमा सहमति जनाइसकेको छ। जसले ऐतिहासिक रूपमा समस्यामा बढी योगदान पुर्‍याएका छन् र जसको जवाफ दिने क्षमता बढी छ, उनीहरूले नै बढी काम गर्नुपर्छ। जलवायु न्याय संयुक्त राष्ट्र संघको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्न सक्दैन। हाम्रो देशका जनतालाई आफ्नो विगतलाई सधैँ पुनर्निर्माण गरिरहनुको साटो, भविष्य निर्माण गर्न दिनुपर्छ।

महामहिमहरू, हिन्दू–कुश हिमालय करिब दुई अर्ब मानिसको घर हो। यी हिमालहरूले नेपालभन्दा टाढाका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्दछन्। हिमालय ग्रहको छेउको कुरा होइन, यो पृथ्वीको जीवन रक्षा प्रणालीको अभिन्न अङ्ग हो। त्यसैले, तत्कालको पहिलो कदमका रूपमा हामी प्रस्ताव गर्दछौँ कि नेपाल, भारत र चीनको नेतृत्वमा ’हिमालय जलवायु लचिलोपन संयन्त्र’ (ज्ष्mबबिथब ऋष्mिबतभ च्भकष्ष्भिलअभ :भअजबलष्कm) स्थापना गरौँ। यस संयन्त्रमार्फत, हामी भू–उपग्रहको तथ्याङ्क र विज्ञता साझा गरौँ। खतरनाक हिमनदी तालहरूको अनुगमन गरौँ, संयुक्त पूर्व चेतावनी प्रणालीलाई सुदृढ गरौँ र जब विपत्ति आउँछ, सीमापार सहायतालाई समन्वय गरौँ। हिमालयलाई छरिएका सूचनाहरूको सिमाना होइन, अन्तर्राष्ट्रिय सहयोगको प्रयोगशाला बन्न दिऔँ।

अल्पविकसित राष्ट्रका लागि उल्लेखनीय रूपमा, नेपालले आफ्नो पारिस्थितिक हिस्साभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको छ। हामीले आफ्नो भू–भागको झन्डै आधा क्षेत्रमा वन क्षेत्र पुनर्स्थापना गरेका छौँ। हामी स्वच्छ ऊर्जाका आवश्यकताहरू पूरा गर्न र विदेशमा फोहोर ऊर्जाका स्रोतहरूलाई विस्थापित गर्न जलविद्युतको जडान तीव्र गतिमा गरिरहेका छौँ। हामी युरोपका केही भागहरूसँग मेल खाने दरमा विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौँ। हामी स्थानीय स्तरमा जलवायु अनुकूलनलाई सुदृढ गरिरहेका छौँ र बढ्दो तीव्रता र आवृत्तिमा आउने जलवायु विपत्तिहरूसँग जुझ्न हामी थप प्रयास गर्नेछौँ। तर विश्वव्यापी शासनको असफलताले निम्त्याएको यो संकटविरुद्ध नेपालले मात्र लचिलोपन निर्माण गर्न सक्दैन।

त्यसैले यो सभाले ६ वटा शब्दहरूमा ध्यान दिनुपर्छः राहत, पुनःस्थापना, पुनर्निर्माण र साथै जिम्मेवारी, क्षतिपूर्ति, लचिलोपन। पहिलो तीनवटा विपत्तिपछि चाहिने कुरा हुन्। पछिल्ला तीनवटा कुराहरू विपत्तिलाई स्थायी अवस्था बन्न नदिन आवश्यक छन्। जब जलवायुजन्य विपत्तिले गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको जवाफ केवल अर्को ठूलो ऋण वा साना अनुदानहरूको जोडजाम मात्र हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक छ। नोक्सान र क्षति कोष (ीयकक बलम म्बmबनभ ँगलम), विश्वव्यापी वातावरण सुविधा र अन्य वित्तीय संयन्त्रहरू पर्याप्त छैनन्। जलवायु वित्त यस्तो कर्मचारीतन्त्रको भूलभुलैया बन्नु हुँदैन, जसमा कमजोर देशहरूले सहयोग चाहिने वर्षहरू खर्चनुपरोस्। घरमा आगो लाग्दा, हामी परिवारलाई ५० वटा फारम भर्न लगाउँदैनौँ, हामी कदम चाल्छौँ। जलवायु न्यायको अर्थ यही हुनुपर्दछ।

महामहिमहरू, यसले मलाई एउटा ठूलो प्रश्नतर्फ लैजान्छ। तपाईं कस्तो अन्तर्राष्ट्रिय व्यवस्था चाहनुहुन्छ? संयुक्त राष्ट्र संघको जन्म भयानक विश्वयुद्धको मानवीय अनुभवबाट भएको हो। यसको वाचा थियो कि सार्वभौमसत्ताको अर्थ हुन्छ, अन्तर्राष्ट्रिय कानूनको अर्थ हुन्छ, हरेक मानवको मर्यादाको अर्थ हुन्छ र कमजोरहरूले शक्तिशालीले जे भन्यो त्यही स्वीकार गर्नुपर्ने अवस्था आउँदैन। आज त्यो अन्तर्राष्ट्रिय प्रणाली दबाबमा छ। धेरै पटक सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिने र कसको युद्धको अर्थ हुने भन्ने कुरा निर्धारण गर्छ। नेपालको विश्वास छ कि हामीलाई अझ निष्पक्ष विश्वव्यापी आर्थिक व्यवस्था आवश्यक छ।

सन् १९९४ मा, ग्ल्म्ए को मानव विकास प्रतिवेदनले ’मानवीय असुरक्षा’ को धारणालाई अवधारणागत रूप दियो। यसले सुरक्षालाई भूभागको सट्टा मानिससँग र हतियारको सट्टा विकाससँग जोड्यो। यसले डर र अभावबाट स्वतन्त्रता सुनिश्चित गर्न शान्तिको लाभांश (एभबअभ म्ष्खष्मभलम) को आह्वान गर्‍यो। यस मार्चमा हाम्रो इतिहासको सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचनबाट निर्वाचित नेपालको नयाँ बहुमतको सरकारले धेरै अन्तर्राष्ट्रिय प्रतिकूलताहरू झेल्नुपरेको छ। जब नेपालकी एक गरिब किसान महिलाले मनसुनमा बीउ रोप्न खोजिन्, मल समयमै पुगेन। जब हामी नयाँ राजमार्गका लागि भुक्तानी गर्न चाहन्थ्यौँ, त्यहाँ पैसा थिएन।

कारणभन्दा बाहिरको कुराका लागि गरिब जनतालाई दण्डित गरिन्छ। अन्तरमहादेशीय मिसाइलहरू समयमै आइपुग्छन्, राइफल र गोलाबारुद सीमापार गर्छन्, सबै अवरोधहरू पन्छाउँछन्, हरेक समयसीमा पूरा गर्छन्। तर नेपालको एक किसानले आवश्यक पर्दा बजार मूल्यमा मल वा इन्धन पाउन सक्दैन। हामीले युद्धका लागि त्रुटिरहित र खानाका लागि भत्किएको लजिस्टिक भएको संसार बनाएका छौँ। र यो नेपालको मात्र दुर्भाग्य होइन। बंगलादेशलाई सोध्नुहोस्, भुटानलाई सोध्नुहोस्, भारतलाई सोध्नुहोस्, माल्दिभ्सलाई सोध्नुहोस्, पाकिस्तानलाई सोध्नुहोस्, श्रीलंकालाई सोध्नुहोस्, हाम्रो क्षेत्रको कुनै पनि देशलाई सोध्नुहोस् र तपाईंले उस्तै कथा सुन्नुहुनेछ। हामीले सुरु नगरेको जलवायु परिवर्तनबाट र हामीले सुरु नगरेको युद्धबाट हामी प्रताडित छौँ। यसले हामीलाई सिकाउँछ कि विश्वव्यापी सहयोगमा देखिनेभन्दा धेरै कुरा बिग्रिएका छन्।

महामहिमहरू, मलाई भनिएको छ कि यो वर्ष यो सभालाई सम्बोधन गर्ने म सबैभन्दा कान्छो सरकार प्रमुख हुँ। म त्यसलाई एउटा कथा बनाउन आएको होइन। म यो सुनिश्चित गर्न आएको हुँ कि यस मञ्चबाट जे सुकै बोलिए पनि, एउटा कुरा स्पष्ट रूपमा भनियोस्ः मूल्य चुकाउन तयार रहेको देशले किन्न पाउनुपर्छ र ७२ घण्टामा संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने संसारसँग एक किसानलाई जीविकोपार्जनका साधन नदिने कुनै बहाना छैन। त्यसैले हामी बहुपक्षीयतामा विश्वास गर्छौँ। त्यसैले हामीलाई यस्तो संयुक्त राष्ट्र संघ आवश्यक छ जहाँ सानो गरिब देशको उपस्थिति महसुस होस् र हामी परिणामतर्फ सँगै हिँड्न सकौँ। त्यसैले जलवायु न्याय केवल पैसाको कुरा मात्र होइन। यो वितरणात्मक न्यायको कुरा होः लागत कसले व्यहोर्छ? यो प्रक्रियागत न्यायको कुरा होः आवाज कसको छ? यो कुराको हो कि पहाडी समुदाय, साना टापु राष्ट्रहरू, भूपरिवेष्ठित र अल्पविकसित देशहरू र आउने पुस्ताहरूले समान रूपमा गन्ती पाउँछन् कि पाउँदैनन्। भोलि संयुक्त राष्ट्र संघमै हुने ’सगरमाथादेखि समुद्र तटसम्म’ (क्बनबचmबतजब तय क्भबकष्मभ) कार्यक्रमबाट नेपाल यो संवादको नेतृत्व गर्न तयार छ।

श्रीमान् अध्यक्षज्यू र महामहिमहरू, हामी यो महासभामा गहिरो विश्वव्यापी अनिश्चितताको क्षणमा छौँ र नयाँ पुस्ताको आकाङ्क्‌षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेशका साथ उभिएका छौँ। हाम्रा युवाहरूले इमानदारिता र जवाफदेहिताको राजनीति मागेका छन्। यो पुस्तागत परिवर्तन केवल राष्ट्रिय कथा होइन। यो द्वन्द्व, असमानता र अवसरको कमीविरुद्धको विश्वव्यापी जागरणको हिस्सा हो। मेरो सरकारको प्रतिबद्धता स्पष्ट छः यस्तो राज्य निर्माण गर्ने जसले मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रत्येक नेपालीलाई स्वदेशमै फस्टाउने निष्पक्ष अवसर प्रदान गरोस्।

नेपालको बाढीले जलवायु चरम सीमाबाट बन्ने भविष्यको संकेत गरेको छ। हाम्रा आधारभूत व्यवस्थाहरू अब सान्दर्भिक छैनन् र हामीले तदर्थ प्रतिक्रियाहरूबाट तयारीको संस्कृतिमा जानुपर्छ। लचिलोपनलाई वित्तपोषण गरौँ र बीमा तथा नवीनतामा लगानी गरौँ। बलिया पूर्वाधार र संस्थाहरू निर्माण गरौँ। जीवाश्म इन्धनमाथिको निर्भरता कम गरौँ। चेतावनी दिने, सतर्क गराउने र जीवन बचाउने प्रणाली निर्माण गरौँ। सबैभन्दा कमजोरहरूलाई सबैभन्दा कम शक्ति दिने व्यवस्थामा सुधार गरौँ। र जब विश्वको सर्वोच्च शिखरबाट अर्को चेतावनी आउँछ, आउनुहोस्, हामी यसलाई सुन्न तयार होऔँ र कार्य गर्न तयार होऔँ।
भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धेरै धेरै धन्यवाद। नमस्ते।
सभार : रातो पाटी

Tags: हिमालयको
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

अस्तित्वको लडाईं कि पहिचानको खोजी? नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने अकाट्य कारणहरू

अस्तित्वको लडाईं कि पहिचानको खोजी? नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने अकाट्य कारणहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.