• Contact
  • Deshdoot Khabar
Saturday, September 12, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home अर्थ

‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’

देशदूत खबर by देशदूत खबर
८ महिना अगाडि
in अर्थ, राजनीति, समाचार
0
‘हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्’
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

देवदह (रुपन्देही) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताको छ । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे।

आज भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी÷व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पारे। उनले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताए।

RELATED POSTS

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

“कुनै उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ”, अध्यक्ष ढकालले भने।

उनले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिए। वर्तमान सरकारको मन्त्रिपरिषद्ले यथाशीघ्र यसबारे निर्णय गर्ने उनले विश्वास व्यक्त गरे।

राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उनले दाबी गरे। “मेरो हकमा भन्नुहुन्छ भने मेरो कम्पनीअन्तर्गत काम गर्ने २० हजार छन् । एक जनाले पाँच जनाको परिवार पालेका छन् । एक लाख मानिस आश्रित छन् । मेरो टाउकोमा अरबौँको ऋण छ । मैले छोडे भने एक लाख रोजगारीको अवस्था के होला ? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन”, उनले भने।

अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो । वार्षिक रूपमा सरकारी निकायले तीन हजार ५०० देखि चार हजारलाई रोजगारी दिएको जनाउँदै उनदे निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताए। भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गरिरहने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए। “छोटो समयमा महासङ्घको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला”, उनले भने।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताउनुभयो । उहाँले खुल्ला सीमाको चुनौतीसँगै अवसर पनि रहेको धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या आएको बताए। उनले मुलुकमा धेरै सम्भावना रहेकाले कम काम गरे पनि धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजेका बताए। उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्नेमा जोड दिए। उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्माण भइसकेको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र निराश बनेका बताए।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा सङ्घले विगतदेखि राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आइरहेको बताए।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको सङ्घका सचिव मङ्गल भण्डारीले बताए।

Tags: निजी क्षेत्र
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

by देशदूत खबर
२२ घण्टा अगाडि
0

२६भाद्र सिराहा। सडक विस्तारका नाममा ८९ वर्ष पुरानो मन्दिर भत्काइँदा पनि स्थानीय र सरोकारवाला मौन!माडर (चन्द्रगञ्ज), सिरहा ।मधेस प्रदेश अन्तर्गत...

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
२ दिन अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
४ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
५ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
५ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

Next Post
ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

२२ घण्टा अगाडि
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

२ दिन अगाडि
  • 618 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

    162 shares
    Share 65 Tweet 41
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.