• Contact
  • Deshdoot Khabar
Friday, September 11, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home राजनीति

राष्ट्रिय मानव अधिकार आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in राजनीति, समाचार, समाज
0
राष्ट्रिय मानव अधिकार आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय मानव अधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गरी ग्यास आपूर्तिलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । 

RELATED POSTS

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको उल्लेख छ ।

विगत केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुँदा उपभोक्तामा पर्न गएको असरप्रति आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ताहरूसँग सोधपुछ गरी जानकारी लिएको जनाएको छ ।

साथै, आयोगले ग्यास बिक्री–वितरण गर्ने डिपोहरूसमेतको अनुगमन तथा अवलोकन गरिरहेको छ । आयोगले अनुगमन तथा अवलोकनको क्रममा उपभोक्ताले ग्यास सहजै पाउन नसकेको, ट्रयाकिङ प्रणाली नहुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने गरेको, बिक्रेताहरूले नियमित ग्राहकलाई प्राथमिकतामा राख्दा विद्यार्थी, दैनिक ज्याला मजदुरी गर्नेहरू र एक मात्र सिलिन्डर भएका निम्न वर्ग थप समस्यामा परेको, केही विक्रेताहरूले कृत्रिम अभाव सिर्जना गरेकोलगायतका तथ्यहरू प्राप्त भएको जनाएको छ ।

ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा बजारमा कृत्रिम अभाव, कालोबजारी तथा अनुचित मूल्यवृद्धि नियन्त्रणका लागि नियमित बजार अनुगमन गरिरहेको उपभोक्ता संरक्षण विभागबाट जानकारी प्राप्त भए पनि बजारमा ग्यास अभाव रहेको पाइएको छ ।

Tags: मानव
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
१६ घण्टा अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
३ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
४ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
४ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
१ हप्ता अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

Next Post
प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ

प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ

चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ  ।

चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

१६ घण्टा अगाडि
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

३ दिन अगाडि
  • 620 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.