सिराहा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिराहा जिल्ला कार्य समितिले जिल्ला अधिबेशनको तिब्र तयारीमा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिरहाका अध्यक्ष शम्भु प्रसाद यादबका अनुसार भाद्र मसान्त भित्र जिल्ला अधिबेशन गर्नु पर्ने भएकाले जिल्लाका गाउं देखि शहर सम्म राप्रपाका संगठन विस्तारमा लाग्नु परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संगठन विस्तार तथा सक्रिय सदस्य निर्माण अभियानमा आज मिर्चैयामा मिर्चैयाको एक प्रतिष्ठत व्यापारी जिवन महासेठ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन ।
Tags: अधिबेशन









