• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

ग्यासको अभाव कायमै

देशदूत खबर by देशदूत खबर
३ महिना अगाडि
in Main News, अर्थ, समाचार, समाज
0
ग्यास लुकाउने एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्ला समय केही दिनयता सिराहासहित ्रदेशका विभिन्न जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । ग्यासको अपारदर्शी आयात र बढ् दो उपभोक्ताका कारण बजारमा आपूर्ति सहज हुनसकिरहेको छैन ।

गत असार ३१ गतेदेखि सरकारले १४ दशमलव २ किलोग्राम क्षमताको पूर्ण सिलिन्डर ग्यास बिक्री वितरण शुरु गरेपछि सुरुवाती चरणमा बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको थियो । यसअघि करिब चार महिनासम्म ७ दशमलव १ किलोग्राम अर्थात् आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको थियो ।

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

पूर्ण सिलिन्डरमा फर्किएसंगै उपभोक्ताको माग एक्कासी बढ् दा बजारमा ग्यास पाउन कठिन भएको थियो । नेपाल आयल निगमले पछिल्लो समय भारतबाट एलपी ग्यासको आयात निरन्तर बढिरहेको जनाएको छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले अहिले दैनिक एक सयभन्दा बढी बुलेट भारतका रिफाइनरीबाट लोड भएर नेपाल भित्रिरहेको बताए । उनले बढीमा एक साताभित्र ग्यासको बिक्री वितरण पूर्णरूपमा सहज हुने अपेक्षा गरिएको बताउँदै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन् ।
यस अघि तीनदिनमा आइपुग्ने ग्यास पछिल्लो समय ढुवानी प्रक्रियामा ढिलाइ हुँदा उपभोक्ताले लामो समय कुर्नुपरेको व्यवसायीहरूको गुनासो छ । व्यवसायीहरुले भने केही दिनदेखि ग्यास कम्पनीमै ग्यास आपूर्ति समयमा हुन नसक्दा बजारमा गयसको अभाव सृजना भएको दाबी गरेका छन् । नियमित आपूर्ति कायम राख्न ढुवानी व्यवस्थापन महत्वपूर्ण देखिन्छ ।

ग्यास आपूर्तिमा ढिलाइ हुनुमा आपूर्ति र बढ्दो ढुवानी लागतलाई व्यवसायीहरूले मुख्य कारणका रूपमा औँल्याए । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि ७ दशमलव १ किलोग्राम ग्यास भरिएको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था गरेको थियो । त्यसले तत्कालीन आपूर्ति संकट केही हदसम्म समाधान गरे पनि ग्यासको आयातमा भने उल्लेख्य कमी आएको थियो ।

नेपालमा सामान्य अवस्थामा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएको छ । फागुन २९ गतेदेखि असार ३१ गतेसम्मको चार महिनाको अवधिमा अघिल्लो सामान्य खपतको तुलनामा करिब ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमको तथ्यांक छ । आधा सिलिन्डर बिक्रीका कारण उपभोक्ताको तत्कालीन माग घटेको भए पनि धेरै उपभोक्ताले पूर्ण सिलिन्डर पाउने आशामा खाली सिलिन्डर ‘होल्ड’ गरेर राख्दा अहिले पूर्ण सिलिन्डर वितरण सुरु भएपछि बजारमा माग एक्कासि बढेको उद्योगीहरू बताउँछन् । सिरहामा पनि पूर्ण सिलिन्डर बिक्री सुरु गर्ने निर्णयबारे व्यवसायीहरूले यसअघि नै घोषणा गरेका थिए ।

पछिल्लो समय ग्यासको आयात बढिरहेको तथ्यांकले देशभरको आपूर्ति अवस्था सुधार हुने संकेत देखिन्छ । गत आर्थिक वर्षको साउन महिनामा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनाको पछिल्लो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ ।

यही गतिमा आयात भइरहे चालु साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टनसम्म ग्यास आयात हुनसक्ने अनुमान गरिएको छ । नेपालमा दशैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै जाँदा खाना पकाउने ग्यासको माग थप बढ्ने भएकाले सरकारले त्यसअघि नै आपूर्ति व्यवस्थापनमा जोड दिएको छ । सरकारले तीन महिनाका लागि ग्यास आयातको कोटा बढाउन भारतसंग कूटनीतिक पहल गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताइन् ।

उद्योगमन्त्री यादवले बजारमा पर्याप्त ग्यास रहेको दाबी गर्दै उपभोक्तालाई हल्लाको पछि लागेर अनावश्यक सञ्चिती नगर्न आग्रहसमेत गरिन् । ग्यासको माग उच्च रहने भएकाले आपूर्ति सहज बनाउन उद्योगी, डिलर र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण देखिएको छ । विशेषगरी देशका प्रमुख शहर बिराटनगर,नेपालगंज,सिरहा, जनकपुरधाम, वीरगञ्ज, राजविराज, लहान, कलैया, मलङ्गवा लगायतका प्रमुख बजारमा नियमित आपूर्ति कायम राख्न वितरण प्रणालीलाई चुस्त बनाउनुपर्ने आवश्यकता छ । निगममा गठन गरिएको ‘क्विक रेस्पोन्स टिम’ले ग्यास नपाएको भन्दै आएका पाँच सयभन्दा बढी उपभोक्ताका गुनासो सम्बोधन गरिसकेको जनाएको छ ।

उपभोक्ताको गुनासाका आधारमा सम्बन्धित डिलर तथा उद्योगसंग समन्वय गरी ग्यास उपलब्ध गराउन सहजीकरण गर्ने काम टोलीले गरिरहेको छ । बजारहरुको अनुगमनका क्रममा कृत्रिम अभाव तथा कालोबजारी फेला नपरेको निगमले जनाए पनि देशका बिभिन्न जिल्लाहरुमा भने आपूर्ति, ढुवानी र वितरणको अवस्थाबारे नियमित अनुगमन आवश्यक रहेको उपभोक्ताहरु बताउँछन् ।

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
४ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
नरहा गाउँ पालिकाको लापरवाहीले उपभोक्ता समितिलाई सास्ती

नरहा गाउँ पालिकाको लापरवाहीले उपभोक्ता समितिलाई सास्ती

सिरियाको  पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला

सिरियाको पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

४ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.