सिराहा ।नरहा गाउँ पालिकाको लापरवाहीले उपभोक्ता समितिहरु सास्ती खेपिरहेका छन । नरहा गाउँपालिका कार्यलयले रकम भुक्तानी दिने सम्बन्धमा आदेश गरे पनि गापा अध्यक्षले रकम भुक्तानि दिन मानेका छैन ।
अनुगम समितिका संयोजक तथा नरहा गाउँपालिका उपाध्यक्ष गुलाव देवी चौधरीले अनुगमन प्रतिवेदन पेश गरेको एक वर्ष आठ महिना हुदाँ पनि निरिक्षण प्रतिवेदन अनुसारको रकम भुक्तानी गर्न नसकेको स्थानियवासीहरुको भनाई रहेको छ ।
मिति २०८२ /०२/०५ गते गापा अध्यक्ष राम प्रमोद यादवको अध्यक्षतामा वसेको कार्यपालिकाको वैठकले गाउँ सभा बाट स्वीकृत धार्मिक तथा साँस्कृत मेला महोत्सव कार्यक्रममा विनियोजित वजेटको रकम प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखालाई भुक्तानि गर्न निर्देशन दिएको भए ता पनि बजेट भुक्तानि नरि मनमानी गरेका छन।
मिति २०८१/०८/०४ गतेको नरहा गाउँपालिका द्धारा सार्वजनिक भएको सुचना वमोजिम विवाह पञ्चमि मेला कार्यको लागि आ. व. ०८१/०८२को विनियोजित वजेट वाडा नं.५को दुई लाख र नरहा गापाको पाँच लाख गरि जम्मा सात लाख कार्यनयनका लागि मिति २०८१/०८/११गते ललभितिया रामजानकी मन्दिरको प्राङ्गनमा उक्त रामजानकि मन्दिरको पुजारी श्री पशुपति यादव ज्यूको अध्यक्षतामा एक एक जना अध्यक्ष,सचिव,कोषाध्यक्ष हुने गरि सात सदस्य समिति गठन गरि २०८१ साल मंसिर १८ गते देखि मंसिर २६ गते सम्म भव्यतासाथ लागेका विवाह पञ्चमी मेला उपभोक्ता समितिका अध्यक्ष सुर्यनारायण यादवजीको अध्यक्षतामा सम्पन्न भएको उपभोक्ता समितिको निर्णय र गापा उपाध्यक्षको संयोजकत्वमा गठित अनुगमन समितिका प्रतिवेदनले प्रस्ट पारेको छ
मिति २०८१/०८/१७ गते भएको विवाहपञ्मी मेला कार्यका आयोजना सम्मmौता अनुसार कार्यादेश दिएको र सो कार्यदेश अनुसार कार्य सम्पन्न भए पनि हाल सम्म बजेट निकासा भएको छैन ।
मिति२०८३/०१/०७ को प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरित पत्र अनुसार उपभोक्ता समितिका अध्यक्ष सुर्यनारायण यादव,कोषाध्यक्ष सावित्रि देवी यादवनी, सचिव त्रिपुल चमारको संयुक्तनाउँमा एन आईसी एसिया बैंक लि.शाखा नरहामा खाता संचालन भए पनि विनियोजीत वजेटको रकम खातामा आईपुगेको छैन ।
विवाह पञ्चमी मेलामा गापा अध्यक्षलगायतको पदाधिकारीहरुको आतिथ्यमा र उक्त गापा भरीका संपुर्ण राजनितिक दलका सहमति ,सहयोगमा विवाह पञ्चमी मेला भव्यताका साथ संपन्न भएको छ । उपभोक्ता समिसतहरु ऋण बोकेर भए पनि विवाह पञ्चमी मेलामा कलस यात्रा देखि सुरु भएको विवाह पञ्चमी मेलामा विभिन्न कलात्मक मुर्तिहरु निर्माण गरि प्रर्दशन गरिनुका साथै धार्मिक मmाँकी,रामलिला,पहलमानी, साँस्कृतिक नाचगानगर विवाह पञ्चमी मेला सम्पन्न गरेका छन । विवाह पञ्चमी मेला संपन्न भएको महिनौ वित्दा समेत बजेट निकासाको लागि गापा अध्यक्षले कुनै चासो नलिदाँ उपभोक्ता समितिहरु ऋणको मारमा परेका छन ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४को दफा १६को उपदफा ४ अनुसार सभा र कार्यपालिकाको निर्णय कार्यन्यन गर्ने गराउने काम,कर्तव्य र अधिकार गापा अध्यक्षको रहेको छ । नरहा गापा अध्यक्ष राम प्रमोद यादवले आफनो काम,कर्तव्य र अधिकारको कुनै वास्ता नै नगरी रमाई रहेका छन । ऋणका मार खेपि रहेका उपभोक्ता समितिहरुको भनाईअनुसार गापा अध्यक्ष राम प्रमोद यादव निर्दयी हुनुका साथै आफनो पद ओहदाको दुरुपयोग गरी जनतालाई दुख दिने गरेका छन ।
सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?
सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...









