• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने: शेरबहादुर देउवा

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार
0
इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने:  शेरबहादुर देउवा

sf7df8f}F,@^ k';M k|ltlglw;ef a}7sdf g]sf ;efklt b]pjf g]kfnL sf+u|];sf ;efklt Pj+ k"j{k|wfgdGqL z]/axfb'/ b]pjf dªunaf/ a;]sf] k|ltlglw;efsf]] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

सिराहा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज गरेको भेलामा मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

उनले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताए । नेपाली कांग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उनको भनाइ छ ।

देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपुर्याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गरे । उनले राजनीतिक परिवर्तन र पुर्खाहरूको योगदानको इतिहास टोल–टोलसम्म पुर्याउन आग्रह पनि गरे । उनले इतिहासबाट पाठ सिकेर मुलुकको राजनीतिक गन्तव्य तय गर्न सके मात्र सही बाटो पहिल्याउन सकिने बताए ।

उनले विगतमा केही पनि नभएको र सबै खराब भयो भन्ने भाष्यमा समाजमा फैल्याउन लागिएको भन्दै यसले मुलुकलाई झन् कमजोर बनाउने बताए ।

उनले भने ‘समाजमा अहिले पनि निराशा देखिएको छ । यो निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व समेत सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले लिनुपर्दछ । नेपाली काँग्रेसले विगतमा के गर्यो भन्ने कुराको जवाफ खोज्न २००७ साल अघिको राणाकालीन अवस्था, त्यो बेलाको गरिबी र पछिको निरङ्कुश निर्दलीय व्यवस्था, त्यो बेला नेपाली काँग्रेसले जनअधिकारको पक्षमा गरेको काम सबैले बुझ्न आवश्यक छ । हाम्रा अग्रजहरूले ज्यानको आहुति दिएर, बलिदानपूर्ण संघर्ष गरेर र अनेक दुःख, कष्ट गरेर मुलुक अहिलेको अवस्थामा आएको हो । हामीले हाम्रो इतिहास बिर्सिने हो भने हाम्रो गन्तव्यमा पुग्न सक्दैनौँ । इतिहासबाट पाठ सिकेर गन्तव्य तय गर्न सकेमात्रै सही बाटो पहिल्याउन सकिन्छ । विगतका कठिन राजनीतिक परिवर्तनका कथाहरू खसमाजले नपढ्ने हो भने हाम्रा पुर्खाहरूले पुर्याएको योगदानको राजनीतिक इतिहास टोल टोलमा पुर्याउन अनुरोध गर्न चाहन्छु । विगतमा केही पनि भएको थिएन, जे भयो सब खराब भयो भन्ने भाष्य समाजमा फैल्याउने हो भने मुलुक झनझन कमजोर हुँदै जानेछ । मुलुकको विगतको इतिहासमा गर्व गर्नुपर्छ । त्यो वातावरण बनाउने काम नेपाली काँग्रेसको काँधमा आएको छ ।’

उनले मुलुकको इतिहासमा गर्व गर्ने वातावरण बनाउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा आएको बताए ।

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
डुमरीमा आगलागी हुदाँ ५लाखको क्षति

डुमरीमा आगलागी हुदाँ ५लाखको क्षति

दुर्गा प्रसाईंलाई प्रहरीले घरमै    रोके

दुर्गा प्रसाईंलाई प्रहरीले घरमै रोके

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.