३० साउन सिराहा । कल्याणपुर नगरपालिका वार्ड न.९डुमरी गाउँमा विद्युत सट भई आगलागी भएको छ । आगलागी हुदा पाचँलाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करिब १बजेको समयमा स्थानिय भनुवा मंडलको घरमा विद्युत तार सट भई अचानक आगलागी भएको हो ।
आगलागी हुदाँ घरमा भण्डारण गरि राखिएको खाद्यन्न धान,गहु,चामल लगायत नगद,प्लाइ,भाडाकुडा,लगायतका विभिन्न सरसामान जलेर नष्ट भएको पीडित मण्डलले बताएका छन ।
आगो लागेको थाहा पाएपछि स्थानीयवासीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए । गोलबजार नगरपालीकाको दमकलसमेत घटनास्थलमा पुगेपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
वाडा न ९का अध्यक्ष विनोद कुमार यादवका अनुसार विद्युत तार सटको कारणले आगो लाग्दा खानेकुराका सामान समेत करिव ५लाख बराबरको सामान जलेर नष्ट हो ।
कल्याणपुर नपालिकाका का.वा.मेयर रेखा यादवलाई सम्पर्क गर्दा उहाँको मोवाईल स्विचअफ रहेको हुदाँ कल्याणपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत जय प्रसाद दाससँग यस आगलागीबा्रे वुमmन खोज्दा आफुलाई थाहा नभएको र उक्त घटना बारे का.वा.मेयर रेखा यादव सँग वुमmछु र के गर्नु पर्छ गर्छु भनी जवाफ दिनु भयो ।
इलाका प्रहरी कार्यलय कल्याणपुरका प्रहरीटोली घटना स्थलमा पुगी भएको क्षती बारे टिपोट गरेका छन्।
सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?
सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...









