• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ : चिरिबाबु महर्जन

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ : चिरिबाबु महर्जन
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

३० साउन सिरहा । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।

उनले सम्पदा संरक्षक पूर्ण स्थापितले सप्तपाताल पोखरी संरक्षणका लागि गरेको पहल सफल भएको बताए । पूर्ण स्थापितको पहलका कारण महानगरपालिकाले सप्तपाताल पोखरीलाई पुनर्निर्माण गरी आकर्षक स्वरूपमा ल्याउन सकेको उनको भनाइ थियो । ‘हाम्रो पूर्ण स्थापित दाइले गर्नुभएको पहल सफल भयो । हामीले मौका पायौँ र यो चिटिक्क परेको सप्तपाताल पोखरी बनाउन सफल भयौँ,’ उनले भने, ‘त्यसका लागि हामी सबैलाई धन्यवाद र बधाई।’

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

महानगर प्रमुख महर्जनले आफू मेयर निर्वाचित भएपछि ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ गरेको बताए । यस्तो निर्णय कार्यान्वयन गर्दा राजनीतिक तथा अन्य क्षेत्रबाट दबाब आए पनि आफूहरूले त्यसलाई थेगेको उनको भनाइ थियो । ‘ललितपुर महानगरपालिकाले म मेयर भइसकेपछि एउटा भीष्म प्रतिज्ञा गर्‍यो। त्यो भीष्म प्रतिज्ञा भनेको के हो भने हामी ऐलानी जग्गा, पर्ती जग्गा कसैलाई पनि दिँदैनौँ । यो भन्दै गर्दा गाह्रो पर्दो रहेछ । राजनीतिकरुपमा पनि प्रेसर पर्ने थेग्दै गाह्रो पर्ने तर हामीले चाँही थेग्यौ ।’ उनले भने ।

महानगरपालिकाले हालसम्म एक आना जग्गा पनि कसैलाई नदिएको दाबी गर्दै महर्जनले आगामी दिनमा पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा हस्तान्तरण नगर्ने स्पष्ट पारे ।‘अहिलेसम्मको मितिमा आउँदासम्म हामीले एक आना जग्गा पनि कसैलाई दिएका छैनौँ। ज्यान गए पनि दिन्नँ,’ उनले भने ।

ललितपुर महानगर क्षेत्रमा जग्गाको मूल्य अत्यधिक रहेको उल्लेख गर्दै उनले सार्वजनिक जग्गा माग गर्ने क्रम हुनसक्ने तर माग गर्दैमा त्यस्तो जग्गा दिन नसकिने बताए । ‘ललितपुर महानगर क्षेत्रभित्रमा एक आना जग्गाको एक करोड पर्छ। जसले पनि माग्ला नि त। माग्यो भन्दै दिएर कहाँ हुन्छ?’ उनले प्रश्न गरे।

महर्जनले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै ललितपुरलाई बस्न योग्य शहर बनाउने महानगरपालिकाको प्रयास जारी रहेको बताए । उनले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनाअनुसार महानगरपालिका अघि बढिरहेको जानकारी दिए । ‘हामी यो शहरलाई बाँच्नको निम्ति लायकको शहर बनाउने प्रयासमा छौँ। त्यसको निम्ति यो शहरलाई स्मार्ट सिटी बनाउने प्रसङ्गमा हामी लागेका छौँ,’ उनले भने।

ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ । लामो समयदेखि संरक्षणको अभियान चल्दै आएको पोखरी महानगरपालिकाले पुनर्निर्माण गरी पार्कसहित उद्घाटन गरेको हो ।

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
अनुगमन हो की भोट माग्ने नाया तरिका मन्त्री ज्यू

अनुगमन हो की भोट माग्ने नाया तरिका मन्त्री ज्यू

इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने:  शेरबहादुर देउवा

म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ, शेरबहादुर देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.