• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ : चिरिबाबु महर्जन

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ : चिरिबाबु महर्जन
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

३० साउन सिरहा । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रको सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।

उनले सम्पदा संरक्षक पूर्ण स्थापितले सप्तपाताल पोखरी संरक्षणका लागि गरेको पहल सफल भएको बताए । पूर्ण स्थापितको पहलका कारण महानगरपालिकाले सप्तपाताल पोखरीलाई पुनर्निर्माण गरी आकर्षक स्वरूपमा ल्याउन सकेको उनको भनाइ थियो । ‘हाम्रो पूर्ण स्थापित दाइले गर्नुभएको पहल सफल भयो । हामीले मौका पायौँ र यो चिटिक्क परेको सप्तपाताल पोखरी बनाउन सफल भयौँ,’ उनले भने, ‘त्यसका लागि हामी सबैलाई धन्यवाद र बधाई।’

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

महानगर प्रमुख महर्जनले आफू मेयर निर्वाचित भएपछि ऐलानी तथा सार्वजनिक जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ गरेको बताए । यस्तो निर्णय कार्यान्वयन गर्दा राजनीतिक तथा अन्य क्षेत्रबाट दबाब आए पनि आफूहरूले त्यसलाई थेगेको उनको भनाइ थियो । ‘ललितपुर महानगरपालिकाले म मेयर भइसकेपछि एउटा भीष्म प्रतिज्ञा गर्‍यो। त्यो भीष्म प्रतिज्ञा भनेको के हो भने हामी ऐलानी जग्गा, पर्ती जग्गा कसैलाई पनि दिँदैनौँ । यो भन्दै गर्दा गाह्रो पर्दो रहेछ । राजनीतिकरुपमा पनि प्रेसर पर्ने थेग्दै गाह्रो पर्ने तर हामीले चाँही थेग्यौ ।’ उनले भने ।

महानगरपालिकाले हालसम्म एक आना जग्गा पनि कसैलाई नदिएको दाबी गर्दै महर्जनले आगामी दिनमा पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा हस्तान्तरण नगर्ने स्पष्ट पारे ।‘अहिलेसम्मको मितिमा आउँदासम्म हामीले एक आना जग्गा पनि कसैलाई दिएका छैनौँ। ज्यान गए पनि दिन्नँ,’ उनले भने ।

ललितपुर महानगर क्षेत्रमा जग्गाको मूल्य अत्यधिक रहेको उल्लेख गर्दै उनले सार्वजनिक जग्गा माग गर्ने क्रम हुनसक्ने तर माग गर्दैमा त्यस्तो जग्गा दिन नसकिने बताए । ‘ललितपुर महानगर क्षेत्रभित्रमा एक आना जग्गाको एक करोड पर्छ। जसले पनि माग्ला नि त। माग्यो भन्दै दिएर कहाँ हुन्छ?’ उनले प्रश्न गरे।

महर्जनले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै ललितपुरलाई बस्न योग्य शहर बनाउने महानगरपालिकाको प्रयास जारी रहेको बताए । उनले ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजनाअनुसार महानगरपालिका अघि बढिरहेको जानकारी दिए । ‘हामी यो शहरलाई बाँच्नको निम्ति लायकको शहर बनाउने प्रयासमा छौँ। त्यसको निम्ति यो शहरलाई स्मार्ट सिटी बनाउने प्रसङ्गमा हामी लागेका छौँ,’ उनले भने।

ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ । लामो समयदेखि संरक्षणको अभियान चल्दै आएको पोखरी महानगरपालिकाले पुनर्निर्माण गरी पार्कसहित उद्घाटन गरेको हो ।

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
२ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
अनुगमन हो की भोट माग्ने नाया तरिका मन्त्री ज्यू

अनुगमन हो की भोट माग्ने नाया तरिका मन्त्री ज्यू

इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने:  शेरबहादुर देउवा

म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ, शेरबहादुर देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

२ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.