• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

घर पोखरीमा भासिएपछि ५ सन्तानसहित एकल महिला पुष्‍पा देवीको उठिबास प्रअ र अध्यक्षलाई सोमबार सिडिओ कार्यालयमा हाजिर हुन निर्र्देशन

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, समाचार, समाज
0
घर पोखरीमा भासिएपछि ५ सन्तानसहित एकल महिला पुष्‍पा देवीको उठिबास प्रअ र अध्यक्षलाई   सोमबार सिडिओ कार्यालयमा हाजिर हुन निर्र्देशन
156
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

४ भाद्र सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १० मा आफ्नै निजी जग्गामा बनाइएको घर श्रीचन्द्री देवी आधारभूत विद्यालय डोकहा बंगठियाको पोखरीमा भासिएपछि पाचँ सन्तानसहित बिचल्लीमा परेकी एकल महिला पुष्‍पा देवीको घटनामा एउटा स्तब्ध पार्ने तथ्य बाहिर आएको छ। विद्यालयको उक्त पोखरीको अन्य सबै स्थानमा सुरक्षित ’डिल’ (बाँध) बनाइएको भए पनि पीडित पुष्‍पा देवीको निजी जग्गा र घर जोडिएको ठाउँमा मात्र डिल नबनाइएको पाइएको छ। यही विभेदपूर्ण र गम्भीर लापरबाहीका कारण पानीको कारणले गर्दा एकल महिला पुष्‍पा देवीको घर अचानक पोखरीमा धसिएको हो।यस घटनाका सम्बन्धमा श्रीचन्द्री देवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव मण्डलले पुष्‍पा देवी पीडित भएको र उनको घरमा क्षति पुगेको कुरा स्वीकार गरे पनि पीडित परिवारलाई दिइने उचित क्षतिपूर्तिको विषयमा भने केही बोल्न चाहेका छैनन्। जिम्मेवार ओहोदामा रहेका व्यक्ति नै क्षतिपूर्तिको सवालमा पन्छिन खोजेपछि पीडितको न्याय पाउने आशमा ठेस लागेको छ।पति गुमाएर एक्लै संघर्ष गर्दै ५ साना सन्तान हुर्काइरहेकी पुष्‍पा देवीका लागि यो घटना ठूलो बज्रपात बनेको छ। खुला आकाशमुनि बस्नुपर्ने बाध्यताका कारण बालबालिकाहरूको सुरक्षालाई लिएर पुष्‍पा देवी निकै भावविह्वल बनेकी छिन्। यो मानवीय संकट हुँदा समेत कल्याणपुर नगरपालिका र वडा कार्यालयले कुनै चासो नदेखाएपछि पीडित एकल महिला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय सिरहा पुगेकी थिइन्।एकल महिलाको यो गम्भीर अवस्था र विद्यालयको लापरबाहीलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले तत्काल कडा कदम चालेको छ। जिल्ला प्रशासनकार्यलयले श्रीचन्द्री देवी आधारभूत विद्यालयका प्रधानाध्यापक (प्रअ) जागेश्वर कामती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव मण्डल दुवैलाई यही सोमबार जिल्ला प्रशासन कार्यलय सिराहामा अनिवार्य उपस्थित हुन जानकारी दिएको छ। स्थानीय सरकार र विद्यालयले चासो नदिएपछि निराश बनेकी पुष्‍पा देवीमा जिल्ला प्रशासनको यो एक्सनपछि सोमबार आफूले न्याय र उचित क्षतिपूर्ति पाउने भने आशामा वसेकी छिन।

Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
३ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
सिरहाको भूमि प्रशासन कार्यालय सर्पको ’सेल्टर’ जस्तैः शौचालय बन्द हुँदा सेवाग्राही खुल्लामै पिसाब फेर्न बाध्य, झाडी कार्यालयको दोस्रो तल्लासम्मै पुग्यो !

सिरहाको भूमि प्रशासन कार्यालय सर्पको ’सेल्टर’ जस्तैः शौचालय बन्द हुँदा सेवाग्राही खुल्लामै पिसाब फेर्न बाध्य, झाडी कार्यालयको दोस्रो तल्लासम्मै पुग्यो !

बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारसँग थाले गृहमन्त्रीले वार्ता

बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारसँग थाले गृहमन्त्रीले वार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

३ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.