• Contact
  • Deshdoot Khabar
Tuesday, October 27, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

सिरहाको भूमि प्रशासन कार्यालय सर्पको ’सेल्टर’ जस्तैः शौचालय बन्द हुँदा सेवाग्राही खुल्लामै पिसाब फेर्न बाध्य, झाडी कार्यालयको दोस्रो तल्लासम्मै पुग्यो !

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, शिक्षा, समाचार, समाज, स्वास्थ्य
0
सिरहाको भूमि प्रशासन कार्यालय सर्पको ’सेल्टर’ जस्तैः शौचालय बन्द हुँदा सेवाग्राही खुल्लामै पिसाब फेर्न बाध्य, झाडी कार्यालयको दोस्रो तल्लासम्मै पुग्यो !
158
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

५ भदौ,सिरहा।सिरहास्थित भूमि प्रशासन कार्यालयको परिसरमा अहिले जताततै थुप्रिएको फोहर, उम्रिएको झाडी र प्रयोगविहीन शौचालयका कारण बेहाल बनेको छ। दैनिक सयौँको सङ्ख्यामा आउने सेवाग्राहीका लागि बनाइएको कार्यालयको आँगनमा रहेको शौचालय उचित मर्मत र सरसफाइको अभावमा बन्द छ। शौचालय प्रयोग गर्न नमिल्ने भएपछि सेवाग्राहीहरू बाध्य भएर कार्यालय परिसरभित्रै खुल्ला ठाउँमा पिसाब गर्न विवश छन्, जसले गर्दा दुर्गन्ध अत्यधिक बढेको छ।सरकारी कार्यालय जस्तो संवेदनशील ठाउँमा सरसफाइ र न्यूनतम सुविधा समेत नजुटाइनुले कार्यालय प्रशासन र व्यवस्थापनको चरम कमजोरी तथा लापरवाहीलाई प्रस्ट उजागर गरेको छ। जताततै पलाएका झारपात र झाडी यति धेरै बढेका छन् कि कार्यालयको दोस्रो तल्लासम्मै पुगेको प्रस्ट देख्न सकिन्छ। झाडीले कार्यालय भवनलाई नै ढाक्न लाग्दा गर्मीको मौसममा सर्पको उच्च जोखिम बढेको छ, जसका कारण सेवाग्राहीहरू त्रसित अवस्थामा डरै–डरमा काम गराउन बाध्य छन्।“यहाँ एकछिन पनि बस्न मन लाग्दैन, दुर्गन्धले बान्ता होला जस्तो हुन्छ“कार्यालयमा काम गराउन आएका एक सेवाग्राहीले आक्रोश र पीडा पोख्दै भने— “गर्मीको समयमा सिरहामा सर्पको निकै बिगबिगी हुन्छ। तर यो कार्यालयको कमजोर व्यवस्थापनले गर्दा झारपात, फोहर र आँगनमा जथाभाबी थुप्रिएका इँटाहरू महिनौंसम्म नहटाउँदा सर्प, बिच्छी र अन्य विषालु कीरा–फट्याङ्ग्राहरू लुक्ने उत्तम ठाउँ (सेल्टर) बनेको छ। झाडी बढेर कार्यालयको दोस्रो तल्लासम्मै पुगिसक्यो। यहाँको फोहरको कडा गन्ध र दुर्गन्धले गर्दा एकछिन बस्दा पनि बान्ता होला जस्तो हुन्छ, स्वास्थ्य नै बिग्रिएला जस्तो भइसक्यो। तर के गर्नु, आफ्नो काम गराउनु पर्ने बाध्यता छ, त्यसैले यो कुरुप वातावरणमा डरै–डरमा बस्नु परेको छ।“कार्यालयको मुख्य समस्या र व्यवस्थापकीय लापरवाहीहरूः-दायित्वबाट पन्छिने खेलः नियमित रूपमा एक–दुई दिनमै सजिलै गर्न सकिने सरसफाइको कामलाई चाडपर्वको बहाना बनाएर पन्छाउन खोजिएको देखिन्छ। इँटा र झाडीमा सर्पको जोखिमः- तस्बिरमा देखिए झैँ कार्यालय परिसरमा जथाभाबी थुप्रिएका इँटा र अग्ला झारपातका कारण सर्प, बिच्छी तथा विषालु कीराहरू लुक्ने प्रवल सम्भावना छ, जसले सेवाग्राहीको ज्यानकै जोखिम बढाएको छ।व्यवस्थापनमा चरम लापरवाहीः- सामान्य रेखदेख समेत नगर्दा र फोहरको उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालय नै कुरुप बनेको छ। दोस्रो तल्लासम्मै झाडीः- झारपात बढेर कार्यालयको मुख्य भवनको दोस्रो तल्लासम्मै पुगेकाले भवन जोखिमपूर्ण र कुरुप बनेको छ। स्वास्थ्यमा गम्भीर असरः- फोहरको थुप्रो र खुल्ला पिसाबको कडा गन्धका कारण सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष मर्का परेको छ। शौचालय प्रयोगविहीनः- आँगनमा रहेको पुरुष/महिला शौचालयको ढोका बन्द रहने र सरसफाइ नहुँदा सेवाग्राही खुल्लामा पिसाब फेर्न बाध्य छन्। दशैँ र छठअघि नै सफा गर्छौँः- कार्यालय प्रमुख सुबोध कुमार ठाकुर यस विषयमा कार्यालय प्रमुख सुबोध कुमार ठाकुरले व्यवस्थापनमा देखिएका कमीकमजोरी सुधार्दै चाडपर्व अगावै सबै समस्या समाधान गर्ने दाबी गरेका छन्। उनले भने, “हामी सेवाग्राहीको समस्या, स्वास्थ्य जोखिम र सुरक्षाप्रति पूर्ण रूपमा सचेत छौँ। बडादशैँ र छठ पर्व नजिकिँदै गरेकाले सेवाग्राहीको चाप अझ बढ्ने सम्भावना छ। त्यसैले पर्व सुरु हुनुभन्दा अगावै प्रयोगविहीन शौचालय मर्मत गरिनेछ, थुप्रिएका इँटा–फोहर हटाइनेछ र दोस्रो तल्लासम्मै पुगेको झाडी फाँडेर पूरा परिसर सफा, सुन्दर, गन्धमुक्त तथा सुरक्षित बनाइनेछ।“सरकारी कार्यालयकै यस्तो हविगत हुँदा र सेवाग्राहीको स्वास्थ्यमाथि खेलबाड हुँदा स्थानीय स्तरमा यसको कडा आलोचना भइरहेको छ। चाडपर्वको मुखमा कार्यालय प्रमुख ठाकुरले गरेको यो प्रतिबद्धता समयमै पूरा होला कि आश्वासनमै सीमित होला? त्यो भने हेर्न बाँकी नै छ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

 

1 of 7
– +

 

1 of 7
– +

 

1 of 7
– +

Share63Tweet40
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारसँग थाले गृहमन्त्रीले वार्ता

बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारसँग थाले गृहमन्त्रीले वार्ता

’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.