• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

बहालवाला वडा अध्यक्ष मोरवैता अगाडि कानुन र प्रशासन लाचार

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
बहालवाला वडा अध्यक्ष मोरवैता अगाडि कानुन र प्रशासन लाचार
159
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

८ असोज (२०८३)सिरहा । भारतीय नागरिकता त्याग्दै नेपाली नागरिकता लिएको भनी दाबी गरिएको कसूरमा हुलाक मार्फत पठाइएको जाहेरी दरखास्त दर्ता गर्न उच्च अदालत जनकपुर, राजविराज इजलासले परमादेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय, सिरहाले मुद्दा दर्ता त गरेको छ, तर कारबाही प्रक्रिया भने अझै अगाडि बढ्न सकेको छैन।नागरिकता विवादमा मुछिनुभएका व्यक्ति सिरहा नगरपालिका वडा नं. १६ का नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित वर्तमान वडा अध्यक्ष धिरेन्द्र प्रसाद मोरवैता यादव (राजा मोरवैता) रहेको छ।

न्यायाधीशद्वय बामदेव ज्ञवाली र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले परमादेश जारी गरेपछि प्रहरीले वडा अध्यक्ष मोरवैताविरुद्ध मुद्दा दर्ता नम्बर १७५ कायम गरी अनुसन्धान अघि बढाएको हो। तर मुद्दा दर्ता भएको लामो समय बितिसक्दा समेत कानुन कार्यान्वयन गर्ने निकायहरू शक्तिशाली जनप्रतिनिधि अगाडि लाचार जस्तै देखिएका छन्।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिरहा नगरपालिका वडा नं. १६ बस्ने शम्भु प्रसाद यादव तथा राप्रपाका सिराहा जिल्ला अध्यक्ष ले स्थानीय वडा अध्यक्ष धिरेन्द्र प्रसाद मोरवैता यादव र निजका परिवारका सदस्यहरूले भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिकता लिएको भन्दै नेपाल नागरिकता सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिन खोज्नुभएको थियो। प्रहरीले जनप्रतिनिधि जोडिएको उक्त जाहेरी दर्ता गर्न इन्कार गरेपछि यादवले हुलाक रजिष्टरी मार्फत जाहेरी पठाउनुभएको थियो। हुलाकबाट जाहेरी प्राप्त भए पनि प्रहरीले दर्ता नगरेपछि यादवले उच्च अदालतमा परमादेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो।

अदालतमा जिल्ला प्रहरी कार्यालय सिरहाले जाहेरवाला सनाखतका लागि उपस्थित नभएकाले दर्ता नभएको जिकिर गरेको थियो भने जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय निर्वाचन २०७९ को समयमा परेको उक्त उजुरी तामेलीमा राख्ने निर्णय भइसकेको दाबी गरेको थियो।तर, गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय सिरहालाई काटेको पत्रमा वडा अध्यक्ष मोरवैताले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको सम्बन्धमा परेको २९ पानाको उजुरी संलग्न राख्दै प्रचलित कानून बमोजिम छानविन गर्न र आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिएको पाइएको थियो।

अदालतले व्यक्ति आफैं उपस्थित भएर वा हुलाक तथा विद्युतीय माध्यमबाट प्राप्त भएका कसूरका सूचनाहरू दर्ता गर्नु प्रहरीको कानूनी कर्तव्य भएको उल्लेख गर्दै जाहेरी दर्ता गर्न आदेश दिएको थियो।

अदालतको कडा आदेशपछि उच्च अदालतको रिट फाँटले २०८१ चैत ५ गते चलानी नं. ०८१-०५-००५५६१ को पत्रमार्फत जिल्ला प्रहरी कार्यालय सिराहालाई आधिकारिक जानकारी गराएको थियो।अदालतको आदेश पालना गर्दै जिल्ला प्रहरी कार्यालय सिरहाले २०८२ मंसिर ११ गतेका दिन आफ्नो दर्ता किताबमा उक्त जाहेरी दर्ता गरेको छ। प्रहरीले जारी गरेको जाहेरी दरखास्तको भरपाई (अनुसूची-६) मा स्पष्ट शब्दमा “परमादेशको आदेशबाट दर्ता” भनी उल्लेख गरिएको छ। उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद साहले दर्ता गरी वडा अध्यक्ष मोरवैताविरुद्ध कानुनी कारबाहीको प्रक्रियालाई अगाडि बढाउनुभएको छ।

जाहेरी दर्ता भएको लामो समय बितिसक्दा समेत हालसम्म वडा अध्यक्ष मोरवैता उपर कुनै कारबाही किन नभएको भनी बुझ्दा जिल्ला प्रशासन कार्यालय सिरहाका निमित्त प्रमुख चेतराज बरालज्यूले उक्त मुद्दामा कारबाही प्रक्रिया कति अगाडि बढेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालय सिरहासँग बुझेर मात्र भन्न सकिने जानकारी दिनुभयो। उहाँले गृह मन्त्रालयबाट आएको पत्रको जवाफ भने प्रशासन कार्यालयको तर्फबाट पठाइसकिएको स्पष्ट पार्नुभयो।

यता, न्यायका लागि भौंतारिरहनुभएका जाहेरवाला शम्भुप्रसाद यादवले भने राज्यका निकायहरूप्रति असन्तुष्टि र निराशा व्यक्त गर्नुभएको छ। उहाँले निराश स्वरमा भन्नुभयो, “म जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउँदा-धाउँदै थाकिसके। मेरो कुरा सुनेर बुझ्ने निकायहरू नै नसुनेझैं गर्छन्। गृह मन्त्रालयमा पनि उजुरी हालेँ तर कारबाही हुँदैन, अब के गर्नु?”एक बहालवाला जनप्रतिनिधिमाथि नागरिकता कीर्ते जस्तो गम्भीर मुद्दा दर्ता भएर पनि सरकारी संयन्त्र र कारबाही प्रक्रिया सुस्त देखिनुले स्थानीय स्तरमा कानुनको पालना र निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

Tags: बहालवाला वडा अध्यक्ष
Share64Tweet40
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.