• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

अस्तित्वको लडाईं कि पहिचानको खोजी? नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने अकाट्य कारणहरू

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in Main News, राजनीति, शिक्षा, समाज, साहित्य
0
अस्तित्वको लडाईं कि पहिचानको खोजी? नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने अकाट्य कारणहरू
153
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

सिराहा । कुनै पनि देशको भूगोल केवल सिमानाको रेखा मात्र होइन, त्यो त्यहाँका नागरिकको संस्कृति, इतिहास र आस्थाको जीवन्त रूप हो। वि.सं. २०६३ सालको राजनीतिक परिवर्तन र २०७२ सालको संविधानले नेपाललाई “धर्मनिरपेक्ष“ घोषणा गर्दा शताब्दीऔँ पुरानो मौलिक पहिचानमाथि ठूलो धक्का पुगेको जनविश्वास छ।
संसारकै एकमात्र हिन्दू राष्ट्रको रूपमा रहेको नेपालको त्यो विशिष्ट चिनारी राजनीतिक स्वार्थ र वैदेशिक दबाबका कारण मेटाइएको जनआक्रोश आज सडकदेखि सदनसम्म देखिन थालेको छ। वर्तमान समयमा यो माग केवल एउटा धार्मिक नारा मात्र नभएर देशको सार्वभौमिकता र अस्तित्व जोगाउने महाअभियान बनेको छ।
संसारका अत्याधुनिक र लोकतान्त्रिक भनिने देशहरूले समेत आफ्नो मौलिक सांस्कृतिक र धार्मिक पहिचानलाई राजकीय गौरवका रूपमा संविधानमै सुरक्षित राखेका छन्ः
क्रिश्चियन राष्ट्रहरू :ः बेलायत , डेनमार्क, नर्वे जस्ता देशहरूमा पूर्ण लोकतन्त्र र आधुनिक शासन व्यवस्था भए तापनि त्यहाँको ’चर्च’ र इसाई धर्मलाई राज्यको आधिकारिक वा स्थापित पहिचान दिइएको छ।
इस्लामिक र यहूदी राष्ट्रहरूःः पाकिस्तान, साउदी अरब, मलेसियासहित विश्वका २५ भन्दा बढी देशहरू कानुनी रूपमा इस्लामिक राष्ट्र हुन्।
इजरायल विश्वकै एकमात्र र अत्यधिक शक्तिशाली यहूदी राष्ट्र हो।
बौद्ध राष्ट्रहरूःः हाम्रै छिमेकी मुलुकहरू भूटान र श्रीलंका सँगै थाइल्यान्डले बौद्ध धर्मलाई राज्यको विशेष संरक्षण प्राप्त धर्मका रूपमा स्थापित गरेका छन्।
यस्तो अवस्थामा, झन्डै ८१.१९% हिन्दू जनसंख्या (बौद्ध र किराँतसहित ९०% भन्दा बढी सनातन धर्मावलम्बी) भएको नेपालले आफ्नो मौलिक पहिचान त्यागेर धर्मनिरपेक्षताको आवरण ओढ्नु आत्मघाती कदम भएको तर्क विद्वानहरूको छ।
रगतले सिञ्चित आन्दोलन हिन्दू राष्ट्रको यो माग केवल विचार र बहसमा मात्र सीमित छैन; यसका लागि नेपाली नागरिकहरूले आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनको बलिदान र शहादत समेत दिएका छन्। पहिचानको रक्षाका लागि भएका यी केही प्रतिनिधि घटनाहरू हुन।
राष्ट्रियता र सनातन पहिचानका लागि राजधानीको तिनकुनेमा उर्लिएको जनसागरमाथि भएको राज्यको बल प्रयोग र दमनका क्रममा युवा आन्दोलनकारीहरूले शहादत प्राप्त गरे भने सयौँ नागरिक घाइते भए।
तराई क्षेत्रमा आफ्नो सांस्कृतिक झण्डा र धार्मिक अस्तित्व रक्षाका लागि शान्तिपूर्ण रूपमा उत्रिएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता ले सुरक्षा निकायको गोली लागेर वीरगति प्राप्त गरे। जनभावनाको कदर गर्दै सरकारले उनीहरूलाई शहीद घोषणा गर्‍यो।
तराईमा फैलाइएको पहिचानको आन्दोलनका क्रममा गोलबजारमा प्रहरीसँग भएको भीषण झडपमा सिराहाका गणेश कुमार यादव ले शहादत दिए। उनको बलिदानले तराई–मधेशमा सनातन धर्मप्रतिको अगाध निष्ठालाई प्रमाणित गर्‍यो। यी शहादतहरूले के स्पष्ट पार्छन् भने, हिन्दू राष्ट्रको एजेन्डा कुनै चुनावी नारा होइन; यो त नेपाली नागरिकहरूले आफ्नो रगतले सिञ्चित गरेको आस्थाको जग हो।

हिन्दू राष्ट्र किन हुनुपर्छ? सांस्कृतिक र भू–राजनीतिक सुरक्षाःः धर्मनिरपेक्षताको आडमा नेपालका दुर्गम र गरिब बस्तीहरूमा प्रलोभन र भ्रम फैलाएर भइरहेको तीव्र धर्म परिवर्तनले नेपालको सामाजिक तानबाना छिन्नभिन्न पारेको छ। हिन्दू राष्ट्रले यस सांस्कृतिक अतिक्रमणलाई कानुनी रूपमै रोक्नेछ।
नेपाल बहुजातीय र बहुभाषिक भए पनि पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथको चेतनाले हिमाल, पहाड र तराईलाई सधैँ जोडेको छ। पश्चिमा आयातित राजनीतिक विचारले समाजलाई विभाजन गरिरहेको बेला सनातन धर्म नै राष्ट्रिय एकताको अचूक औषधि हो।
विश्वका सवा अर्ब हिन्दूहरूका लागि नेपाल एकमात्र आध्यात्मिक केन्द्र र शिरोमणि हो। नेपाल हिन्दू राष्ट्र बन्दा भारतसहित विश्वभरका धार्मिक पर्यटकहरूको आगमनले देशको अर्थतन्त्रमा अभूतपूर्व क्रान्ति ल्याउन सक्छ।
अबको बाटो जापान जस्ता देशहरूले आफ्नो धर्मनिरपेक्ष संविधानामा रहेर पनि ’सिन्तो’ र ’बौद्ध’ परम्परालाई राष्ट्रको आत्मा मानेका छन्। तर नेपालको सन्दर्भमा धर्मनिरपेक्षता मौलिक संस्कृतिलाई सिध्याउने हतियार जस्तो बन्न पुगेको छ।
तिनकुने, सुनसरी र गोलबजारमा बगेको शहीदहरूको रगतको सम्मान र देशको ऐतिहासिक पहिचानको रक्षाका लागि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य भइसकेको छ।
यो व्यवस्थाले अल्पसंख्यक (मुस्लिम, इसाई, बौद्ध) हरूको अधिकारलाई कुण्ठित गर्दैन, बरु सनातन धर्मको ’वसुधैव कुटुम्बकम्‌’ (संसार नै एउटा परिवार हो) को भावना अनुसार सबैलाई समान न्याय र सुरक्षा प्रदान गर्दछ। अब ढिला नगरी राज्यले जनभावनाको कदर गर्दै संवैधानिक प्रक्रिया मार्फत नेपालको प्राचीन गौरवलाई पुनः स्थापित गर्नुपर्छ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

Tags: हिन्दू राष्ट्र
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
प्रतिष्ठान कि बजेट खाने भाँडो? सिरहाको नरहामा वृद्धाश्रमका नाममा ३८ लाखको बजेट दोहन!

प्रतिष्ठान कि बजेट खाने भाँडो? सिरहाको नरहामा वृद्धाश्रमका नाममा ३८ लाखको बजेट दोहन!

विश्वमा एकाएक उदाएर पतन भएका पार्टीहरू

विश्वमा एकाएक उदाएर पतन भएका पार्टीहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.