• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

बिटौरी तिरेकै आधारमा सरकारी जग्गामा निजी हक अधिकार हुँदैन !

देशदूत खबर by देशदूत खबर
४ हप्ता अगाडि
in Main News, समाचार, समाज
0
बिटौरी तिरेकै आधारमा सरकारी जग्गामा निजी हक अधिकार हुँदैन !
154
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

१३ असोज सिराहा,स्थानीय तहलाई ‘बिटौरी’ शुल्क तिरकै आधारमा वा वर्षौदेखि सरकारी, सार्वजनिक, पर्ती वा ऐलानी जग्गामा व्यक्तिको निजी स्वामित्व वा स्थायी भोगाधिकार स्थापित नहुने सर्वोच्च अदालतले स्पष्ट गरेको छ ।

महोत्तरीको गौशाला नगरपालिका–५ का बृजनन्दन ठाकुर बडहीले करिब चार दशकदेखि घर बनाएर बसोबास गर्दै आएको जग्गामा आफ्नो भोगाधिकार कायम हुनुपर्ने मागसहित दायर गरेको मुद्दामा सर्वोच्च अदालतले यस्तो व्याख्या गरेको हो । ठाकुरले कित्ता नम्बर ११५ अन्तर्गतको करिब १० धुर जग्गामा लामो समयदेखि घर बनाई परिवारसहित बसोबास गर्नुका साथै पसल सञ्चालन गर्दै आएको दाबी गरेका थिए।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

२०२४ सालको नापीमा उक्त जग्गामा कुनै व्यक्तिको नाम कायम नभए पनि आफूले स्थानीय निकायलाई नियमित रूपमा बिटौरी बुझाउँदै आएको उनको जिकिर थियो । तर अदालतले बिटौरीलाई जग्गाको स्वामित्व स्थापित गर्ने प्रकृतिको कर मान्न नमिल्ने ठहर गरेको छ। सार्वजनिक वा पर्ती जग्गामा संरचना निर्माण गरी उपयोग गरेबापत स्थानीय तहले लिने शुल्क र जग्गाको स्वामित्वसँग सम्बन्धित मालपोत कर फरक विषय भएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्च अदालतको दर्ता न ०८०-CI-११७२को मुदामा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले २०८३ साउन २७ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । इजलासले जिल्ला र उच्च अदालतबाट भएको फैसला सदर गर्दै ठाकुरको दाबी अस्वीकार गरेको हो । फैसलामा सरकारी जग्गामा लामो समयदेखि बसोबास गरेको, सरकारी निकायलाई शुल्क बुझाएको वा सरकारी सुविधासमेत प्राप्त गरेको आधारबाट मात्र व्यक्तिको निजी हक सिर्जना नहुने स्पष्ट पारिएको छ।

शौचालय निर्माणका लागि अनुदान प्राप्त गरेको वा सरसफाइसम्बन्धी परिचयपत्र पाएको अवस्थाले पनि त्यस्तो जग्गामाथि कानुनी स्वामित्व वा स्थायी भोगाधिकार कायम नहुने अदालतको भनाइ छ । सर्वोच्चको यो व्याख्याले सार्वजनिक तथा ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारको हकसम्बन्धी विवादमा समेत प्रभाव पार्न सक्ने देखिएको छ। विशेषगरी स्थानीय तहबाट बिटौरी बुझेर बसोबास गरेको आधारमा जग्गामाथि अधिकार दाबी गरिँदै आएका घटनामा फैसलाले कानुनी आधार स्पष्ट गरेको छ ।

यद्यपि सार्वजनिक जग्गा खाली गराउँदा भूमिहीन वा सुकुम्बासी परिवार प्रभावित हुने अवस्था भए राज्यले आवासको हकलाई ध्यानमा राख्दै मानवीय दृष्टिकोणबाट उपयुक्त वा वैकल्पिक व्यवस्थापन गर्न सक्ने सर्वोच्चले उल्लेख गरेको छ । गौशाला क्षेत्रमा सार्वजनिक तथा ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारको व्यवस्थापन र लालपुर्जाको मागलाई लिएर यसअघि पनि विवाद तथा आन्दोलन हुँदै आएका थिए। स्थानीय बासिन्दाले विगतमा तत्कालीन स्थानीय निकायबाट बिटौरी काटेर बसोबास गर्न दिइएको दाबी गर्दै जग्गाधनी प्रमाणपुर्जाको मागसमेत गर्दै आएका छन् ।

Comment

Tags: महोत्तरी
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
ऐतिहासिक कल्याणपुर बजारको बेहाल: तराई कांग्रेसको विरासतदेखि दुई मेयरको भ्रष्टाचारसम्म

ऐतिहासिक कल्याणपुर बजारको बेहाल: तराई कांग्रेसको विरासतदेखि दुई मेयरको भ्रष्टाचारसम्म

सिराहामा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा: एकै वर्षमा २५४ जोडी अदालतमा

सिराहामा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा: एकै वर्षमा २५४ जोडी अदालतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.