• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

गणेश यादवको मृत्युपछि गोलबजारमा चर्किएको त्यो हिंसाः हिन्दू आन्दोलनका अगुवाहरू पुर्पक्षका लागि जेल चलान

देशदूत खबर by देशदूत खबर
२ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
गणेश यादवको मृत्युपछि गोलबजारमा चर्किएको त्यो हिंसाः हिन्दू आन्दोलनका अगुवाहरू पुर्पक्षका लागि जेल चलान
158
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter


२३ असोज, सिराहा।
गत २०८२ साल साउन १४ गते सुनसरीको देवानगंज तथा कप्तानगंजमा भएको हिन्दू–मुस्लिम विवादको तरंग सिराहा आइपुग्दा गोलबजारमा भएको हिंस्रक प्रदर्शन, अर्बौँको क्षति र करोडौँको डाँका मुद्दामा सिराहा जिल्ला अदालतले अगुवा हिन्दू आन्दोलनकारीहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।
सुनसरीको घटनालाई लिएर साउन १४ गते सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका किशोर गणेश यादवको मृत्यु भएपछि आन्दोलन झन् हिंस्रक बनेको थियो। आन्दोलनलाई नियन्त्रण बाहिर पुर्‍याई जाहेरवालाहरूको सम्पत्ति लुटपाट र आगजनी गराउन भूमिका खेलेको अभियोगमा माननीय न्यायाधीश श्री भीमबहादुर निरौलाको इजलासले असोज २३ गते थुनछेक आदेश जारी गर्दै आन्दोलनका अगुवा प्रतिवादीहरू काशिन्द्र यादव र संजय साह दुवैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
प्रतिवादी संजय साहको हकमा एक मुद्दामा ५० हजार धरौटी तोकिए तापनि अर्को मुख्य डाँका मुद्दामा थुनामै राख्ने आदेश भएकाले उनी रिहा हुन पाएका छैनन् र दुवै जना कारागारमै रहनेछन् ।

अनुसन्धानका क्रममा प्रतिवादी काशिन्द्र यादवले अधिकारप्राप्त अधिकारी (प्रहरी) समक्ष दिएको बयान निकै महत्त्वपूर्ण देखिएको छ। उनले आन्दोलनमा आफूले हिन्दू धर्मको प्रचार–प्रसार गर्दै हिन्दू–मुस्लिम बीच वैमनस्यता फैलाउने खालको भाषण गरिरहेको कुरा स्वीकारेका थिए। प्रहरीले देखाएको भिडियो फुटेज हेरेर काशिन्द्रले आफूलाई चिन्नुका साथै आन्दोलनको नेतृत्व गर्ने र भिडलाई उचाल्ने अन्य दुई जना अगुवाहरू बिनोद यादव र किसोरी यादव भएको भनी नाम समेत खोलेका छन्।
काशिन्द्रले बयानमा भनेका छन्, “मैले भाषण गर्दा हिन्दूवादी पक्षका आक्रोशित भिड उत्तेजित भई एबी मल, फेसन प्लाजा र न्यू असलम बस्त्रालयमा समेत तोडफोड, लुटपाट र आगजनी गर्न पुगेको थियो ।“ अर्कोतर्फ प्रतिवादी संजय साहले पनि सुनसरीमा हिन्दू समाजका मानिस मारिएको हल्ला चलेपछि आक्रोशित भिडले मुस्लिमहरूको घर–पसल तोडफोड तथा आगजनी गर्नुपर्छ भनेकाले आफू आन्दोलनमा लागेको स्वीकारेका थिए। यद्यपि, अदालतमा बयान दिँदा भने दुवै प्रतिवादीहरूले आफूहरू आ–आफ्नो पसल र घरमा रहेको दाबी गर्दै कसूर अस्वीकार गरेका थिए ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

नेपाल सरकारले पक्राउ परेका अगुवाहरू विरुद्ध दुईवटा छुट्टाछुट्टै अभियोग दर्ता गरेको थियोः
१. न्यू असलम बस्त्रालय र आलिया इन्टरप्राइजेज (मुद्दा नं. ०८३–८१–०२३४)ः यस पसलबाट रू. २ लाख नगद र रू. ५ करोड २ लाख बराबरको सुनका गहना लुटपाट गरेको अभियोगमा दुवै प्रतिवादीलाई थुनामा राख्न आदेश भएको छ।
२. एबी मल / सिराहा सुपर मार्केट (मुद्दा नं. ०८३–८१–०२३५)ः यस मलमा रू. ३ लाख ५० हजार नगद लुटिएको र आगजनीबाट रू. २९ करोड ६५ लाख ५० हजार बराबरको अकल्पनीय भौतिक क्षति पुर्‍याएको अभियोग सरकारको छ ।

यस गम्भीर मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता श्री सिताराम राउत र सहायक जिल्ला न्यायाधिवक्ता श्री विद्यानन्द साहले बहस गर्नुभएको थियो ।
जाहेरवालाको तर्फबाट अधिवक्ता द्वय श्री आनन्दराज पोखरेल र श्री लक्ष्मणप्रसाद राईले पक्षपोषण गर्नुभयो ।
प्रतिवादीहरूको प्रतिरक्षामा अधिवक्ताहरू श्री शिवनन्दनकुमार साह, श्री पशुपति कार्की, श्री प्रशान्तकुमार साह, श्री श्यामकुमार यादव र प्रतिवादी संजय साहको तर्फबाट श्री सन्तोषकुमार शर्माले बहस गर्नुभएको थियो।
अदालतले तत्काल प्राप्त प्रमाण र भिडियो फुटेजका आधारमा उनीहरूलाई हालै निर्दोष मान्न नसकिने भन्दै जेल चलानको आदेश दिएको हो ।

Tags: सिराहा गोलबजार
Share63Tweet40
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
चाडपर्वलाई सुरक्षित बनाउन गृह मन्त्रालयको कडा कदम: कालोबजारी, जुवातास र पटाकामा पूर्ण प्रतिबन्ध

चाडपर्वलाई सुरक्षित बनाउन गृह मन्त्रालयको कडा कदम: कालोबजारी, जुवातास र पटाकामा पूर्ण प्रतिबन्ध

सिरहाका वरिष्ठ नेता तथा पूर्वमन्त्री धर्मनाथ प्रसाद साह एमाले केन्द्रीय सदस्यमा मनोनित

सिरहाका वरिष्ठ नेता तथा पूर्वमन्त्री धर्मनाथ प्रसाद साह एमाले केन्द्रीय सदस्यमा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.