• Contact
  • Deshdoot Khabar
Friday, September 11, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

रवि-बालेन मतभेदको ‘साइड इफेक्ट’ : सरकारविरुद्ध सदनमा रास्वपा सांसदकै घेराबन्दी

देशदूत खबर by देशदूत खबर
१ महिना अगाडि
in Main News, राजनीति, समाचार
0
रवि-बालेन मतभेदको ‘साइड इफेक्ट’ : सरकारविरुद्ध सदनमा रास्वपा सांसदकै घेराबन्दी
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै जनजीविकाको मुद्दामा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारलाई घेराबन्दीमा पारेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको शासनशैली र कार्यक्षमतामाथि रास्वपा सांसदहरूले प्रश्न उठाएका हुन्।

यसलाई रास्वपामा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच देखिएको मतभेदको प्रभावका रूपमा हेरिएको छ। 

RELATED POSTS

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

रास्वपाका निवर्तमान प्रवक्ता समेत रहेका सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारको ढंग नपुगेको बताए। 

‘राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन र सबै पद्धतिलाई केन्द्रित गर्‍यो भने केही हासिल गर्न सक्छौँ,’ उनले भने, ‘अहिलेको अवस्थामा इन्टेग्रिटीको प्रश्न छैन, इन्टेन्सनमा पनि प्रश्न छैन। तर कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ र त्यो स्वीकार्नुपर्छ।’

आफूलाई के थाहा छैन भन्ने कुरा पहिचान गरेर सिक्ने क्षमता नेतृत्वमा हुनुपर्ने झाको भनाइ छ। 

‘इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देन यु डन्ट रियल्ली नो, ह्वाट यु डन्ट नो। अर्थात्, आफूलाई के थाहा छैन भन्ने कुरा पहिचान गरेर सिक्ने क्षमता नेतृत्वमा हुनुपर्छ,’ सांसद झाले भने। 

गुगलका सीईओको भनाइ उद्धृत गर्दै उनले थपे, ‘द डे यु फिल द्याट यु ह्याभ लर्न एभ्रिथिङ यु आर अलमोस्ट डेड।’

चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेर्दा धेरै घर फैलिएको देखिनु वृद्धि भए पनि योजनाबद्ध संरचना नदेखिनु विकास नभएको भन्दै उनले विगतमा काठमाडौँमा ठूला संरचना बने पनि पारिपट्टि धादिङका गाउँमा विद्यालय र अस्पताल नपुग्नु असन्तुलित वृद्धिको उदाहरण भएको बताए।

अनि मधेस, प्रवास र निजी क्षेत्रलाई स्टेकहोल्डर मानेर अगाडि बढ्न सरकारलाई सुझाए।

दिगो विकासका प्रमुख साझेदारका रूपमा रहेका मधेस, प्रवास र निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ। 

‘मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर सरकारलाई सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको होइन, त्यसकारण त्यहाँ सचेत भइराख्नुस्,’ झाले भने।

‘मधेशमा २५ रूपैयाँको चिप्स खोसिन्छ तर एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिइन्छ,’ उनले भने, ‘कहाँ से आते हैं ये लोग, और कहाँ से आते हैं ये सोच भन्ने ठूलो प्रश्न जनताले सोध्दैछन्,’ झा भन्छन्, ‘हामीमा किन असन्तुलन छ? व्यवहार किन सन्तुलित छैन?’

निजी क्षेत्र पनि अहिले त्रसित रहेको भन्दै प्रहरी देख्दा नागरिकले डर महसुस गर्ने अवस्था सिर्जना भएको उनले बताए। 

‘कुन बेला धरपकड गर्ला, कुन बेला छापा मार्ला भन्ने त्रास छ,’ उनले भने।

निजी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन अर्थ मन्त्रालयले केही प्रयास थालेको देखिए पनि ती प्रयास कागजमै सीमित रहेको उनको टिप्पणी थियो। समाजमा आर्थिक समृद्धिसँगै सभ्यता र संस्कार पनि आवश्यक झाले बताए। सरकारलाई जनतासँग जोडिएर काम गर्न सुझाव दिएका झाले त्यसका लागि कालो चस्मा पनि हटाउनुपर्ने बताए। 

‘हामीले हाम्रो सवारी साधनको कालो सिसा हटायौँ, कालो स्टिकर हटायौँ। अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ,’ उनले भने।

यस्तै पूर्वउपसभामुख इन्दिरा रानाले ग्यास अभावका कारण नागरिक सास्तीमा परेको बताइन्। 

‘ग्यास नपाएर जनता प्रताडित छन्। जतिसक्दो चाँडो ग्यास आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्। 

सोही विषयमा रास्वपाका सांसद रमेश प्रसाईंल खरो प्रश्न उठाए। 

‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु– मेरै गालामा मेरै चड्कन। चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिन्छु,’

हिजो आफैँले गरेको भाषण सम्झेर आज लाज लागेको उनको भनाइ छ। 

‘आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभर, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ उनले भने। 

प्रसाईंले प्रधानमन्त्री र मन्त्रीहरूले ग्यास अभावको महसुस नगरेको भन्दै दुई वटा प्रश्न उठाए। 

‘देशभर ग्यास अभाव भइरहँदा प्रधानमन्त्री र मन्त्री निवासमा पनि ग्यास अभाव छ कि छैन?’ उनको प्रश्न छ, ‘सरकारले भनेजस्तै पर्याप्त ग्यास आइरहेको हो र कृत्रिम अभाव तथा कालोबजारी भइरहेको हो भने त्यसमा संलग्नलाई कारबाही गर्न दुई तिहाइको सरकारलाई केले रोकेको छ? जनताले नयाँ सरकार भनेर चिल्ला, ह्यान्डसम नयाँ अनुहार खोजेका होइनन्। नयाँ चरित्र खोजेका हुन्। त्यो हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ।’

रास्वपा सांसद पारसमणि गेलालले पनि ग्यास अभावका विषयमा उद्यगोमन्त्री गौरी यादवमाथि आक्रोश पखे। 

‘गाउँ–गाउँमा ग्यास पाइएको छैन। खाना पकाउन नपाएर नागरिकले गुहार गरिरहनुभएको छ,’ उनले भने, ‘ग्यासको वास्तविक अवस्था के हो, सरकारले जानकारी गराओस्।’

ग्यास पर्याप्त छैन भने सरकारले स्पष्ट रूपमा भन्नुपर्ने उनको भनाइ थियो। 

‘ग्यासको अभाव देखिएको भए वैकल्पिक ऊर्जाको प्रयोग गरौँ भनेर नागरिकलाई आह्वान गर्छौं,’ उनले भने, ‘छ भने त्यो ग्यास कहाँ छ भनिदिनुपर्‍यो। सम्बन्धित नगरपालिकासम्म पुर्‍याउन हामीले खेल्नुपर्ने भूमिका खेल्न तयार छौँ।’ 

यस्तै सांसद कमल सुवेदीले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने बताए। 

‘बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा आपूर्ति प्रणाली प्रभावित पार्ने गतिविधिमाथि तत्काल अनुगमन गरी सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्‍यो,’ उनले भने, ‘आज उद्योगमन्त्री यहीँ हुनुहुन्छ। यस विषयमा मन्त्रीजीले जवाफ दिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु।’ 

उद्योगमन्त्री यादवले पूरा सिलिन्डर वितरण गर्न थालेपछि ग्यासको माग एकैपटक वृद्धि हुँदा अभाव भएको जवाफ दिएकी थिइन्। माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाइरहेको उनको भनाइ थियो।

यता रास्वपाका सांसद अमरेश सिंहले नागरिकका समस्यामा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए। 

‘गरिबले उपचार पाइरहेका छैनन्, गृहिणीले ग्यास पाइरहेका छैनन्, युवाले रोजगार पाएका छैनन्। किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन्। यो राज्य संयन्त्र कसरी चलेको छ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन?’ उनको प्रश्न छ। 

काभ्रेको मण्डनदेउपुरका ६८ वर्षीय केदारनाथ पराजुली र ६७ वर्षीया तिलकुमारी खोलामा हाम फालेर बेपत्ता भएको विषय चानचुने नभएको उनको भनाइ थियो।

‘उपचार नपाएर सुनकोसीमा हाम फालेको सत्य हो भन्ने यो राज्यको लागि ऐना हो। श्रीमतीलाई क्यान्सर उपचार नहुँदा दुवैजना एकैपटक खोलामा हाम फाल्नु चानचुने कुरा होइन,’ उनले भने। 

यस्तै रास्वपाका सांसद बदनकुमार भण्डारीले पराजुली दम्पती फेला नगरेको भन्दै सरकारमाथि प्रश्न उठाइए। 

‘यो समाचारले मुलुकभर दुःख छाएको छ। बेपत्ताको खोजी भइरहेको छ। नेपाल सरकारले विशेष प्राथमिकताका साथ खोजी गरोस्। प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोली खटिएका छन्। उहाँहरूको यथाशीघ्र अवस्था पत्ता लागोस्,’ उनले भने, ‘वृद्ध बाआमा बेपत्ता हुनुभयो, तर यो सरकार बेपत्ता नहोस्।’ 

नेपालमा बोनम्यारोसम्बन्धी जटिल रोगको उपचार सीमित अस्पतालमा मात्र उपलब्ध रहेको भन्दै परिवारले ठूलो आर्थिक र मानसिक दबाब बेहोर्नुपरेको उनको भनाइ थियो।
 
‘यो दर्दनाक अवस्थालाई स्वास्थ्य मन्त्रालयले गम्भीर रूपमा लिनुपर्छ,’ भण्डारीले भने, ‘विशेषज्ञ, नीति र आवश्यक स्रोतसाधनको अभावका कारण बिरामीले अत्यन्त कठिन संघर्ष गरिरहेका छन्।’

यस्तै रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला)ले जन्मेर कोक्रोमा चढ्दै गर्दा कर तिर्ने नागरिकले मरेर चितामा चढ्दा पनि बिनासर्त निशुल्क धुवाँमा उड्न नपाउने भन्दै प्रश्न गरिन्।

‘त्यो फोनले मलाई एकछिन झस्कायो र दुःखी बनायो, सभामुख महोदय,’ उनले भनिन्, ‘एउटा नागरिकले बाँचुन्जेल अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदा अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ।’

विपन्न नागरिकको अन्तिम संस्कारका लागि राज्यले सहयोगको व्यवस्था गर्नुपर्ने उनको माग थियो। 

‘यो देशको गरिब र निमुखा मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीर ओगट्ने ठाउँ र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्, ‘राज्यले कर मात्र लिने होइन, विपन्न नागरिकप्रति आफ्नो दायित्व पनि देखाउनुपर्छ।’ 

पछिल्लो समय संसदीय समिति र संसदमा रास्वपाकै सांसदहरूको प्रश्नको घेरामा बालेन सरकार परेको छ। बिहीबार बसेको राज्य व्यवस्था एवं सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदा प्रधानमन्त्री शाहमाथि रास्वपाकै सांसद खनिएका थिए।

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन शाहले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा रास्वपा सांसद सिंहले सरकारले समावेशिता र संविधानको धज्जी उडाएको भन्दै ‘बुट बजारेर शान्ति नहुने’ बताएका थिए। राष्ट्रिय सेवा दल विधेयक मस्यौदा गर्ने व्यक्तिले मुलुकमा द्वन्द्वको बियाँ छर्न खोजेको उनको तर्क थियो। 

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
१६ घण्टा अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
३ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
४ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
४ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
१ हप्ता अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

Next Post
राष्ट्रिय मानव अधिकार आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ

प्रधानमन्त्रीको अर्को स्टाटस: नियत सफा भए जस्तोसुकै चुनौतीमा पनि काम गर्न सकिन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

१६ घण्टा अगाडि
’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

३ दिन अगाडि
  • 620 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.