• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

इरानका राष्ट्रपति मसुद पेजेस्कियान नयाँ दिल्ली आउने

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, अन्तर्राष्ट्रिय, राजनीति
0
इरानका राष्ट्रपति मसुद पेजेस्कियान  नयाँ दिल्ली आउने
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

इरानका राष्ट्रपति मसुद पेजेस्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउने इरानी स्रोतहरूले शुक्रबार बताएका छन्।

राष्ट्रपति पेजेस्कियान आगामी सेप्टेम्बर भारतको राजधानीमा हुने शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो।

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

भारतले आफ्नो अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दै छ। सम्मेलन भारतको ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ विषयमा केन्द्रित हुनेछ।

भारतले सन् २०२६ को सुरुवातमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता सम्हालेको थियो। सन् २०२४ अक्टोबरमा पेजेस्कियानले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।

भेटमा दुई नेताले द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल गरेका थिए।

इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो।

इन्डोनेसिया सन् २०२५ मा समूहमा सामेल भएपछि पूर्ण सदस्यहरूको संख्या ११ पुगेको छ।

यसअघि जुन महिनामा इरानका विदेशमन्त्री अब्बास अराघची ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आएका थिए।

बैठकपछि राजधानीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अराघचीले नयाँ दिल्लीको बढ्दो प्रभावलाई विश्वव्यापी शान्तिदूतका रूपमा महत्त्व दिएका थिए।

पश्चिम एसियाको अस्थिर अवस्थामा तनाव कम गर्न भारतले ‘ठुलो भूमिका’ खेल्न सक्ने धारणा उनले राखेका थिए।

अराघचीले भनेका थिए, ‘तेहरानले सशस्त्र द्वन्द्वमा कुनै भविष्य देख्दैन। वर्तमान संकटको कुनै सैन्य समाधान छैन र वार्तामार्फत समाधान मात्र व्यावहारिक मार्ग हो।

तेहरान भारतीय मध्यस्थताप्रति खुला रहेको कुरा जोड्दै उनले अगाडि भनेका थिए, ‘हामी भारतको कुनै पनि रचनात्मक भूमिकालाई स्वागत गर्नेछौँ।’

अराघचीले विदेशमन्त्री एस जयशंकरसँग पनि वार्ता गरेका थिए, जहाँ उनले मित्र राष्ट्रहरूले इरानमा व्यावसायिक सुरक्षाका लागि भर पर्न सक्ने कुरा पुष्टि गरेका गरेका थिए।

अराघचीले भनेका थिए, ‘इरानले सधैँ हर्मुजमा सुरक्षाको रक्षकका रूपमा आफ्नो ऐतिहासिक कर्तव्य निर्वाह गर्नेछ।(रासस/एएनआई)

Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
१३ मिनेट अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने:  शेरबहादुर देउवा

इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने: शेरबहादुर देउवा

डुमरीमा आगलागी हुदाँ ५लाखको क्षति

डुमरीमा आगलागी हुदाँ ५लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

१३ मिनेट अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.