स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहता सिराहाको लहानमा स्वास्थय संस्थाको अनुगमन तथा निरिक्षनका कम्रमा अगामी आउने स्थानीय चुनाव र प्रदेश चुनावका लागी भोट माग्ने गरेको भिडियो समाजिक सँजालमा भाइरल भएको छ । स्वास्थ्यसंस्थाको समस्या समाधानका निम्ति अनुगम तथा निरिक्षणमा निसकिनुभएको मन्त्री माननीय निशा मेहता समस्या समाधानका उपाय भनेको तिनै तहको सरकार आफनै पार्टीको भए मात्र हुने भनेकी छिन । संघिय मन्त्रि जस्तो जीम्मेवारीमा वसेकी मन्त्रि निशा मेहता आफनो पदिय मर्यादा विपरित कृयाकलाप गरेको भनि जनगुनासो बढेको छ । स्वास्थय संस्थाको भौतिक पूर्वाधार विकासका लागि तिनै तहको सरकारमा राष्टिय स्वतन्त्र पार्टीको सरकार हुनु पर्ने बताएकी छिन ।
वर्षौ देखी अलपत्रमा तथा समस्यामा रहेको स्वास्थय संस्थाको समस्या समाधानका उपायबारे आउनुपर्ने जवाफमा आफनो पार्टीको भोट माग्नु आफनो पदिय र्मायादा विपरितको कार्य रहेको छ । एक जना पत्रकारले सोधेका स्वास्थ्य विमा वारेको प्रश्नमा सरकारी अस्पतालमा स्वास्थ्य विमाको सुविधा कायमै रहेको तथा निजि अस्पतालबाटमात्र हटाएको भनि बताएकी छिन । स्वास्थ्य क्षेत्रमा सुधारोन्मुख क्रान्ति ल्याउनुको साट्टा भोट माग्दै हिनेकी छिन । अनुगमनका नाँउमा भोटमाग्ने नायाँ तरिका हो भनी स्थानीयमा चर्चा रहेको छ ।
सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?
सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...









