• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ, शेरबहादुर देउवा

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने:  शेरबहादुर देउवा

sf7df8f}F,@^ k';M k|ltlglw;ef a}7sdf g]sf ;efklt b]pjf g]kfnL sf+u|];sf ;efklt Pj+ k"j{k|wfgdGqL z]/axfb'/ b]pjf dªunaf/ a;]sf] k|ltlglw;efsf]] a}7snfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला आइतबार सकिँदैछ।

करिब साढे पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर इतर समूहले राष्ट्रिय भेला आयोजना गरेको हो।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

शुक्रबार उद्घाटन गरिएको भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गरिएको थियो। शुक्रबार उद्घाटन कार्यक्रममा सहभागी भएका देउवा शनिबार आयोजित बन्दसत्रमा सहभागी भएनन्। तर आइतबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा पुगेर उनले बन्दसत्रलाई सम्बोधन गरेका छन्।

आइतबार देउवाले करिब तीन मिनेट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए। आफूलाई विमानस्थलदेखि नै गरिएको स्वागतप्रति धन्यवाद दिँदै उनले न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गरे।

देउवाले आफ्नो सम्बोधनको केही समय धार्मिक विषयमा समेत केन्द्रित गरे। नेपालमा हिन्दु राष्ट्रको बहस चर्किँदै गर्दा धर्म’बारृे देउवाले पहिलोपटक मुख खोलेका हुन्। आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पार्दै उनले नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।

‘धेरै साथीहरूले मलाई हिन्दु धर्म’बारे बोल्न भनिरहनुभएको छ। म व्यक्तिगत रूपमा हिन्दु हुँ। मेरो ब्रतबन्ध पनि हिन्दु विधिअनुसार भएको हो,’ उनले भने।

उनले आफूले दिदीको विवाहसमेत ब्रतबन्धपछि हिन्दु परम्परा र रीतिरिवाजअनुसार गरेको बताए। आफू अहिले पनि पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्दै उनले आफ्नो हिन्दु पहिचानप्रति स्पष्ट धारणा राखे।

‘म अहिले पनि पशुपतिनाथमा पूजा गर्छु। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने। उनले धर्म’दयगत नेपाली जनताले गर्ने निर्णयलाई आफूले जहिल्यै स्वीकार्ने पनि बताए ।

देउवाको सहभागिता र सम्बोधनपछि इतर समूहले पाँचवटा महत्वपूर्ण राजनीतिक प्रस्ताव अघि सारेको छ। सबैभन्दा महत्वपूर्ण प्रस्तावमा देउवाकै सभापतित्वमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने जनाएको छ। देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न हुने विश्वाससमेत सम्मेलनले व्यक्त गरेको छ।

प्रस्तावमा भनिएको छ, ‘पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।’

१५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले सञ्चालन गर्ने व्यवस्था पनि इतर समूहले प्रस्ताव गरेको छ।

यसैबीच गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोजसम्म गर्ने घोषणा गरिसकेको अवस्थामा इतर समूहले देउवालाई सभापतिको रूपमा अघि सारेको हो। दुई पक्षले छुट्टाछुट्टै नेतृत्व र महाधिवेशनको दाबी गरेपछि कांग्रेसभित्रको विवाद थप गहिरिएको छ। यसले पार्टी विभाजनको सम्भावनासमेत बढाएको कांग्रेस वृत्तमा चर्चा हुन थाले छ।

Tags: म हिन्दु हुँहिन्दु हुँ
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
‘म हिन्दु हुँ’ भन्ने देउवालाई ज्ञानेन्द्र शाहीको प्रश्न- हिन्दु राष्ट्र किन हटाइयो ?

‘म हिन्दु हुँ’ भन्ने देउवालाई ज्ञानेन्द्र शाहीको प्रश्न- हिन्दु राष्ट्र किन हटाइयो ?

सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.