• Contact
  • Deshdoot Khabar
Wednesday, October 28, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

देशदूत खबर by देशदूत खबर
२ महिना अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!
157
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

२६भाद्र सिराहा। सडक विस्तारका नाममा ८९ वर्ष पुरानो मन्दिर भत्काइँदा पनि स्थानीय र सरोकारवाला मौन!माडर (चन्द्रगञ्ज), सिरहा ।मधेस प्रदेश अन्तर्गत सिरहाको ऐतिहासिक सीमावर्ती क्षेत्र माडरमा राणाकालीन समयदेखि धार्मिक र शैक्षिक क्रान्तिको जग बसाल्ने विशिष्ट व्यक्तित्व झबुराम साहको झन्डै ९ दशक पुरानो ऐतिहासिक विरासत सडक विस्तारका नाममा सखाप पारिएको छ। माडर क्रान्तिको साक्षी र यस क्षेत्रकै पहिचान बनेको रामजानकी मन्दिर बाटो विस्तारका नाममा भत्काइँदा समेत स्थानीय सरकार र सरोकारवाला पक्ष पूर्ण रूपमा मौन बसेका छन्।

वि.सं. १९९७ को धार्मिक र वि.सं. २००२ को शैक्षिक क्रान्ति राणा शासनको कठोर कालखण्डमा समाजमा व्याप्त अज्ञानता र सांस्कृतिक अन्धकारलाई चिर्न झबुराम साहले तत्कालीन ’चन्द्रगञ्ज बजार’ (हालको माडर) मा एकैसाथ धार्मिक र शैक्षिक क्रान्तिको बिगुल फुकेका थिए। उनले विक्रम संवत १९९७ सालमा भव्य रामजानकी मन्दिरको निर्माण गराए। मन्दिर निर्माण मात्र होइन, समाजलाई संगठित र शिक्षित बनाउन उनले सोही मन्दिरको प्राङ्गणबाटै शिक्षाको ऐतिहासिक प्रारम्भ समेत गराए। उनको यही दूरदर्शी प्रयास र भूमिदानको जगमा पछि वि.सं. २००२ सालमा सिरहाकै गौरवका रूपमा श्री ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयको विधिवत् स्थापना भएको थियो।

RELATED POSTS

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

बाटो विस्तारका नाममा गौरवमय इतिहास समाप्त वि.सं. १९९७ सालदेखिको झन्डै ८९ वर्ष लामो गौरवशाली इतिहास बोकेको र ज्ञानको पहिलो पाठशाला बनेको त्यो ऐतिहासिक रामजानकी मन्दिरलाई हालै सडक चौडा गर्ने बहानामा भत्काइएको छ। विकासका नाममा क्षेत्रकै ऐतिहासिक, पुरातात्त्िवक र राजनीतिक महत्त्व बोकेको धरोहर भत्काइँदा झबुराम साहको अद्वितीय योगदानको साक्षी मेटिने खतरा बढेको छ। विडम्बनाको कुरा त के छ भने, यति ठूलो ऐतिहासिक क्षति हुँदा र माडर क्रान्तिको इतिहास नामेट पार्ने खेल हुँदा पनि स्थानीय जनप्रतिनिधि, दल र सरोकारवाला पक्ष लाचार र मूकदर्शक बनेर बसेका छन्।

कृष्णप्रसाद कोइराला र झबुराम साहको ऐतिहासिक विद्रोह यस मन्दिर र झबुराम साहको इतिहास नेपालको प्रजातान्त्रिक आन्दोलनसँग समेत गहिरो गरी जोडिएको छ। नेपालका बहुसंख्यक जनता कस्तो दयनीय र गरिबीको अवस्थामा बाँचेका छन् भनी चन्द्रशमशेरको आँखा खोल्न कोइरालाले चन्द्रगञ्जबाटै गरीब जनताले लगाउने च्यातिएको झुत्रो कपडा पार्सल बनाएर काठमाडौँ पठाएका थिए। राणा शासकको मुटु कँपाउने उक्त ऐतिहासिक र साहसिक विद्रोहमा झबुराम साह कृष्णप्रसाद कोइरालाका मुख्य खम्बा र विशिष्ट सहयोगी बनेर उभिएका थिए।

पुनर्निर्माण र इतिहास संरक्षणको चौतर्फी माग मधेसको भूमिमा विद्रोह र चेतनाको जग बसाल्ने झबुराम साह र कृष्णप्रसाद कोइरालाको क्रान्तिकारी सम्बन्ध तथा सोचको प्रतीक रहेको सो मन्दिर भत्काइएपछि अहिले स्थानीय बुद्धिजीवी र सचेत नागरिकहरू आक्रोशित बनेका छन्। चन्द्रगञ्जको ऐतिहासिक धार्मिक, राजनैतिक र शैक्षिक इतिहास जोगाउन स्थानीय सरकार र सरोकारवाला निकायले आफ्नो रहस्यमय मौनता तोड्नुपर्ने र तत्काल सो मन्दिरलाई पूर्ववत् ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गर्नुपर्ने चौतर्फी दबाब दिनु जरुरी देखिन्छ ।

Tags: क्रान्तिकारी
Share63Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

by शुभेन्द्र साह
२ घण्टा अगाडि
0

– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार ११ कार्तिक ,सिरहा,बेलहापञ्चायत कालमा गाउँको प्रधानपञ्च...

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
२ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
३ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
५ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

Next Post
मिथिलाञ्चलमा निष्ठापूर्वक मनाइयो चौठचन्द्र पर्व

मिथिलाञ्चलमा निष्ठापूर्वक मनाइयो चौठचन्द्र पर्व

बिचौलियामुक्त र छिटोछरितो सेवा प्रवाहका लागि गृह मन्त्रालयको नयाँ सर्कुलर

बिचौलियामुक्त र छिटोछरितो सेवा प्रवाहका लागि गृह मन्त्रालयको नयाँ सर्कुलर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

बेल्हाको विरासत सम्हाल्ने कृष्णचरण श्रेष्ठले कहिले पाउलान् न्याय?

२ घण्टा अगाडि
कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

२ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.