• Contact
  • Deshdoot Khabar
Saturday, September 12, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

देशदूत खबर by देशदूत खबर
२२ घण्टा अगाडि
in Main News, राजनीति, शिक्षा, समाचार, समाज
0
क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

२६भाद्र सिराहा। सडक विस्तारका नाममा ८९ वर्ष पुरानो मन्दिर भत्काइँदा पनि स्थानीय र सरोकारवाला मौन!माडर (चन्द्रगञ्ज), सिरहा ।मधेस प्रदेश अन्तर्गत सिरहाको ऐतिहासिक सीमावर्ती क्षेत्र माडरमा राणाकालीन समयदेखि धार्मिक र शैक्षिक क्रान्तिको जग बसाल्ने विशिष्ट व्यक्तित्व झबुराम साहको झन्डै ९ दशक पुरानो ऐतिहासिक विरासत सडक विस्तारका नाममा सखाप पारिएको छ। माडर क्रान्तिको साक्षी र यस क्षेत्रकै पहिचान बनेको रामजानकी मन्दिर बाटो विस्तारका नाममा भत्काइँदा समेत स्थानीय सरकार र सरोकारवाला पक्ष पूर्ण रूपमा मौन बसेका छन्।

वि.सं. १९९७ को धार्मिक र वि.सं. २००२ को शैक्षिक क्रान्ति राणा शासनको कठोर कालखण्डमा समाजमा व्याप्त अज्ञानता र सांस्कृतिक अन्धकारलाई चिर्न झबुराम साहले तत्कालीन ’चन्द्रगञ्ज बजार’ (हालको माडर) मा एकैसाथ धार्मिक र शैक्षिक क्रान्तिको बिगुल फुकेका थिए। उनले विक्रम संवत १९९७ सालमा भव्य रामजानकी मन्दिरको निर्माण गराए। मन्दिर निर्माण मात्र होइन, समाजलाई संगठित र शिक्षित बनाउन उनले सोही मन्दिरको प्राङ्गणबाटै शिक्षाको ऐतिहासिक प्रारम्भ समेत गराए। उनको यही दूरदर्शी प्रयास र भूमिदानको जगमा पछि वि.सं. २००२ सालमा सिरहाकै गौरवका रूपमा श्री ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयको विधिवत् स्थापना भएको थियो।

RELATED POSTS

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

बाटो विस्तारका नाममा गौरवमय इतिहास समाप्त वि.सं. १९९७ सालदेखिको झन्डै ८९ वर्ष लामो गौरवशाली इतिहास बोकेको र ज्ञानको पहिलो पाठशाला बनेको त्यो ऐतिहासिक रामजानकी मन्दिरलाई हालै सडक चौडा गर्ने बहानामा भत्काइएको छ। विकासका नाममा क्षेत्रकै ऐतिहासिक, पुरातात्त्िवक र राजनीतिक महत्त्व बोकेको धरोहर भत्काइँदा झबुराम साहको अद्वितीय योगदानको साक्षी मेटिने खतरा बढेको छ। विडम्बनाको कुरा त के छ भने, यति ठूलो ऐतिहासिक क्षति हुँदा र माडर क्रान्तिको इतिहास नामेट पार्ने खेल हुँदा पनि स्थानीय जनप्रतिनिधि, दल र सरोकारवाला पक्ष लाचार र मूकदर्शक बनेर बसेका छन्।

कृष्णप्रसाद कोइराला र झबुराम साहको ऐतिहासिक विद्रोह यस मन्दिर र झबुराम साहको इतिहास नेपालको प्रजातान्त्रिक आन्दोलनसँग समेत गहिरो गरी जोडिएको छ। नेपालका बहुसंख्यक जनता कस्तो दयनीय र गरिबीको अवस्थामा बाँचेका छन् भनी चन्द्रशमशेरको आँखा खोल्न कोइरालाले चन्द्रगञ्जबाटै गरीब जनताले लगाउने च्यातिएको झुत्रो कपडा पार्सल बनाएर काठमाडौँ पठाएका थिए। राणा शासकको मुटु कँपाउने उक्त ऐतिहासिक र साहसिक विद्रोहमा झबुराम साह कृष्णप्रसाद कोइरालाका मुख्य खम्बा र विशिष्ट सहयोगी बनेर उभिएका थिए।

पुनर्निर्माण र इतिहास संरक्षणको चौतर्फी माग मधेसको भूमिमा विद्रोह र चेतनाको जग बसाल्ने झबुराम साह र कृष्णप्रसाद कोइरालाको क्रान्तिकारी सम्बन्ध तथा सोचको प्रतीक रहेको सो मन्दिर भत्काइएपछि अहिले स्थानीय बुद्धिजीवी र सचेत नागरिकहरू आक्रोशित बनेका छन्। चन्द्रगञ्जको ऐतिहासिक धार्मिक, राजनैतिक र शैक्षिक इतिहास जोगाउन स्थानीय सरकार र सरोकारवाला निकायले आफ्नो रहस्यमय मौनता तोड्नुपर्ने र तत्काल सो मन्दिरलाई पूर्ववत् ऐतिहासिक स्वरूपमै पुनर्निर्माण गर्नुपर्ने चौतर्फी दबाब दिनु जरुरी देखिन्छ ।

Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

by देशदूत खबर
२ दिन अगाडि
0

२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
४ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
५ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
५ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
१ हप्ता अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

२२ घण्टा अगाडि
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

२ दिन अगाडि
  • 618 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

    162 shares
    Share 65 Tweet 41
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.