• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

प्रतिष्ठान कि बजेट खाने भाँडो? सिरहाको नरहामा वृद्धाश्रमका नाममा ३८ लाखको बजेट दोहन!

देशदूत खबर by देशदूत खबर
४ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
प्रतिष्ठान कि बजेट खाने भाँडो? सिरहाको नरहामा वृद्धाश्रमका नाममा ३८ लाखको बजेट दोहन!
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

११ असोज ,सिरहा ,
सामाजिक सेवा र वृद्धाश्रम जस्तो पवित्र उद्देश्यका नाममा राज्यको ढुकुटीबाट लाखौँ रुपैयाँ निकासा गराएर बजेट दुरुपयोग गर्ने प्रवृत्ति मधेश प्रदेशमा नौलो होइन। यसैको पछिल्लो कडी बनेको छ– सिरहाको नरहा गाउँपालिका वडा नं. ३ मा रहेको जगतारैन देवी प्रतिष्ठान। आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट जम्मा ३८ लाख रुपैयाँको लागतमा सुरु गरिएको यो योजना अहिले अलपत्र मात्र छैन, बरु राज्यको बजेट सिध्याउने खेलो मात्रै भएको स्थानीयको आरोप छ।प्रतिष्ठानका दुईवटा संरचनामध्ये एउटा भवन तयार भइसकेको छ भने अर्को भवनको प्लास्टर हुन बाँकी अवस्थामा अधुरै छोडिएको छ। ३८ लाख जस्तो ठूलो रकम खर्च भइसक्दा पनि भवनको पूर्ण व्यवस्थापन, सुरक्षा र संरक्षण हुन सकेको छैन। भवनको वरपर ठूला–ठूला जंगली झाडी र घाँस पलाएर यो ठाउँ खण्डहरमा परिणत भएको छ।


पूर्वमन्त्री र पालिका अध्यक्षले गरेका थिए शिलान्यास, तर सहयोग शून्य ।
,यस विषयमा बुझ्नका लागि प्रतिष्ठान समितिका अध्यक्ष स्वामीशरण साहसँग सम्पर्क गर्दा उनले भवन निर्माणको सुरुवाती अवस्था र हालको समस्याबारे विस्तृत जानकारी दिए। अध्यक्ष साहका अनुसार यो भवन निर्माणको सुरुवाती चरणमा पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ र गाउँपालिका अध्यक्ष रामप्रमोद यादवले नै संयुक्त रूपमा शिलान्यास गरेका थिए।“पूर्वमन्त्री र पालिका अध्यक्ष स्वयं आएर शिलान्यास गरे पनि त्यसपछि पालिका र मन्त्रीहरूबाट कुनै सहयोग पाउन सकिएन, सहयोग नभएपछि के गर्ने?,“ अध्यक्ष साहले दुखेसो पोखे। उनले प्रतिष्ठानप्रति आफ्नो ठूलो लगाव रहेको उल्लेख गर्दै भने, “मैले मेरो आफ्नै २ कट्ठा १० धुर जग्गा प्रतिष्ठानको नाममा पास गरिदिएर कार्यक्रम अगाडि बढाएको थिएँ, तर हालसम्म पनि काम सम्पन्न हुन सकेन।“ यद्यपि, उनले हिम्मत नहारेको र अब फेरि निर्माण कार्यमा लाग्ने तथा थप बजेट पारेर कामलाई अघि बढाउने दाबी गरे।
सरोकारवाला अधिकारीहरूको गैरजिम्मेवारपन र लाचारी यस विषयमा बुझ्नका लागि नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवलाई सम्पर्क गर्न खोज्दा उनी भने सम्पर्कमा आउन चाहेनन्। उता, नरहा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष रुस्तम अंसारीसँग बुझ्दा उनले यसको जिम्मेवारीबाट पूर्ण रूपमा पन्छिने प्रयास गरे। वडा अध्यक्ष अंसारीले भने, “यो भवन र प्रतिष्ठानको बारेमा जे सोध्नु छ, प्रतिष्ठानका अध्यक्ष स्वामीशरण साहलाई नै सोध्नुस्, यस विषयमा उहाँले नै भन्नुहुन्छ।“ जनताको बजेट खर्च भएको योजनामा जनप्रतिनिधिहरू नै यसरी पन्छिन खोज्नुले योजनामा ठूलो आर्थिक चलखेल भएको आशंकालाई बल पुर्‍याएको छ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

स्थानीयको प्रश्नः प्रतिष्ठान कि बजेट खाने भाँडो?वृद्धाश्रम र असहायहरूको सेवा गर्ने जस्तो संवेदनशील विषयमा पूर्वमन्त्री र बहालवाला पालिका अध्यक्ष जस्ता उच्च पदाधिकारीले तामझामका साथ शिलान्यास गर्ने, तर बजेट सिधिएपछि योजनालाई झाडीमा परिणत हुन छोडिदिने प्रवृत्तिप्रति स्थानीयबासी गम्भीर रूपमा आक्रोशित छन्। स्थानीयहरूले सिधै प्रश्न गर्न थालेका छन्– “यो प्रतिष्ठान वास्तवमा सामाजिक कार्यका लागि हो कि वृद्धाश्रमको नाममा राज्यको बजेट दोहन गर्ने भाँडो मात्रै हो?“जनताको कर र राज्यको ३८ लाख रुपैयाँ यसरी बालुवामा पानी हाले सरह पारिनु दुःखद भएको भन्दै स्थानीयले नरहा गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Tags: प्रतिष्ठान कि बजेट खाने भाँडो? सिरहाको नरहामा वृद्धाश्रमका नाममा ३८ लाखको बजेट दोहन!
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
विश्वमा एकाएक उदाएर पतन भएका पार्टीहरू

विश्वमा एकाएक उदाएर पतन भएका पार्टीहरू

बिटौरी तिरेकै आधारमा सरकारी जग्गामा निजी हक अधिकार हुँदैन !

बिटौरी तिरेकै आधारमा सरकारी जग्गामा निजी हक अधिकार हुँदैन !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.